तीन महिने सुई र महिनावारी

बिहिबार, २१ असार २०७५

 

म २२ वर्षीया विवाहित गृहिणी हुँ । मैले छोरी जन्माएको तीन वर्ष पूरा भयो । मैले तुरुन्त गर्भ रहन नदिन तीनमहिने सुई प्रयोग गर्दै आएकी थिएँ । अब हामीले अर्को सन्तान जन्माउने सल्लाह गरेका छौं, तर सुई प्रयोग गरेदेखि नै मेरो महिनावारी भएको छैन । मैले तीनमहिने सुई नलगाएको पनि ६ महिना पुगिसक्यो । गर्भवती भएँ कि भनेर घरमै पिसाब जाँच पनि गरें तर नेगेटिभ रहेछ । मेरो महिनावारी किन नभएको होला ? अब मैले के गर्नुपर्छ ?

                                                                            


परिवार नियोजनका लागि प्रयोग गरिने तीनमहिने सुईमा एक किसिमको हार्मोन प्रयोग गरिएको हुन्छ । नेपालमा प्रयोग गरिने अस्थायी साधनहरूमध्ये सबैभन्दा बढी दम्पतीले रुचाएको तीनमहिने सुईले महिलाहरूमा अण्डा उत्पादन हुन दिँदैन र गर्भ नरहने हुन्छ ।

 

 


यो एउटा अत्यन्त प्रभावकारी साधन पनि हो, तर यसको प्रयोग गर्ने महिलाहरूमा सुई छाडेको ३ देखि १० महिनासम्म महिनावारी नहुने तथा गर्भ नरहने हुन सक्छ । यस्तो अवस्थामा डराइहाल्नु पर्दैन ।

 

 


धेरै महिलामा आफैं महिनावारी सुरु हुन्छ र कसै–कसैमा महिनावारी सुरु नभए पनि गर्भ रहन सक्छ । तीनमहिने सुईकै कारणले तपाईंको महिनावारी नभएजस्तो देखिन्छ । यस्तो अवस्थामा तपाईंलाई गर्भको चाहना भएपछि तीनमहिने सुई छोड्न सक्नुहुन्छ, तर त्यसका लागि केही समय अझै पर्खनुपर्ने देखिन्छ ।

 

स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

मोरङ सहकारी अस्पताल

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको