डा. केसी पक्षले प्रदर्शन चर्काएकै दिन शिक्षा मन्त्रालयले लेख्यो यस्ताे विज्ञप्ती

आइतबार, ३१ असार २०७५

 

काठमाडौँ,  अनशनरत डा. गोविन्द केसीले उठाएका माग जायज छन् भन्दै समर्थकका पक्षबाट वृहत प्रदर्शन भएकै दिन शिक्षा मन्त्रालयले तीन पन्ना लामो विज्ञप्ती प्रकाशित गरी आफ्नो धारणा बाहिर ल्याएको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालद्धारा हस्ताक्षरित उक्त विज्ञप्तीमा अनशनरत डा केसीलाई राजधानीमा आई सुविधासम्पन्न अस्पतालमा उपचार गरी स्वास्थ्यलाभ गर्न भनिएको छ । त्यसको समन्वय गर्न नेपाल चिकित्सक संघलाई आग्रह गरिएको छ ।

उक्त विज्ञप्तीमा नेपालमा भएका मेडिकल कलेजको विवरण, तिनले पाएका सिटसंख्या, त्यहाँबाट उत्पादित जनशक्तिको बारेमा समेत उल्लेख गरिएको छ । विज्ञप्तीमा भारत बंगलादेश, श्रीलंकाको उदाहरण दिएर नेपालमा चिकित्सक विरामी अनुपान समेत निकै अभाव भएको दर्शाइएको छ । डा केसीका समर्थकहरुले नेपालमा चिकित्सकको संख्या प्रयाप्त भएको भन्दै आएका बेला घुमाउरो पारामा थप कलेजको आवश्यकता छ भन्ने गरी प्रस्तुत गरिएको छ ।

मन्त्रालयले विज्ञप्तीमा प्रतिस्थापन विधेयक खारेज हुँदा चिकित्सा शिक्षा आयोगको अस्तित्व संकटमा परेको भन्दै यो अवस्था धेरै दिन राख्दा थप प्रत्युतपादक हुने समेत संकेत गरेको बताएको छ ।

उसले आफ्नो विज्ञप्तीमा अनशन बस्ने समय अहिले उचित नभएको भन्दै डा केसीलाई अनशन छाडी चिकित्सा शिक्षा सुधारका अभियानमा साथ दिन आग्रह गरेको छ ।

डा केसीका समर्थक आवासीय चिकित्सकहरुले ओपिडी सेवा बहिस्कार गरेको प्रति पनि उसले काममा फर्किन आग्रह गर्दै अन्यथा कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ ।

हेरौँ तीन पान्ने विज्ञप्ती

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको