नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि अर्को पहिरो,दिनभरी नै गाडी चल्ने संभावना कम

बुधबार, २० असार २०७५

 

काठमाडौं, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा अवरुद्ध नारायणगढ-मुग्लिङ खण्डमा फेरी अर्को पहिरो गएको छ । अवरुद्ध भएको सडकमा त्यहिं नजिकै कालिखोला र तोपे खोलाको बीचमा अर्को पहिरो खसेपछि आज दिनभरी नै गाडी चल्ने संभावना कम भएको छ ।

 

अर्को पहिरो केहिबेरअघि मात्रै खसेकाले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले जनाएको छ । यो पहिरो हटाउन आज दिनभरी नै लाग्ने प्रहरीको अनुमान छ । पहिरो खसेपछि अहिले यो सडकखण्डमा चल्ने गाडी रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । पहिरो गएपछि काठमाडौंका लागि छुटेका गाडी जुगेडीमा र काठमाडौंबाट छुटेका गाडी मुग्लिनमा रोकिएको प्रहरीले जनाएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको