बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु

बिहिबार, ०४ असोज २०७५

 

बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु
वालवक्र रोग केटाकेटीहरुमा भिटामिन डी को अभावले गर्दाहुने सामान्य रोग हो । यस रोगलाई काटिकुटी रोग पनि भन्ने गरेको पाइन्छ । यो प्रशस्त मात्रामा पशुजन्य खाना जस्तै ः माछामासु, उचितरुपमा आमाको दूध खान नपाएका र बिहानको सूर्यको किरणमा बस्न नपाएका केटाकेटीहरुलाई लाग्ने रोग हो । मानव शरिरको छालामा (७ डिहाइड्रोकोलेस्टेरोल) नामक पदार्थ हुन्छ जसले अल्ट्राभ्वाइलेट किरणहरु ले भिटामिन डी मा परिणत गर्दछन् । कुनै पनि बच्चाका लागि दैनिक ४०० आई.यु भिटामिन डी आवश्यक पर्दछ । 


भिटामिन डी को अभावमा क्याल्सियम र फोस्फेटको मात्रामा कमी आउँछ जसको फलस्वरुप हाडको निमार्ण कार्यमा अवरोध उत्पन्न हुन पुग्छ ।

 

कारणहरु ः
भिटामिन डी को अभाव हुनु ।

 

यसका लक्षणहरु ः
– रोगी बच्चामा चिडचिडाहट हुनुका साथै पहेलो भएर पसिना निकाल्नु ।
– बच्चाको निधार तथा कन्चटका हाडहरु बाक्ला हुनु ।
– शरीरका अन्य भागका हाडहरु पनि बाङ्गाटिङ्गा देखिनु ।
– रोगी बच्चाको छाति परेवाको जस्तो उठेको देखिनु ।
– रोगि बच्चाको दात ढिलो निस्कनु ।

रोगथाम तथा नियन्त्रण ः
– बच्चालाई प्रशस्त मात्रामा आमाको दूध खुवाउनु साथै अन्य भिटामिन डी प्राप्त हुने अतिरिक्त खाना खुवाउनुपर्छ ।
– बच्चालाई बिहानको सूर्यको किरणमा केहीबेर तताउनुपर्छ ।
– घाममा बसेर सफा तेलले मालिस गर्नुपर्छ ।
– माछाको कलेजोको तेल, मक्खन, दुध र अण्डाको पहेलो भाग खुवाउनुपर्छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको