स्वस्थ्य खानाबाट कसरी टाढिदैछन् युवापुस्ता ?

आइतबार, ३१ असार २०७५

 

उनीहरुले तात्तातो जवाफ फर्काउछन्, ‘मम, चाउमिन, चाउचाउ, समोसा, चाट, बिस्कुट, पिज्जा, बर्गर, ससेस, कुरकुरे, लेज, चटपटे, पानीपुरी ।’

 

यस्तो खान्कीमा लोभिएको युवापुस्ताको जिब्रोलाई भुटेको मकै, भटमास, उसिनेको आलु, दही-चिउरा, कोदाको रोटी, गहुँको सातुमा अभ्यस्त हुन गाह्रो छ । बजारमा स्वादिलो र छरितो खानेकुरा उपलब्ध भएका कारण उनीहरु त्यस्तै खान्कीमा पल्किएका छन् । तपाईं-हामीलाई थाहा छ, बजारमा उपलब्ध तयारी खानेकुरा एवं रेष्टुरेन्टमा पाइने फास्टफुड स्वास्थ्यमैत्री हुँदैन । त्यसले जिब्रोको तलतल मेट्छ । पेट भर्छ । यसबाट के असर हुन्छ त ?

 

यस्ता खानेकुरा सेवन गर्दा एउटा मात्र बेफाइदा छैन । एक त यी खानेकुराहरुलाई स्वादिलो बनाउन विभिन्न मसला, रंग मिसाइएको हुन्छ, जो पेटमा पुगेपछि विषाक्त बन्छ । अर्कोतिर, यस्ता खानेकुराले पेट भरिएपछि हाम्रो शरीरलाई आवश्यक पोषक तत्वको आपूर्ति हुँदैन । यावत् कारणले जंकफुड एवं फास्टफुड हानिकारक हुनसक्छ । दुखलाग्दो त के भने, अहिलेका युवापुस्ता यस्तै खान्कीमा अभ्यस्त हुँदैछन् ।

पछिल्लो समय युवापुस्तामा देखिने रोगको जड खराब खानपान र जीवनशैली देखिएको छ । अहिलेका पुस्ता खान नपाएर होइन, खान नजानेर रोगी र जिर्ण हुँदैछन् । सानै उमेरमा उनीहरु कमजोर, सिथिल हुँदैछन् । खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप जस्ता समस्याले अहिलेका युवापुस्तालाई गाँजिसकेको छ । कतिको कपाल फुलिसकेको छ । कतिको आँखाको दृष्टि कमजोर भइसकेको छ ।

 

कसरी जिउने स्वस्थ्य जीवन ?

युवा उमेर भनेको जोश, जाँगर, उर्जा, सपना, लक्ष्यसहितको एउटा चरण हो, जो जीवनकै महत्वपूर्ण मानिन्छ । तर, यही उमेरमा रोगले थला परियो भने, कमजोर भइयो भने, शिथिल भइयो भने के होला ? पक्कैपनि जीवनको लक्ष्य एवं उदेश्य प्राप्त हुनेछैन ।

 

जब उमेर ढल्कदै जान्छ, गर्न चाहेको काम गर्न सकिदैन । मन लागेको कुरा गर्न शरीर नै बाधक बन्छ । कतिसम्म भने, उन्मुक्त भएर व्यायाम गर्न समेत सकिदैन । कतिपय शारीरिक समस्याले व्यायाम गर्न दिदैन । त्यसैले युवा उमेरमै सोंच विचार गरेर सही एवं सन्तुलित जीवनशैली विताउनुपर्छ ।

-बिहान पाँचदेखि ६ बजेको बीचमा उठ्ने बानी गर्नुपर्छ । संभव भएसम्म सूर्योदयअघि उठ्नु राम्रो हो ।

-उठ्नसाथ दुई/तीन गिलास मनतातो पानी पिउने । यसले पेट सफा हुन्छ । साथै दिनभर ताजा अनुभव हुन्छ ।

-नियमित रुपले दाँत सफा गर्ने । अनुहार राम्ररी धुने ।

-हरेक बिहान व्यायाम गर्ने ।

-व्यायाम गरेको केही समयपछि आरम गरेर नुहाउने । यसले शरीरमा स्फूर्ति पैदा गर्छ । पसिनाले बन्द गर्ने छालाको रोमछिद्र खुल्छ ।

-जब समय मिल्छ, शारीरिक खेल मस्तसँग खेल्ने । पसिना बगाउने ।

-सधै सन्तुलित भोजन गर्ने ।

भोजन हामीले स्वादका लागि भन्दा पनि स्वस्थ्यका लागि गर्नुपर्छ । खानेकुरा जति मनलाग्यो, जस्तो मनलाग्यो खानुहुँदैन । खानपानमा नियन्त्रण गर्नुपर्छ । यस्तो कुरा त हामीले जनवारबाट सिक्नुपर्छ । जनवारले त्यती नै खान्छन्, जति आफुलाई चाहिएको छ । त्यही नै खान्छन्, जे उसलाई प्रकृतिले दिएको छ । त्यही कारण अक्सर जनवारले आफ्नो पूर्ण आयु स्वस्थ्य ढंगले बिताउँछन् । जबकी हामी भने खानामा अनियन्त्रित छौं । यसले हामीलाई रोगी बनाइरहेको छ ।

भोजनको समयलाई तीन भागमा

बिहानको नास्ता

मध्यन्हको खाना

साँझको खाना

नास्ता

नास्तामा दुध, अन्डा, पनिर, अंकुरित अन्न, सलाद, दाल, चिया, हरियो सब्जी, ड्राइ फ्रुट्स, फल आदि खानेकुरा मिलाएर खानुपर्छ । एकै दिन वा एकै पटक होइन, खानेकुरा बदल्दै खानुपर्छ । यस किसिमको पौष्टिक तत्वले शरीरलाई उर्जावान्, स्वस्थ्य र ताजा राख्छ ।

कतिपयले नास्ता गर्नु आवश्यक ठान्दैनन् । तर, यो एकदमै गलत हो । हामी रातभर केही नखाई बसेका हुन्छौ । त्यसैले अर्कोदिन शरीरमा उर्जा र स्फूर्तिका लागि बिहानको नास्ता अनिवार्य छ । यदि हामी अत्याधिक शारीरिक परिश्रम गर्छौं भने र भोक लागिरहेको छ भने मध्यन्हको भोजनअघि जुस वा हल्का भोजन गर्न सक्छौ ।

 

मध्यन्हको खाना

मध्यन्हको खाना आवश्यक्ता अनुसार भरपेट खानुपर्छ । यस समय हामीले खानामा कार्बोहाइड्रेट्स, प्रोटीन, वोसो, खनिज लवण भिटामिनयुक्त सन्तुलित भोजन गर्नुपर्छ ।

 

साँझको खाना

पूर्खाहरुले भनेका छन्, सूर्योअस्तअघि नै खाना खानुपर्छ । सूर्योअस्तपछि खाएको खाना शरीरमा विष समान हुन्छ । साँझको खाना हल्का हुनुपर्छ । सुपाच्य हुनुपर्छ । खाना खाएको तीन घण्टापछि मात्र सुत्नुपर्छ ।

 

सन्तुलित भोजनको स्रोत

कार्बोहाइड्रेट- यसले शरीरमा शक्ति प्राप्त हुन्छ । शारीरिक श्रम गर्नेहरुका लागि यो अत्याधिक आवश्यक छ । चामल, आटा, मैदा, आलु, अन्न, दाल आदिबाट कार्बोहाइड्रेट प्राप्त हुन्छ । चुकन्दर, मेवा, शख्खर, मह आदिबाट पनि यो प्राप्त हुन्छ । यसको कमीले शरीरमा कमजोरीपन आउँछ ।

 

प्रोटिन

शारीरिक शक्ति प्रदान गर्ने, कोशिकाको ममृत गर्ने, नयाँ कोशिका बनाउने, मानसिक शक्ति बढाउने, रोग निवारणशक्ति उत्पन्न गर्ने र शारीरिक वृद्धि गर्ने कसरी ? यसका लागि शरीरमा प्रोटिनका आवश्यक हुन्छ । प्रोटिन खानेकुराकै माध्यामबाट प्राप्त हुन्छ । प्रोटिनमा नाइट्रोजनको मात्रा अधिक हुन्छ । नाइट्रोजन प्रतिदिन पिसाबको रुपमा बाहिर निस्कन्छ । त्यसैले यसको कमी पुरा गर्न प्रोटिन खानैपर्छ । बनस्पति तथा मासुजन्य खानेकुराबाट प्रोटिन पाइन्छ । मासु, अन्डा, दुध, घिउ, चना, मूंग आदिबाट प्रोटिन प्राप्त हुन्छ ।

 

बोसो

भोजनमा पोषक तत्वमा बोसोको महत्वपूर्ण स्थान छ । यसको प्रयोगले शरीरमा गर्मी र शक्ति उत्पन्न हुन्छ । छालालाई चम्किलो बनाइराख्छ । र, कार्बोहाइड्रेड पचाउनमा सहयोग गर्छ ।

यो बनस्पति र प्राणी दुबैबाट मिल्छ । बदाम, तेल, ओखर, सोयाबीन, नरिवल, काजु, दुध, घिउ, क्रिम, माछाको तेल आदिबाट बोसो तत्व पाइन्छ ।

 

खनिज लवण

शरीरमा क्याल्शियम, पोटाशियम, सोडियम, म्याग्नेशियम, फस्फोरस, फलाम, आयोडिन, क्लोरिन, सल्फर आदि अनेक क्षरिय पदार्थ पाइन्छ, जसले शरीरलाई निर्बलताबाट बचाउछ । पालक, तोरीको साग, मुलाको पात, दुध आदिबाट यी तत्व प्राप्त हुन्छ ।

क्याल्शियम तथा फस्फोरसले हड्डी र दाँतको निर्माण गर्ने, बलियो बनाउने काम गर्छ

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

संघीय सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पार्ने धन्दामा

सत्तारुढ दलका सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पर्ने धन्दामा लागेको पाइएको छ। नौ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु...

के अब क्यान्सरको सहज उपचार हुनेछ ?

क्यान्सर, जो चिकित्सा विज्ञानको लागि सबैभन्दा कठिन समस्या हो । अहिलेसम्म जे-जति रोगहरु पैदा भए, ति सबैको उपचार विधि खोजिएको...

फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएकाे छ ? हाेसियार !

फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएकाे छ ? यदि हुनुहुन्छ भने विचार गर्नुहोस् फ्राइ गरिएको कुखुरा र माछाको मासुले...

फ्याटी लिभर कसरी क्यान्सरको कारण बन्नसक्छ ?

तपाईं मदिरा पिउनुहुन्छ । माछामासुको सौखिन हुनुहुन्छ । तारेको-भुटेको खानेकुरामा लोभ गर्नुहुन्छ । तर, निस्क्रिय बस्नुहुन्छ । त्यसो हो भने...

Loading...