राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगीता भण्डारीको नियुक्ती खारेज

बिहिबार, २१ असार २०७५

 

काठमाडौँ,  सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगीता भण्डारीको नियुक्ती खारेज गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले १४ भदौ २०७४ देखि देखि २ फागुनसम्म भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसंंगै भण्डारीको नियुक्ति खारेज भएको हो ।

 

प्राडा भण्डारीलाई प्रतिष्ठानको उपकुलपति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले नियुक्ति गरेको थियो । गत २६ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले प्राडा भण्डारीलाई प्रतिष्ठानको उपकुलपति पदमा ४ बर्षका लागि नियुक्ति गरिएको भन्दै पत्र दिएको थियो ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति समेत खारेजी गर्ने निर्णय गरेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको