शल्यक्रियाबाट सुत्केरीः पैसा आर्जनको मेलो हो कि आवश्यक्ता ?

बुधबार, ०३ असोज २०७५

 

अक्षय कुमार अभिनित ‘गब्बर ईज ब्याक’ को एउटा प्रसंग छ । बिमारीले नर्मल डेलिभरीको इच्छा जाहेर गर्छन् । सोही कुरा नर्सले चिकित्सकसामु राख्छन् । तर, चिकित्सक दबाब दिन्छन्, ‘सिजरियन नै गर्नुपर्छ ।’

बिरामीको इच्छा बिपरित चिकित्सक किन सिजरियन डेलिभरी गर्न उत्सुक छन् ?


जवाफ सजिलो छ, त्यसले उनको अस्पतालको अतिरिक्त आम्दानी बढ्छ । केही समय अगाडि एक दैनिक पत्रिमा पनि पैसाकै लागि निजि अस्पतालमा सिजरियन गरिन्छ भन्ने आशयको लेख थियो ।

 

निजीमा तीन गुणा बढी सिजरियन ?

नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ को प्रतिवेदन अनुसार पनि सरकारी अस्पतालमा भन्दा निजि अस्पतालहरुमा करिब ३ गुणाले बढि सिजरियन हुने गरेको देखाएको छ ।

नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ को सो प्रतिवेदन अनुसार प्रसुति सेवाका लागि व्यथा लागेर सरकारी अस्पतालमा आएका गर्भवतीहरु मध्ये भन्दा १२ प्रतिसत डेलिभरी सिजरियन (शल्यक्रिया) गरेर हुने गरेको छ भने सोहि सेवाका लागि निजी अस्पतालमा आएकाहरुमा ३५ प्रतिसतको सिजरियन हुने गरेको देखाएको छ ।

 

डा. बालकृष्ण साह
पब्लिक लाईब्रेरी अफ साईन्स (पिएलओएस वान) को २०१६ फेब्रुअरीमा प्रकासित जर्नलमा अना पिलर बेट्रान र साथिहरुले गरेको अध्ययन अनुसार सन् १९९० देखि २०१४ सम्म आउदा हरेक देशमा सिजरियन डेलिभरीको दर बढेको छ ।

सो अध्ययन अनुसार सन् १९९० मा विश्वमा औसत ६ दशमलव ५ प्रतिसत मात्र सिजरियन हुन्थ्यो भने २०१४ मा आउदा सो दर १९ दशमलव १ प्रतिसत पुगेको देखाएको छ । सोहि अध्ययन अनुसार लाटेन अमेरिकामा औसत सिजरियन हुने दर सबै भन्दा बढि अर्थात ४० दशमलव ५ प्रतिसत, उतरी अमेरिकामा सो दर ३२ दशमलव ३ प्रतिसत, युरोपमा  २५ प्रतिसत, एसियामा १९ दशमलव २ प्रतिसत र सबैभन्दा कम अफ्रिकामाऔसत ७ दशमलव ३ प्रतिसत सिजरियन डेलिभरी हुने गरेको देखाएको छ ।

जहाँ शल्यक्रियाको राम्रो सुबिधा छ तथा जहा आर्थिक एवं शैक्षिक स्तर उच्च रहेको छ, त्यहाँ सिजरियन बढि हुने गरेको छ भन्ने कुरा पनि यस अध्ययन आधारमा पुष्टि गरेको छ ।

 

सरकारी अस्पतालको स्तर र क्षमता ?

नेपालमा गर्भवतीको स्वास्थ्य र प्रसुति सेवालाई उच्च ग्राहयतामा राखिएको छ । गर्भवतीहरुका लागि बिशेष महत्व दिदै आवश्यक सेवाका लागि राष्ट्रले सक्दो कोशिश गरेको छ र गर्भको जटिलताको कारण कुनै पनि महिलाको मृत्यु हुन नदिन प्रसुति सेवालाई विस्तार अनि प्रभावकारी बनाउदै गएकोमा दुई मत छैन ।

गर्भपतनलाई सुरक्षित बनाउनु, नियमित गर्भ परिक्षणलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्नु अनि स्वास्थ्य संस्थामा निःशुल्क डेलिभरी (सिजरियन समेत) गर्ने तथा यातायात खर्च समेतको प्याकेज ‘आमा सुरक्षा कार्यक्रम’ लागु गर्नुले राष्ट्र मातृस्वास्थ्य प्रति संवेदनशिल रहेको देखाएको छ ।

तर निजी अस्पतालमा सिजरियन बढि हुनु र सरकारी संस्थाहरुमा सिजरियन कम हुनुका पछाडि सिजरियन गर्न सक्ने क्षमता भएको सरकारी अस्पतालको संख्या कम भएर त होईन ? अध्ययन आवश्यक छ ।

 

सिजेरियन बाध्यता कि आवश्यक्ता ?

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको २०७२/७३ को बाषिर्क प्रतिवेदन अनुसार नेपालमा कुल २०१८ नर्मल डेलिभरी गराउन सक्ने सरकारी स्वास्थ्य संस्था (वर्थिङ्ग सेन्टर, बिईओसी र सिईओएनसी) रहेका छन् भने सो मध्ये सिजरियन गर्न सक्ने स्वास्थ्य संस्था (सिईओएनसी) मात्र १०४ वटा रहेको छ ।

प्रसुती सेवा सञ्चालन गरेका कुल सरकारी स्वास्थ्य संस्थाहरुको ५ दशमलव १ प्रतिसत संस्थाहरुमा मात्र सिजरियन सेवा दिन सक्नुले शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवतीहरुलाई निजी अस्पतालमा जान बाध्य बनाएका छन् वा छैनन् ? बहस आवस्यक छ ।

यसरी निजी अस्पतालमा प्रसव सेवाका लागि आउने गरेका अधिकाशं गर्भवतीहरु सरकारी संस्थाहरुबाट संप्रेषण (रिफर) भएर आएको मेरो आफ्नै अनुभव छ ।

मैले २०७४ भदौ १ गते देखि २०७५ श्रावण मसान्त सम्ममा मोरङ्ग सहकारी अस्पताल बिराटनगरमा गरेको कुल १ सय ५५ सिजरियन मध्ये ९७ अर्थात ६२ दशमलव ५ प्रतिसत गर्भवतीहरु अन्य स्वास्थ्य संस्थाहरुबाट सिजरियनका लागि संप्रेषण भएर आएका थिए । सो मध्ये ११ जना अर्थात ७ प्रतिसत गर्भवतीको अवस्था अत्यन्त जोखिम थिए ।

२०७५ भदौमा मात्र सो अस्पतालमा मैले गरेको ३० वटा सिजरियन मध्ये २२ वटा अर्थात ७३ प्रतिसत गर्भवतीहरु अन्तिम गर्भ परिक्षणका लागि मात्र मोरङ्ग सहकारी अस्पताल आएका थिए र १४ जनाको पहिले सिजरियन भएको कारणले नै यस पटक पनि सिजरियन गरेको मेरो अनुभव रहेको छ ।

जोखिमरहित प्रसूतीका खातिर ?

हुन त निजी अस्पतालमा गएर प्रसुती सेवा लिने गर्भवतीहरुको संख्या कुल संख्याको १० प्रतिसत मात्र रहेको नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ को सो प्रतिवेदनले देखाएको छ । ती १० प्रतिसतमा पनि अधिकाशं सरकारी स्वस्थ्य संस्थाबाट  रिफर भएर आएकाहरुको संख्या बढि हुने गरेको पाईन्छ ।

रिफर भएर वा सोझै प्रसुती सेवाका निमित्त   निजी अस्पतालहरु पुगेका गर्भवतीहरुलाई जत्तिसक्दो छिटो सिजरियन डेलिभरी गराउनु पर्ने भएको हुन्छ तर पैसाका लागि होईन, आमा र शिशुमा जोखिम कम गराउन भन्दा फरक नपर्ला ।

डेलिभरी धेरै किसिमका हुन्छन् । प्राकितिक रुपमा वा कुनै बाहृय सहयोग बिना हुने डेलिभरीलाई सामान्य वा ‘नर्मल डेलिभरी’ भनिन्छ ।

यस्तो अवस्थामा सिजेरियन

धेरै अवस्थामा नर्मल डेलिभरी नै हुने गर्छन । नर्मल डेलिभरी हुन नसक्ने अवस्थाहरुमा आमा, बच्चा वा दुवैलाई जोगाउन औजार -भ्याकुम तथा फोरसेप) प्रयोग गर्ने अर्थात ईन्स्र्टुमेन्टल डेलिभरी अथवा सिजरियन सेक्सन अर्थात शल्यक्रिया गरेर डेलिभरी गराउनु पर्ने हुन्छ । यसरी डेलिभरी गराउनु भनेको एउटा बाध्यात्मक अवस्था पनि हो ।

अर्को तरिकाले भन्नुपर्दा समान्य प्रसुती गराउन नसकिएमा र तुरुन्त गर्भबाट शिशु ननिकालिएमा आमा वा बच्चा वा दुवैलाई गुमाउनु पर्ने खतरा रहेको अवस्थामा सिजरियन गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा प्रसुति सेवाका लागि अर्थात डेलिभरीका लागि अस्पताल वा स्वास्थ्य संस्था जाने क्रम बढेको छ ।

सन् १९९६ मा कुल प्रसुति (डेलिभरी) को १८ प्रतिसत मात्र स्वास्थ्य संस्थामा हुने गरेको थियो भने सन् २०११ मा सो संख्या बढेर ३५ प्रतिसत र २०१६ मा यो संख्या ५७ प्रतिसत पुगेको नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ ले देखाएको छ ।

यसरी स्वस्थ्य संस्था तथा अस्पतालमा आएका गर्भवतीहरु मध्ये ३१ प्रतिसतलाई चिकित्सकहरुले नै प्रसव गराउने गरेको सोहि सर्भेले देखाएको छ ।

यसै कारणले पनि प्रसव पिडामा रहेका गर्भवतीहरुको जटिल्ता समयमा पहिचान हुने अनि आवश्यक भए सिजरियन गर्ने तथा सो संस्थामा सिजरियन सम्भव नभए संप्रेषण (रिफर) गरिने भएर होला एकातिर मातृमृत्यु घटेको देखिएको छ भने अर्कातिर सिजरियनको दर बढेको देखिएको छ ।

 

कस्तो अवस्थामा सिजेरियन

सिजरियन नै गर्नुपर्ने कारणहरु धेरै रहेका छन् । आमाको पेल्भिस् सानो भएको अवस्थामा बच्चाको टाउको सो बाटो भएर आउन नसक्ने वा पेल्भिस् ठिकै भए पनि बच्चाको टाउको नै ठुलो भएको अवस्था सिजरियन डेलिभरीको प्रमुख कारण रहने गरेको पाईन्छ ।

बच्चा उल्टो, तेस्रो वा अन्य नमिलेको अवस्थामा रहेको, बच्चाको मुटुको धडकन सामान्य भन्दा कम वा बढि भएको, शालनाल पाठेघरको मुखमा रहेको, ब्यथा लगाएर पनि डेलिभरी नभएको जस्ता अवस्थाहरुमा पनि सिजरियन गर्नु पर्ने हुन्छ ।

धरानको बि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २००६ जनवरी देखि २००७ डिसेम्बर सम्म २ बर्ष लगाएर डा. शैलजा क्षेत्रीले गरेको अध्ययनले सो अस्पतालमा सो अवधि गरिएको कुल ३ हजार ७ सय ६३ सिजरियन मध्ये ८ सय ८३ अर्थात २३ दशमलव ४ प्रतिसत लाई बच्चाले पाठेघरभित्र नै दिशा गरिसकेका कारणले सिजरियन गरेको देखाएको छ । पहिलाको डेलिभरी सिजरियन भएको कतिपय अवस्थामा पुनः डेलिभरी गराउदा सिजरियन गर्नुपर्ने हुन सक्छ ।

बि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सो २ बर्षको अवधिमा छ सय पचास अर्थात १७ दशमलव २७ प्रतिसतलाई पहिले सिजरियन डेलिभरी भएका कारणले दोस्रो पटक पनि सिजरियन डेलिभरी गर्नु परेको देखाएको छ । त्यस्तै सेप्टेम्बर २०१० देखि सेप्टेम्बर २०११ सम्म नोबेल मेडिकल कलेज बिराटनगरमा डा.शान्ती सुबेदी तथा उनका समुहले अध्ययनले सो अवधिमा भएको कुल २ हजार ११ प्रसुतीहरुमा ४ सय अर्थात १९ दशमलव ८ प्रतिसतलाई सिजरियन गरिएको थियो ।

सो अध्ययनले पनि गर्भको बच्चाको मुटुको धडकनमा समस्या देखिएकोले गर्दा सिजरियन गर्नु परेको दर सबै भन्दा उच्च २६ प्रतिसत रहेको देखाएको छ । सिजरियनको अन्य कारणहरुमा  पहिले सिजरियन गरे पछिको गर्भ रहेको, प्रसवको ब्याथा लगाएर पनि ब्यथा नलागेर, बच्चा उल्टो भएकाले, जस्ता कारणहरु रहेको देखाएको छ ।

 

निजीमा नै किन सिजेरियन ?

निजी अस्पतालहरुमा गरिने सिजरियनका कारणहरुको तर्जुमा गरिएको नदेखिए पनि यस्तै कारणहरु रहने गरेका पाईन्छ । निजी अस्पतालमा केहि संख्यामा सिजरियन ‘अन डिमान्ड’ पनि हुने गर्छन । बिमारी वा बिमारीका आफ्न्तका अनुरोधमा सिजरियन नै गरिहाल्नु पर्ने कारण नदेखिएको अवस्थामा गरिने सिजरियनलाई सिजरियन अन डिमान्ड भनिन्छ ।

तर यस्तो सिजरियन हाम्रो मुलुकमा धेरै हुदैनन् । डा.शान्ती सुवेदीको अध्ययनमा जम्मा ५ अर्थात १ दशमलव २५ प्रतिसतलाई मात्र सिजरियन अन डिमान्ड गरिएको देखाएको छ । मैले आफै गरेको सिजरियनमा ९ जना अर्थात ६ प्रतिसतलाई मात्र सिजरियन अन डिमान्ड गरेको थिए ।

पहिलो बच्चा जन्माउने उमेर बढि हुनु, बच्चाको अवस्थाको बारेमा जन्मनु भन्दा अगाडि नै थाहा पाउनु, औजार प्रयोग गरेर बच्चा जन्माउन नचाहनु, बच्चा उल्टो रहेको थाहा हुनु जस्ता कारणहरुले गर्दा पनि सिजरियनको दर बढेको देखिन्छ । निजी अस्पतालमा प्रसव सेवाका लागि आउने गर्भवती महिलाहरुको शैक्षिक र आर्थिक स्तर राम्रो हुने, कामकाजमा व्यस्त रहने, योजना बनाएर गर्भ राख्ने र गर्भप्रति धेरै संवेदनशिल रहने गरेका हुन्छन् ।

यस्ता महिलाहरुले प्रसव पिडा सहन नसक्ने, चाडै आत्तिने र जोखिममा बस्न नचाहने भएकोले पनि निजी अस्पतालमा चाडो सिजरियनको निर्णय लिने तथा सिजरियन डेलिभरीका लागि धेरै पर्खिनु नपर्ने भएकोले सिजरियन दर उच्च रहेको देखिन्छ ।

नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ ले पनि एसएलसी वा सो भन्दा बढि अध्ययन गरेका महिलाहरुमा २० प्रतिसत सिजरियन भएको तर नपढेकाहरुमा सिजरियन मात्र ५ प्रतिसत भएको देखाएको छ । त्यस्तै सोहि सर्भेले सम्पन्न बर्गमा २८ प्रतिसतको डेलिभरी सिजरियन गरेर भएको र निम्न बर्गमा केवल २ प्रतिसतको मात्र डेलिभरी सिजरियनबाट भएको देखिन्छ ।

सिजेरियन अन्तिम बिकल्प

आमा र बच्चाको गुणस्तरिय सेवा दिनका लागि सिजरियन डेलिभरी गराउन सक्ने क्षमता भएको सरकारी अस्पतालहरुको संख्या र पहुच बढाउन सके सिजरियन सेवा कै लागि निजी अस्पताल जानुपर्ने बाध्यतमा कमी आउने थियो भन्दा फरक नपर्ला ।

सिजरियन डेलिभरी प्रसुतिको अन्तिम बिकल्प हो, त्यसैले यसलाई पहिलो रोजाईमा पार्नु पक्कै राम्रो होईन । नर्मल डेलिभरी हुन सक्ने अवस्थामा पनि आत्तिएर सिजरियन गर्नु हुदैन । सिजरियन गरे पछि केहि लामो समय अस्पताल बस्नु पर्ने, गर्भवती महिलालाई बेहोस गर्नु पर्ने र बेहोस गर्दा थप जटिल्ता हुन सक्ने जस्ता खतरा रहने हुन्छ । नर्मल डेलिभरीको तुलनामा सिजरियन गरेकाहरुमा संक्रमण देखिने वा घाउ पाक्ने सम्भावना बढि रहेको हुन्छ ।

सिजरियन गरेका महिलाहरुमा दुध ढिला आउने तथा शिशुको श्वासप्रश्वास सम्बन्धि समस्या देखिने हुन सक्छ । यिनीहरुको दोस्रो गर्भमा शाल तल (पाठेघरको मुख छेउ) हुन सक्ने तथा पुनः सिजरियन  गर्नु पर्ने हुन सक्छ । जति पटक सिजरियन दोहरिने हुन्छ उत्ति नै जटिल्ता थपिदै जाने भएकोले तुरुन्त तुरुन्त र धेरै पटक सिजरियन गर्न वा बच्चा जन्माउन नमिल्नु पनि सिजरियनको एउटा नाकारात्मक पक्ष हो ।

आवस्यक परेको अवस्थामा सिजरियन गर्न सके आमा र बच्चा दुवैलाई जोगाउने भरपर्दो उपाय हो । त्यसैले दम्पती, चिकित्सक वा अन्य पक्षहरुको अनुकुल हेरेर सिजरियन नरोजेर गर्भवती महिला र गर्भमा रहेको बच्चाको अवस्थालाई राम्ररी मुल्याङ्कन गरेर उपयुक्त तरिका (नर्मल, औजार वा सिजरियन) रोज्न सके आमा, बच्चा र भविष्यका लागि राम्रो हुनेमा दुईमत नहोला ।

 

Source: Onlinekhabar


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

मिर्गौलामा पत्थरी : किन र कसरी हुन्छ ?

मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी...

झुट खोतल्दै पोलिग्राफ मेसिन, यसले कसरी झुटो बोलेको पत्ता लगाउँछ ?

शंकास्पद एवं आरोपी व्यक्तिलाई पोलिग्राफ परीक्षण गराएर सत्यतथ्य ओकल्न लगाइन्छ । आखिर पोलिग्राफले कसरी काम गर्छ ? कसरी याे यन्त्रले...

मुटुरोगका प्रमुख लक्षणहरु यस प्रकार रहेका छन्

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुका अनगिन्ती लक्षणहरुमध्ये सबैले थाहा पाइराख्नुपर्ने केहि...

शल्यक्रियाबाट सुत्केरीः पैसा आर्जनको मेलो हो कि आवश्यक्ता ?

नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ को सो प्रतिवेदन अनुसार प्रसुति सेवाका लागि व्यथा लागेर सरकारी अस्पतालमा आएका गर्भवतीहरु मध्ये...

कसरी गरिन्छ स्थायी बन्ध्याकरण ? सन्तानका रहर पुगेकाहरुले जान्नैपर्ने कुरा

अहिले पनि परिवार  नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँछ भन्नेे धारण...

घरमा ‘मनीप्लान्ट’ रोप्दा पैसा आर्जन हुन्छ ?

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति-जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ...

चिकित्सक, नर्स तथा औषधि व्यावसायी सहित २८ जनाले पाउने भए राष्ट्रपतिबाट पदक

संविधान दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका २८ जना व्यक्ति राष्ट्रपतिबाट प्रदान हुने विभिन्न मानपदवी अलंकार तथा पदकबाट विभूषित हुने भएका छन्...

युवाको रगतमा ‘बुढ्यौलीका रोग रोक्ने गुण’

नयाँ अनुसन्धानले युवाहरूको रगतमा उमेरका कारण हुने क्यान्सर, विस्मृति र मुटुसम्बन्धी विभिन्न रोगहरू रोक्न सक्ने गुण भएको सङ्केत गरेको छ।

बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु

बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु वालवक्र रोग केटाकेटीहरुमा भिटामिन डी को अभावले गर्दाहुने...

दृष्टि दोष के हो ? चस्माको छनोट कसरी गर्ने, चस्मा प्रयोग गर्ने ब्यक्तिले ध्यानदिनुपर्ने केहि टिप्सहरु :

दृष्टिका ती खराबीहरु, जस्को लागि चश्मा लगाउनु आम कुरा हुन । बच्चाहरुदेखी लिएर बूढाहरु सम्म चश्मा लगाउँछन् । निकट दृष्टि...

नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल...

उपचारमा लापरवाही , अस्पतालमा तोडफोड

उपचारमा लापरवाही भएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड भएको छ । आक्रोशित भिडले स्वास्थ्यकर्मीहरु माथि समेत हातपातको...

Loading...