जुम्लामा अनशनरत डा. केसीले केन्द्रको चिकित्सकसंग उपचार लिन मानेनन्

शुक्रबार, २२ असार २०७५

 

काठमाडौँ, जुम्लामा अनशनरत डा गोविन्द केसीले सरकारले खटाएको वीर अस्पतालको चिकित्सक टोलीलाई उपचार गर्न अस्विकार गरेका छन् । उनले आफ्ना लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकै चिकित्सक काफी रहेको भन्दै केन्द्रीय टोलीसंग उपचार सेवा लिन अस्विकार गरेका हुन् ।

 

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले उपचारमा सहयोग पुरयाउन वीर अस्पतालका दुई जना डाक्टर जुम्लाका लागि खटाएको थियो । जुम्ला जाने डाक्टरहरुमा बरिष्ठ फिजिसियन डा. जीवन थापा र बरिष्ठ एनेस्थेसिष्ट एण्ड क्रिटिकल युनिटका डा. सुवास रेग्मी छन् ।उनीहरु बिहीबार मात्रै जुम्ला पुगेका थिए ।

 

‘हामीले हिजो आएर डाक्टर केसीलाई समेत भेट्यौँ । उहाँले जुम्ला सम्म आएको भन्दै धन्यवाद त भन्नुभयो तर आफ्नो उपचारका लागि प्रतिष्ठानकै डाक्टर सक्षम रहेको भन्दै सेवा लिन मान्नु भएन,’ फिजिसियन डा. थापाले भने ।

उनले डा केसीले प्रत्यक्ष सेवा नलिएपनि आफूहरु जुम्लामै बस्ने र डा केसीको उपचारमा सम्लग्न टिमसंंग समन्वय गर्ने बताए ।

अहिले हाइकियर युनिटमा रहेका डा. केसीले अनशनलाई जारी नै राखेका छन् । उनलाई स्लाइन र अक्सिजन दिइएको छ । अरु औषधि उपचार गर्न नमानेको उपचारमा सम्लग्न चिकित्सकलाई उदृत गर्दै डा. थापाले बताए ।

डा. केसी गत शनिबारबाट आफ्नो पन्ध्रौँ अनशन शुरु गरेका थिए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको