चिकित्सा शिक्षा विधेयक संसदमा पुन: पेश गर्ने मन्त्रिपरिषदको निर्णय

बिहिबार, २१ असार २०७५

 

काठमाडौँ, सरकारले संसदमा विचाराधिन राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिई पुन: पेश गर्ने निर्णय गरेको छ । बुधबार राती बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुरानो विधेयकलाई फिर्ता लिइ संसोधन सहित पुन: पेश गर्ने निर्णय गरको हो ।

 

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले संसदमा विचाराधिन अवस्थामा रहेको विधेयक फिर्ता लिइ संसोधन सहित पुन पेश गर्ने निर्ण भएको बताए ।

 

यथास्थितिमा विधेयक अघि बढाउन नहुने भन्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले विरोध गरेपछि अघि बढ्न सकेको थिएन । यता विधेयकमा महत्वपूर्ण बुँदाहरु हटाइएको भन्दै डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको