कसरी गरिन्छ स्थायी बन्ध्याकरण ? सन्तानका रहर पुगेकाहरुले जान्नैपर्ने कुरा

बिहिबार, ०४ असोज २०७५

 

अहिले पनि परिवार  नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँछ भन्नेे धारण राख्नेको संख्यासमेत ठूलो छ । सत्य के हो त ?

 

के हो परिवार नियोजन ?

परिवार नियोजन अंग्रजीमा ‘फेमेली प्लानिङ’ भनिन्छ । खासगरि नेपालमा प्रायले परिवार नियोजन भन्ने वित्तिकै स्थयी बन्ध्याकरण भनी बुझ्छन् । तर, त्यसो नभएर परिवार नियोजन भनेको सहि परिवारको योजना नै हो ।

खासगरि परिवार नियोजन दुई प्रकारले गर्न सकिन्छ । एउटा स्थायी बध्याकरण र अर्को अस्थायी साधनहरुको प्रयोग हो ।

तीन महिनादेखि १० वर्षसम्मको अवधिसम्म गर्भ निरोधकको रुपमा अस्थायी साधनको प्रयोग गर्न सकिन्छ । उपयुक्त जन्मान्तरको लागि यस्तो साधनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

 

अस्थायी साधन

– महिलाले पिल्स ट्यााव्लेड, डिपो (संगीनी सुई), इम्प्लान्ट र पुरुषले कण्डमको प्रयोग गरि सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।

– अस्थायी साधनको रुपमा महिलाले कपर टीको पनि प्रयोग गर्न सक्छन् । यसलाई एक पटक पाठेघरमा राखेपछि पाँचदेखि १२ वर्षसम्म गर्भ निरोधकको काम  गर्छ ।

 

के हो स्थायी बन्ध्याकरण ?

– खासगरि सन्तानको रहर पुगिसकेपछि स्थयी बन्ध्याकरणको साहारा  लिने गरिन्छ । स्थायी  बन्ध्याकरण  पुरुष र महिलाको लागि फरक फरक  तरिकाले गरिन्छ । पुरुषको लागि भ्यासेक्टोमी गरिन्छ भने महिलाको लागि मिनील्याप ।

– भ्यासेक्टोमी भनेको पुरुषमा रहेको शुक्रकिट बहने नलिलाई  काट्ने हो । यसो गरेमा पुरुषबाट शुक्रकिट वाहिर  र्झन पाउँदैन ।

– मिनिल्यापमा पुरुषको सुक्रकिट महिलाको पाठेघर हुँदै फर्टिलाइजेसन बच्चा बन्ने ठाउँसम्म पुगेपनी महिलाको डिम्ब, डिम्ब नलि काटेका कारण महिलाको पाठेघरको डिम्बनली जहाँ फरटिलाइजेसन हुने ठाउँसम्म आईपुग्न सक्दैन र बच्चा बन्ने प्रकृय रोकिन्छ।

 

यसरी गरिन्छ बन्ध्याकरण

– सबैभन्दा पहिला त सम्बन्धित व्यक्ति इच्छुक हुनु पर्छ ।  त्यसपछि स्वास्थ्य परिक्षण गरिन्छ । अहिले पनि गाउँघरमा पुरुषले वन्ध्याकरण गरेपछि शारिरिक  सम्पर्क गर्नै असमर्थ हुन्छ भन्ने जस्ता भ्रम पनि छन् ।

तर, यो निकै सहजताका साथ गरिन्छ । सामान्य सिविरमा भ्यासेक्टोमी गर्न सकिन्छ । पाँचदेखि सात मिनेटको समयमा भ्यासेक्टोमी गर्न सकिन्छ । यसलाई मिनी अप्रेशनको रुपमा  लिने गरिन्छ ।

– बन्ध्याकरणको तुलनामा महिलामा गरिने मिनील्याप अलि जटिल हुन्छ । किनकी  महिलाको  डिम्बको दुई वटा नशा काट्नुपर्ने हुन्छ । यो चाही पेटबाट अलिकति प्वाल  पार्नुपर्छ ।

यस्तो गर्दा एकदेखि  डेढ सेमीको प्वाल पारिन्छ । १४-१५ मिनेटको अवधिमा मिनी ल्यावको कार्य सम्पन्न सकिन्छ ।

– भ्यसेक्टोमिको लागि कम्तिमा १५  देखि २०  मिनेट र मिनिल्यापको लागि ३० मिनेट सम्म  समय लाग्छ ।

के कमजोर बनाउँछ ?

– कतिपय पुरुष र महिलामा बन्ध्याकरणपछि साइकोलोजिकल समस्या आउन सक्छ । खासगरि चेतनाको कमीले यस्तो समस्या देखा पर्ने गर्छ ।

– भ्यासेक्टोमीपछि कतिपयमा केही समय रगत बग्न सक्छ । रगत पातलो भएको अवस्थामा यस्तो समस्या आउँछ ।

जुन पहिले नै परिक्षण गरिन्छ । केही समयमा  त्यस्ता रगतको चोक्टा निकालेर फालेमा  कुनै समस्या हुँदैन ।

– हेमाटोमाको कारणले गर्दा कतिपयको अण्डकोषहरु सुनिन पनि सक्छ । त्यसलाई पनि एन्टिवायोटिक दिएर ठिक पार्न सकिन्छ । यो त्यति ठूलो समस्या होइन ।

– महिलाहरु तत्लो पेट दुखेको बताउँछन् । कहिलेकाँही घाउ पाक्यो भने यस्तो समस्या हुन्छ । जुन विस्तारै ठिक हुँदै जान्छ ।

– तर, भ्यासेक्टोमी वा मिनील्याव दुवैले दैनिक जीवनमा त्यस्तो कुनै असर पार्दैन । केही दिन  सामान्य सावधानी अपनाएपछि पुगिहाल्छ । यसकै कारण मानिस कमजोर हुन्छ भन्ने चाही भ्रम मात्र हो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको