डा. केसीसंग बार्ता गर्ने प्रयासमा ओली सरकार

सोमबार, २५ असार २०७५

 

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीलाई अनशन छाडी बार्तामा आउन आग्रह गरेका छन् । जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य विग्रँदै जाँदा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । डा.केसीको अनशन आज दशौँ दिनमा चलिरहेको छ ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले डा केसीले उठाएका मागका सम्वन्धमा प्रधानमन्त्री ओली आफ्ना केही रिजर्भेसन सहित सकारात्मक रहेको बताए । उनले डा. केसीको स्वास्थ्यको विषयमा भने ओली गम्भीर रहेको जानकारी दिए ।

 

‘डा. केसीको अनशनका विषयमा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ । यसलाई छिटो टुंगोमा पुरयाउनुपर्छ भन्ने विषयमा पनि उहाँको स्पष्ट धारणा छ,’ डा अर्यालले भने, ‘तर डा केसीले उठाएका मागका सन्दर्भमा उहाँका केही रिजर्भेसन छन् ।’

 

डा अर्यालका अनुसार प्रधानमन्त्री ओलीे काठमाडौँमा मेडिकल कलेजको सम्वन्धन १० बर्ष दिन नहुने भन्ने विषयमा अहिले पनि असहमत रहेको रहेका छन् । यस्तै विधेयक पारित गर्ने ऐन बनाउने काम संसदको हो भन्दै अनसनको भरमा कानून परिवर्तन नहुने स्पष्ट पारेका छन् ।


‘त्यसबाहेक अरु विषयमा छलफल गर्न प्रधानमन्त्री राजी नै हुनुहुन्छ,’ अर्यालले भने ।

यता नेपाल चिकित्सक संघ (एनएमए) ले डा. केसीका माग पुरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएको छ । संघको टोलीले भेटि ज्ञापनपत्र बुझाएको हो ।

 

सो क्रममा प्रधानमन्त्रीसंग एनएमए टोलीले करीब एक घण्टा छलफल गरेको थियो । ‘हिजो करीब साढे ४ देखि साढे ५ सम्म छलफल भयो । प्रधानमन्त्री ज्यूका कुरा सुनेउ हाम्रा भनाई राख्यौँ । हामीले माग पुरा गर्न भोलि बेलुकासम्मको समय दिएका छौँ । त्यसबीचमा माग पुरा भएन भने थप कार्यक्रम सार्वजनिक गर्नेछौँ ,’  एनएमए अध्यक्ष डा मुक्तिराम श्रेष्ठले भने ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको