दृष्टि दोष के हो ? चस्माको छनोट कसरी गर्ने, चस्मा प्रयोग गर्ने ब्यक्तिले ध्यानदिनुपर्ने केहि टिप्सहरु :

बिहिबार, ०४ असोज २०७५


दृष्टिका ती खराबीहरु, जस्को लागि चश्मा लगाउनु आम कुरा हुन । बच्चाहरुदेखी लिएर बूढाहरु सम्म चश्मा लगाउँछन् । निकट दृष्टि दूर दृष्टि, प्रौढ उमेरमा नजिकका चीजहरु देख्ने समस्या आदि ती दृष्टि दोषहरु हुन जस्को लागि अधिकतम मानिसहरुले चश्मा लगाउनु पर्छ ।


केहि मानिसहरु चश्माको ठाउमा कन्टेक्ट लेन्स लगाउँछन् । अहिले धेरै मानिसहरु लेजर  या अर्को विधिबाट अपरेशाद्वारा चश्मा हटाउँछन् पनि । 


निकट र दूरदृटि धेरैजसो आँखाको गोलो सानो या ठुलो हुनाले हुन्छ । आखाँ एक मिलिमिटर सानो हुदाँ माइनस ३ पावरको चश्मा लगाउनु पर्छ । एस्टिग्मेटिज्ममा धेरैजसो स्वच्छ पटलको दोष हुन्छ । केहि बच्चाहरुको दृष्टि हाइपरमेट्रोपिक नै रहन्छ र केहिका आँखा ठुलो भएको हुनाले मायोपिक हुन्छ । कहिलेकाहि केहि बच्चाहरुको आखा जन्मेदेखी नै ठुला हुन्छन् र उनिहरुलाई शुरुदेखी नै माइनस ९ र माइनस १० सम्मको मायोपिया हुन्छ, जुन बढ्दैन ।

 

चश्माको छनोट :
चस्मा यस्तो दोकानबाट बनाउनुपर्छ , जसका कालिगढ कुशल हुन । फ्रेममा शीशा सही तरिकाबाट लगाउनुपर्छ । फ्रेमको छनोटमा राम्रो गुणवत्ता र औसत दाम भएको प्लास्टिक फ्रेम राम्रो मानिन्छ । फ्रेमको आँखावाला गोलो भाग धेरै ठुलो या साने हुनुहुदैन जुन फ्रेम अनुहारमा राम्ररी बस्छ त्यही छान्नुहोस् । फ्रेम नाक या आँखाको कुनामा थिचेको हुनु हुदैन । चश्मा बनिसकेपछि लगाएर हेर्नुहोस यदि चश्मा खुकुलो या टाइट भयो भने ठीक गराउनुहोस् ।

 

चश्मा प्रयोग गर्नेहरुले यि कुराहरु ध्यान राख्नुपर्छ :
१– शीशालाई सफा नरम कपडाले सफा गरिरहनुहोस् । औलाका निशानहरु जब सुक्खा कपडाले सफा भएन भने फ्रेम र शीशालाई साबुनले धोएर सुकाएर प्रयोग गर्नुहोस् ।
२– फुकालेर राख्ने समयमा चश्मालाई फाइबरको बट्टामा राख्नुहोस । भाँचिने डर हुदैन ।
३– चश्मालाई टेबल इत्यादि ठाउँमा राख्दा शीशाले तल नछुनेगरी राख्नुहोस ।
४– यदि फ्रेमको कमानी खुकुलो भएको छ भने पेचले कस्नुहोस । 
५– चश्मालाई साना बच्चाहरुको हातमा नदिनुहोस् । 
६– चश्माबिना काम नचल्नेगरी यदि चश्माको नम्बर बढी छ भने दुई चश्मा राख्नुहोस ताकि चश्मा भाचिदा या हराउदा काम नरोकियोस् ।
७– यदि चश्मामा तलको भाग पढ्नको लागि हो, अर्थात त्यसको लेन्स बाईफोकल हो भने सिढी ओर्लिने समयमा सावधानी अपनाउनुहोस या चश्मा फुकाल्नुहोस । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको