मुटुरोगको प्रमुख कारण चिनी, चुरोटजत्तिकै हानिकारक

बुधबार, ०६ असार २०७५

 

स्वास्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुष गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ ।स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर थाहा हुनु जरुरी हुन्छ । किनकी यसले तपाईको स्वास्थयमा असर पारिरहेको हुन्छ । जस्तै चिनीको प्रयोग ।

 

धुम्रपानजत्तिकै हानिकारक चिनी ः के तपाईलाई थाहा छ ? चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र रक्सी हुन्छ । दैनिकजसो कुनै न कुनै रुपमा तपाई हामीले चिनी सेवन गरिरहेका हुन्छौं । क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धानबाट यो पत्ता लागेको छ कि अधिक चिनीको सेवन स्वास्थ्यका लागि रक्सी र चुरोटकाे सेवनजत्तिकै हानिकारक हुन्छ ।मुटु रोगको कारण चिल्लो (फ्याट)ले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ ।

 

चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ ः । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन । गुलियोले खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा तपाईंमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ ।

दिमागलाई कुलततर्फ धकेल्छ तपाईं चुरोट, मदिरा पिउनुहुन्न र जीवनभर त्यस्तै भएर बाँच्न चाहनुहुन्छ भने अत्यधिक गुलिया चिजहरुबाट टाढै रहनुहोस् । लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । उनीहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ । चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन् । स्मरण होस्, डापामाइनले मानिसलाई बढी खुसी बनाउँछ ।

अनावश्यक भोक बढाउँछ बिहानको वा मध्य साँझको भोक मेट्न तपाईंले रसबरी, प्यास्ट्रिज वा अन्य गुलिया चिज खानुभएको छ भने जति ढिलो खाना खाने योजना बनाए पनि झन् छिटो भोक लाग्छ । यस्ता चिज खाएर १० मिनेट दौडेर क्यालोरी घटाउँछु भन्ने सोचमा हुनुहुन्छ भने तपाईंको गलत सोच हो । विभिन्न स्वरुपमा खाइने गुलियोले तपाईंको भोक मेट्दैन । मह र अन्य फलफूलम हुने उच्च तहको गुलियो (स्वाभाविक गुलियो)ले इन्सुलिनको मात्रा बढाइदिन्छ र भोक लाग्ने घ्रिलिन नामको हर्मोनलाई बढाइदिन्छ । जसका कारण तौल र मोटोपनमा वृद्धि हुन्छ ।

 

चिनीले कलेजोलाई बिगारिदिन्छ ः खानेकुराबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ– ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि फ्रुक्टोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ । तर फलफूल, मह, चकलेटमा प्रशस्त फ्रुक्टोज हुन्छ, जुन हाम्रो शरीरको रक्त नलीमा प्रवाहित हुन्छ । फ्रक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ । तर रगतमा बढी मात्रामा फ्रुक्टोज भण्डारण भएमा कलेजो मोटो हँुदै जान्छ र बिस्तारै सामान्य रुपमा काम पनि गर्न छोड्छ र मुटुसँग सम्बन्धित विभिन्न रोग लाग्छ । तसर्थ मुटुसँग सम्बन्धित जुनसुकै रोगबाट बच्न धेरै गुलिया परिकार र फलफूल अत्यधिक सेवन नगर्नुहोस् ।

 

विभिकान्न प्रकार क्यान्सर अधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस्, शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्छ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।

इन्सुलिनको मात्रा बढ्छ एन्टी इन्सुलिन मेटाबोलिक सिन्ड्रोमको लक्षण र संकेत हो । मेटाबोलिक सिन्ड्रोम अन्र्तगत उच्च रक्तचाप, कोलस्ट्रोलको वृद्धिलगायत पर्छन् । तसर्थ बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरु जोखिममा पर्छन् ।

 

दाँतका लागि हानिकारक चिनी  ःतपाईंको दाँतका लागि हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । चिनी कसरी दाँतको शत्रु हो भन्ने विषयमा तपाईंलाई कौतूहल हुन सक्छ ।

हुन त चिनी क्यालोरीशून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ । तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पुर्याउँछ ।

 

मोटोपन बढाउँछ ः चिनीमा ठूलो मात्रामा सोस्न सक्ने विशेषता भएकाले यस प्रक्रियाबाट भोक जगाउने हर्मोन घ्रिलिन बढाइदिन्छ र गुलियो खाने व्यक्तिलाई भोक लागिरहन्छ । धेरै भोक लाग्दा मानिसले कार्बोहाइड्रेडयुक्त खाना खान्छ अनि मोटोपनको सिकार हुन्छ ।

 

चिनीले  बूढो देखाउँछ ः तपाईंको खानामा धेरै चिनी भयो भने छालाको चमक हराउँछ र चाउरी पर्छ । त्यस्तै गुलियो मात्राले अनुहारमा दाग देखिनुका साथै तपाईंको वास्तविक उमेरभन्दा बढी देखाउँछ ।मधुमेहको जोखिम बढी गुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

नेताहरुको स्पर्धा र त्यसको अन्तर्य

प्रतिस्पर्धी दलका नेताहरुमा सत्ता वर्चश्व र राष्ट्रिय राजनीतिमा दलीय प्रभुत्वका लागि आ–आफ्नो दाउपेच त हुन्छ नै । तर एउटै दलभित्रको...

जाडोमा श्वासप्रश्वासको समस्याः लक्षण, कारण र उपचार

दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा...

छोरी वा छोरा ? यस्तो तरिका अपनाएर आफैले लिंग निर्धारण गर्न सकिन्छ

छोराछोरी बराबरी । वर्तमान समाजले आत्मसात गरेको कुरा हो यो । छोरा भएपनि, छोरी भएपनि अभिभावकले समान सन्तुष्ट प्राप्त गर्छ...

पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

तात्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)का पुत्र प्रकाश दहालको निधन भएको आज एक वर्ष पुग्यो । यसविच राष्ट्रिय...

यी हुन् गर्भावस्थामा आउने परिवर्तन र निम्तन सक्ने खतरा :

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ ।...

खाली पेटमा चिया पिउनु कति हानिकारक ?

बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि...

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आज वि.सं. २०७५ साल मंसिर ४ मंगलबार सन् २०१८ नाेभेम्बर २० तारिख। तिथि    द्वादशि :१५ घडी :३५ पला (दिउसाे...

बिष बन्दै एन्टिबायोटिक, ८० बर्ष पुरानो सुत्र

८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको...

आजको राशिफल

आज वि.सं. २०७५ साल मंसिर ५  गते । बुधबार । इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त...

वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिन

वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख...

नर्सविहीन हुम्ला अस्पताल, ३ कर्मचारीको भरमा अस्पताल

जिल्ला अस्पताल हुम्ला नर्सविहीन भएको छ । एकजना नर्स पनि सरुवा भएर काठमाडौं गएपछि अस्पताल नर्सविहीन बनेको हो । दुईजना नर्सको दरबन्दी...

शान्ति संझौता, दुईतिहाई र सपना

माओवादी क्रान्तिकारीका नेता सी.पी.गजुरेलको उक्त अभिव्यक्ति यथार्थ हो कि राजनीतिक तुष ? सी.पी.को आरोप वाहेक पनि विप्लवको भुसको आगो झै...

Loading...

सर्वाधिक पढिएको