झुट खोतल्दै पोलिग्राफ मेसिन, यसले कसरी झुटो बोलेको पत्ता लगाउँछ ?

मङ्गलबार, ०२ असोज २०७५

 

निर्मला पन्तको बलात्कार र हत्याको प्रमाणहरु नष्ट गरिएको चर्चासँगै अनुसन्धान पनि अलमलमा छ । डेढ महिना बितिसक्दा पनि अपराधी फेला पार्न सकिएको छैन । संचारमाध्याम र सर्वसाधरणको एकमुष्ठ दवाव आइरहँदा पनि प्रहरी(प्रशासन अपराधीसम्म पुग्न सकेको छैन । यसले अनेक शंका-उपशंका जन्माइदिएको छ । अतः शंकाका घेरामा रहेकाहरुमाथि छानविन थालिएको छ । यसका लागि अहिले डिएनए परीक्षण र पोलिग्राफ परीक्षण बलियो आधार मानिएको छ ।

शंकास्पद एवं आरोपी व्यक्तिलाई पोलिग्राफ परीक्षण गराएर सत्यतथ्य ओकल्न लगाइन्छ । आखिर पोलिग्राफले कसरी काम गर्छ ? कसरी याे यन्त्रले मानिसलाई नियन्त्रण गर्छ, जसले झुट लुकाउन सक्दैन ?

दुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ। प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो।

‘पोलिग्राफ टेस्टबाट धेरै जटिल घटनाको अनुसन्धान सुल्झिएको छ,’  ‘अदालतले पनि सहायक प्रमाणमा रूपमा स्वीकार गर्ने भएकाले मुद्दा पनि बलियो हुने गरेको छ।’

फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको मृत्युको छानबिनमा केही दिनअघि मात्र प्रहरीले मनीषाका प्रेमी आशिष चौधरीको पोलिग्राफ टेस्ट गरेको थियो। चौधरीले मनीषा झुन्डिएको बताएकोमा पोलिग्राफ टेस्टमा पनि उनले नढाँटेको रिपोर्ट आएको थियो। जसले घटनाको अनुसन्धानलाई सहज बनायो।

 

हालसम्मका एक हजार १५ मध्ये पोलिग्राफ टेस्टमा तीन सय ८५ जनाले ढाँटेको पुष्टि भएको थियो। ६५ जना अभियुक्तले पोलिग्राफ टेस्ट गर्नेबित्तिकै अपराध स्विकारेका थिए। त्यसअघि प्रहरीले पटक–पटक सोध्दा पनि उनीहरूले अपराध स्विकारेका थिएनन्।

त्यस्तै अनुसन्धानमा तानिएका चार सय ९० जनाले भने सोधपुछकै क्रममा नढाँटेको पोलिग्राफ टेस्टको रिपोर्ट आएको थियो। टेस्ट गरिएकामध्ये ७५ जनाको अस्पष्ट रिपोर्ट आएको छ । पोलिग्राफले अभियुक्त पत्ता लाग्ने मात्र होइन अनुसन्धानका लागि पक्राउ परेका निर्दोष व्यक्ति पनि छुट्ने गरेका छन् ।

 

यसरी पत्ता लाग्छ झुटो बोलेको
पोलिग्राफ टेस्टलाई विश्वसनीयता परीक्षण गर्ने प्रणाली मानिन्छ । कुनै पनि कुरा लुकाउन खोज्दा त्यसको प्रभाव दिमागमा पर्ने र दिमागबाट शरीरका विभिन्न अंगमा पर्ने गर्दछ । शरीरका अंगमा पर्ने असर मापन गरी झुटो बोले–नबोलेको पोलिग्राफ मेसिनले पत्ता लगाउँछ । ‘जब कसैले झुटो बोल्छ, शरीरले रक्षात्मक प्रतिक्रिया देखाउँछ,’ झुटो बोलेको अवस्थामा शरीरमा प्रवाह हुने प्रतिक्रिया फरक हुने भएकाले त्यसकै आधारमा पोलिग्राफ मेसिनले पत्ता लगाउने गर्दछ । मुटुको धड्कन, श्वासप्रश्वास, छालामा बग्ने करेन्ट तथा पसिनाको थैलीमा पर्ने प्रेसर र शरीरमा रगतको प्रवाहका आधारमा कुनै पनि आरोपीले झुट बोले–नबोलेको पत्ता लाग्छ । पोलिग्राफ मेसिन जडान गरेपछि प्रहरीले सोधपुछ गर्दा निश्चित तहभन्दा माथि शरीरको प्रतिक्रिया देखेमा झुट बोलेको रिपोर्ट आउने गर्दछ । कसैले झुट नबोलेको देखाउन कृत्रिम धड्कन, श्वासप्रश्वास नियन्त्रण गर्न खोजे पनि ‘काउन्टर मेजर सेन्सर’बाट  पत्ता लाग्ने छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको