पनामा पेपर्स २ मा फेरि पनि परे मेस्सी, कर छलेको आरोप

बिहिबार, ०७ असार २०७५

 

काठमाडौं, पनामा पेपर्स २ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ ।

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स २ सार्वजनिक गरेको छ ।

पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने खुलाउँदै आएको छ ।

‘पनामा पेपर्स २’ का अनुसार मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ ।

मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि थियो । तर, उनले यो कम्पनी ‘पूरै निष्क्रिय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर करछली गरेको भेटिएको छ ।

मेस्सीले स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर, पहिलो पटक २ वर्षभन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानुन अनुसार मेस्सी जेल बस्नु परेको थिएन ।

मेस्सीसँगै र उनका बुबामाथि समेत स्पेनमा कर छलीको मुद्दाका लागेको थियो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको