वायुमण्डलको समग्र अवस्था थाहा पाउन त्रिविको मौसम विभागले उडायो मौसमी बेलुन

बुधबार, ०६ असार २०७५

 

काठमाडौं, असार ६—वायुमण्डलको समग्र अवस्था थाहा पाउन मौसमी बेलुन रेडियोसोण्ड उडाइएको छ ।

विहान ५ बजेर ३७ मिनेटमा काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उडाइएको हो । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको प्रयासमा विहान मौसमी बेलुन उडाइएको हो ।

यो बेलुनले ३०–४० किलोमिटर माथिसम्म पुगी तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउने छ र त्यही तथ्याङ्कबाट नै मौसमको पूर्वानुमान गर्न सकिने विभागले जनाएको छ ।

वायुमण्डलमा अब बेलुन हरेक दिन उडाइनेछ । बेलुन उडाउँदा दैनिक २ सय अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

अहिले मौसमको पूर्वानुमान भारतको लखनउलाई केन्द्रविन्दु मानेर गरिदै आइएको छ । तर अब बेलुन उडाएपछि भने मौसमसम्वन्धी सही सूचना छिटो ,सहज र भरपर्दे ढंगले प्राप्त गर्न सकिन्छ । बेलुल उडाएर तथ्याङ्क संकलन गर्दा मौसमको सूचना सही प्राप्त गर्न सकिने विभागले बताएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको