मुटुरोगका प्रमुख लक्षणहरु यस प्रकार रहेका छन्

बुधबार, ०३ असोज २०७५

 

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुका अनगिन्ती लक्षणहरुमध्ये सबैले थाहा पाइराख्नुपर्ने केहि महत्वपुर्ण लक्षणहरुको बारेमा यहा चर्चा गरिएको छ ।

१– छातिको बिच भागमा दुख्ने
मानिस तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातिको बिच भागमा दुखेर आयो भने मुटु दुखेको शंका गर्नुपर्छ । यस्तो मुटुको दुखाई छातिमा ढुंगाले थिचेको जस्तो, डोरीले कसेको जस्तो, मुठीले निचोरेको जस्तो वा आगोले पोलेको जस्तो प्रकृतिको हुन्छ । यो दुखाई बायाँ कुम, पाखुरा, घाटि, चिउडो आदितर्फ सर्न सक्छ । यो दुखाई आराम गरेपछि ठीक भएर रान्छ । मानसिक तनावको अवस्थावा शारीरिक परिश्रम संग प्रत्यक्ष सम्बन्ध भएको यो छातिको पिडालाई एन्जाइना भनिन्छ ।

 

२– खुट्टाहरु सुन्निे
खुट्टाको घुँडादेखि कुर्कच्चासम्म अगाडिपटिबाट रहेको लामो हड्डिमाथि औलाले थिच्दा खोपिल्टा बस्यो भने खुट्टा सुन्निएको रहेछ भनी बुझ्नुपर्छ । खुट्टाहरु सुन्निने लक्षण मुटुको रोग, मिर्गौलाको रोग, थाइरोइड ग्रन्थिको रोग तथा अन्य धेरै अवस्थाहरुमा देखिन सक्छ । मुटु कमजोर भएर राम्रोसंग पम्प गर्न सकेन भने खुट्टा सुन्निने लक्षण देखा पर्छ ।

 

३– घाँटीको रक्तनलि फुल्ने
घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली पुलेको छ भने मुटुभित्रको चाप बढ्यो भनेर बुझ्नुपर्छ । मुटु कमजोर भएमा मुटुभित्रको चाप बढ्छ । यस्तो अवस्थामा घाँटीबाहिरका नसाहरु राम्रो संग फुलेका (सुन्निएका) देखिन्छन् । कुनै व्यक्तिमा घाँटिको दायाँ वा बायाँको नसा मुटुको धड्कनसंगै उफ्रिएको देखिन्छ । यो मुटुभित्रका ४ वटा भल्भमध्ये ठुलो धमनीमा रहेको भल्भ कमजोर भई पूरा बन्द नहुने भएको खण््डमा घाँटीको नसा उफ्रने लक्षण देखा पर्छ ।

 

४– ओठ, जिब्रो र औंलाका टुप्प नीलो हुने
स्वस्थ व्यक्तिको सम्पुर्ण शरीर रगतजस्तो रातो हुनुपर्छ । रगतलाई रातो बनाइराख्ने काम अक्सिजनले गर्छ । रगतमा अक्सिजन कम हुनेबित्तिकै त्यो नीलो हुन जान्छ । यदि आंलाका टुप्प, ओठ र जिब्रो नीलो देखियो भने रगतमा अक्सििजनको मात्रा कम भएछ भनि बुझ्नुपर्छ ।

 

५– टाउको दुख्ने, चक्कर लाग्ने
रक्तचाप बढ्यो वा घट्योभने टाउको दुख्ने, चक्कर लाग्ने हुन सक्छ । रक्तचाप बढ्दा धेरैजसो अवस्थामा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । मुटुको धड्कन धेरै ढिला भयो भने पनि चक्कर लाग्ने हुन्छ । १ मिनेटमा ६० देखी १०० पटक धड्किनुपर्ने मुटु प्रतिमिनेट ४५ पटकभन्दा कम धड्किन पुग्यो भने चक्कर लाग्ने हुन्छ । कतिपय रोगिहरुको मुटुको धड्कन छिटोछिटो चलेको अनुभव गर्दछन् त कतिपयले चल्दा चल्दै ढ्याक्क केहिबेर रोकिएको अनुभव पनि गर्दछन् । यस्तो लक्षण देखा प¥यो भने मुटुकोरोगको शंका गरी तत्काल इसिजी परिक्षण गराउनुपर्छ ।

 

६– कफमा रगत देखापर्ने
खकारसंगै रगत पनि देखा प¥यो भने क्षयरोग वा क्यान्सर भयो होला भन्ने लाग्न सक्छ, तर क्षयरोग र क्यान्सर हुँदा मात्र होइन मुटुरोगमा पनि कफ अर्थात खकारमा रगत देखा पर्न सक्छ । मुटुका कतिपय रोगहरुमा पनि खकारमा रगत देखापर्ने हुन सक्छ । मुटुको भल्भका रोग, मुटु सुन्निने,हार्ट फेल आदि अवस्थामा मुटुले राम्रोसंग पम्प गर्न नसकी फोकसोभित्रका नसाहरुमा रक्तचाप बढ्न गई मसिना नसाहरु फुट्छन् र रक्तस्राव हुन्छ । यो रगत कफ वा थुकमा मिसियर मुखबाट बाहिर आउछ । यदि कफमा रगतदेखा प¥योभने एक्सरे, गरेर हेर्दा टी.बी. वा कयान्सर देखिएन भने मुटुको रोग पो होकि भनि शंका गर्नुपर्छ र मुटुको भिडियो एक्सरे गरेर हेर्नुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको