उपचारमा लापरवाही , अस्पतालमा तोडफोड

आइतबार, ०७ असोज २०७५

उपचारमा लापरवाही भएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड भएको छ । आक्रोशित भिडले स्वास्थ्यकर्मीहरु माथि समेत हातपातको प्रयास गरेका छन् ।

 

तोडफोड र स्वास्थ्यकर्मीमाथि नै हातपातको प्रयास पछि अहिले अस्पतालको आकस्मिक सेवा समेत अबरुद्ध भएको छ ।
घटनाका बारेमा राजनीतिक दलका प्रतिनिधि, मृतक बच्चाका परिवार, अस्पताल प्रशासन, स्थानीय प्रशासन, प्रहरी तथा स्थानीय अगुवाको सर्वपक्षीय बैठक बसेको छ । बैठकले घटनाको छानवीन गर्न एक समिति गठन गर्ने तयारी गरेको छ ।

 

रुपनी गाउँपालिका -६, तेरहौता निवासी अशोक साह आफ्ना दुई बर्षीय छोरा अरब साहलाई लिएर शुक्रबार साँझ करीब ८ बजे अस्पताल पुगेका थिए । आकस्मिक कक्षमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उनले लडेर बेहोस भएको बताएका थिए । तर आकस्मिक कक्षमा रहेका चिकित्सकले सामान्य परीक्षण पश्चात बच्चाको मृत्यु भइसकको भन्दै पोष्टमार्टममा पठाएका थिए ।

शनिबार विहानै देखि बच्चाको अवस्था बुझ्न आएका परिवारका अन्य सदस्य र आफन्तहरुले पोष्टमार्टम कक्षमा राखिएको बच्चाले आँखा खोलेको र र्‍याल काडेको भन्दै थप उपचारका लागि नेपाली सेनाको सर्पदश उपचार केन्द्र पुरयाएका थिए । तर त्यहाँ पनि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएका थिए ।

यता अञ्चल अस्पताल र गाँउमा भने जिउदो बच्चालाई मृत घोषित गरेको हल्ला फिजिइसकेको थियो । त्यहि हल्लाको भरमा जम्मा भएका आक्रोशित भिडले दिउसो १ देखि २ बजेको बीचमा आकस्मिक कक्षमा घुसेर तोडफोड मच्चाएका थिए ।

अस्पतालका मेसु डा चुमनलाल दाशले आकस्मिक कक्षमा भिडले झ्यालका सिसा तोडनुको साथै कम्प्युटर तथा इसिजि मेसिनहरु समेत फ्याकेर फोडिदिएको बताए । उनले पछि सुरक्षाकर्मी आएर स्थितिलाई नियन्त्रण लिएको जानकारी दिए ।

‘खासमा बच्चालाई पहिले धामी कहाँ पुरयाइयो । त्यसपछि रुपनी गाँउपालिकामै रहेको युनिक अस्पतालमा पुरयाइयो । त्यहाँबाट नसक्ने भनिएपछि मात्रै हामीकहाँ ल्याइएको हो । तर जतिवेला ल्याइयो त्यसबेला ढिला भइसकेको थियो । बच्चाको ज्यान गइसकेको थियो । हामीले कुनै लापरबाही गरेका छैनौँ । तर भिडले हामी माथि जवरजस्त दोष लगाउन खोज्दैछ,’ मेसु डा. दाशले भने ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको