सघन कक्षमा डा. केसीको अनसन

बिहिबार, २१ असार २०७५

 

जुम्ला – चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै आइरहेका डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षबाटै अनसन शुरु गरेका छन्।

 

पाँच दिन सम्म जिल्ला खेलकुद विकास समितीको कवर्डहलमा अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था प्रतिकुल वनेपछि चिकित्सकको टोलीले प्रहरीको घेरा तोडेर उपचारका लागि अस्पताल पुर्याएका थिए । डा. केसीको उपचारमा संलग्न कर्णाली अस्पतालका डा.प्रविणकुमार गिरीका अनुसार अहिले अस्पतालको सघन उपचार कक्षवाट डा. केसीले अनसन शुरु गरेका हुन्।

 

उनले डा. केसीको स्वास्थ्य अवस्थामा सुधार आएको प्रतिक्रिया दिए । अस्पतालमा ल्याएकोले चिकित्सकको रेखदेख राम्रो भएको र  स्वास्थ्य अवस्थामा प्रतिकुल असर पर्न नदिने उनले बताए । डा. केसीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफ्नो अडानबाट पछि नहट्ने बताएका छन । उनले भने, कर्णालीमै मर्न तयार छु, तर नेपाली जनताको स्वास्थ्यमा खेलवाड हुन दिनेछैन । उनले सरकारले माग सम्बोधन नगर्दा सम्म अनसन जारी राख्ने बताए।

 

स्वास्थ्य मन्त्रालयबाट आफ्नो स्वास्थ्य उपचारका लागि विशेषज्ञ सहितको टोली खटाएर हेलिकप्टर मार्फत् काठमाण्डौ लैजाने तयारी भईरहेको संकेत गर्दै उनले जनताको करबाट संकलित रकमको दुरुपयोग गरेर नआउन चेतावनी दिए । उनले भने सक्छौ, भने स्वास्थ्य क्षेत्रमा उठाएका जायज् माग संम्बोधन गर,नत्र राज्यको साधनस्रोतको दुरुपयोग नगर यो मेरा लागि सैह्य हुनेछैन।

 

डा. गिरीले डा. केसीको छातीको समस्या कम क्रम कम हुँदै गएको बताए । डा. केसीको समर्थनमा जुम्लामा नागरिक समाजदेखि सर्वसाधारणले एक्यबद्धता जनाएका छन् । अस्पतालमा पुगेकोले स्वास्थ्य अवस्थामा नकरात्मक असर पर्ने बित्तिकै चिकित्सकको निगरानी रहिरहने अस्पतालले जनाएको छ ।  केसीको अवस्था बारे जानकारी लिनका लागि कांग्रेसका तीन जना संसद जुम्लामा आउने भएका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको