नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार (फोटो फिचरसहित)

मङ्गलबार, ०९ असोज २०७५

 

विराटनगर, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत प्राथमिक बिद्यालयमा आयोजित शिविरबाट ५ सय १७ जनाको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।    

 

       शिविरमा १ सय ४५ जनाको भिडियो एक्सरे, ८५ जनाको ईसीजी र १ सय २१ जनाको ल्यावटेष्ट गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका २५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ । रिफर भएका बिरामीलाई अस्पताल ल्याउँन नोबेलले नै गाडीको ब्यवस्था मिलाउँनेछ । अस्पतालमा रिफर भएर आएका बिरामीलाई कम्तिमा ५० प्रतिशत छुटसहित अवस्था हेरी निःशुल्क उपचारको ब्यवस्थासमेत मिलाईने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।  


       शिविरमा आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । बालबालिकादेखि बृद्धबृद्धासम्म पनि उपचारका लागि शिविरमा आएका थिए । बिरामीको उपचारका लागि नोबेल अस्पतालबाट करिव दुई दर्जन डाक्टरहरुको टोली शिविरमा गएको थियो । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले नियमित रुपमा गाउँ–गाउँमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ ।

 






To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको