युवाको रगतमा ‘बुढ्यौलीका रोग रोक्ने गुण’

बिहिबार, ०४ असोज २०७५

 

नयाँ अनुसन्धानले युवाहरूको रगतमा उमेरका कारण हुने क्यान्सर, विस्मृति र मुटुसम्बन्धी विभिन्न रोगहरू रोक्न सक्ने गुण भएको सङ्केत गरेको छ।

सो अध्ययनमा संलग्न वैज्ञानिकहरूले मानिसमा यो कति प्रभावकारी हुन्छ भनेर परीक्षण गर्नुअघि अन्य जनावरमा थप परीक्षण आवश्यक भएको बताएका छन्।

 

बीबीसी । जीवन स्वस्थ र दीर्घ बनाउन नयाँ उपाय पत्ता लागेको छ आफ्नो शरीरमा जवान व्यक्तिको रगत हाल्ने । युनिभर्सिटी कलेज लण्डनका बैज्ञानिकहरुका अनुसार युवाहरुको रगतले उमेर बढ्दै जाँदा हुने विस्मृति, क्यान्सर र मुटुसम्वन्धि रोग रोकिदिन सक्छ ।

 

नेचर जर्नलमा प्रकाशित अध्ययनले जनावरमा गरिएको परीक्षण सकारात्मक भएको देखाएको छ । उक्त अध्ययनले  जवान मुसाको रगतमा दिइएपछि पाका मुसाहरुमा उमेरसंग सम्वन्धित रोगहरु नदेखिएको  जनाएको छ ।  यसको अर्थ स्वस्थ रहन सघाउने तत्वबारे थाह पाउन रगतको अझ गहन अध्ययन हुनुपर्छ ।

ब्रिटिस बैज्ञानिकहरुले जनावरमा थप परीक्षण आवश्यक भएको बताएका छन् । अमेरिका भने यस क्षेत्रमा अगाडि छ ।

 

सान फ्रान्सिस्कोस्थित एउटा कम्पनीले मानिसमा यस्तो परीक्षण गर्दै आएको छ । एम्ब्रोसियाले किशोर किशोरीबाट संकलित प्लाज्मा ८००० डलरमा बेच्दछ । किशोर किशोरीको प्लाज्मा चडाउँदा त्यसले कलेस्टरलको मात्रा घट्ने आदि सुधार बिरामीमा देखिएको सो कम्पनीका संस्थापकहरुले बताएका छन् ।

मुसामा १५० बर्ष अघि प्रयोग गरिएको प्रविधिबाट प्रभावित भएर यो विधि थालिएको हो । दुईवटा मुसाको रक्तसञ्चार प्रणाली शल्यक्रियामार्फत जोडिदिँदा सञ्चारित रगतले तिनका अंग मांसपेशी र स्टेम सेललाई पुनर्ताजगी प्रदान गरेको अध्ययनहरुले देखाएका छन् । तर यो नैतिक विषय पनि हो । चाहिएका व्यक्तिलाई रक्तदान गरेको भन्ठान्ने युवाहरुबाट संकलित रगत किन्ने विषय ।

 

यो उपचार विधिले फाइदा पुग्छ भनेर प्रमाणित गर्न चिकित्सकीय आधार नभएको आलोचकहरुको दावी छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको