अध्यात्मभित्र लुकेको समग्र स्वास्थ्य

बुधबार, १० असोज २०७५

‘म भन्दा कोही अघि जालान्’ र ‘म पछि पर्छु कि’ भन्ने हामीमा प्रतिस्पर्धाको नयाँ रोग सिर्जना गरिरहेका छौं । यो संसार नै एउटा घुमिरहने वृत्त एवं चक्र हो । यहाँ त अगाडि पछाडि भइरहन्छ ।

तुलना
तुलना गर्ने बानीले हामी सबैलाई चौतर्फी ढाकेको छ । बच्चाबच्ची हुर्काउँदा, आफ्नो काम, अध्ययन, जागिर आदिमा गर्ने तुलना निकै विकराल छ ।

तपस्या 
दुःखलाई सहज रुपले भोग्ने विज्ञानलाई तपस्या भनिन्छ । सुख र दुःख दुवैले डर भयबाट मुक्त रहन र आफूभित्रको प्रेममा प्रतिष्ठित रहन पाठ सिकाउँछ ।

समस्या
स्वस्थ्य व्यक्तिमा पनि धेरै समस्या हुन्छ । मन, भावना, आत्मनिर्णय र आत्मबोधको समस्यालाई अध्यात्मले रोग मानेको छ । त्यसकारण अध्यात्मको दृष्टिकोणले शारीरिक स्वस्थ्यता वास्तविक स्वास्थ्य होइन ।

 

स्वास्थ्य
‘स्व’ र ‘अस्थ’ शव्दबाट स्वास्थ्य बनेको छ । ‘स्व’ भनेको आफूमा र ‘अस्थ’ भनेको स्थिर हुनु हो । आफूमा स्थिर हुने व्यक्तिलाई स्वास्थ्य भनिन्छ । यसैलाई आरोग्य भनिन्छ । आरोग्यको परिभाषा आफूमा स्थिर रहनुमा प्रतिनिधि हो ।
आफूभित्रको चेतना बाहिर दौडिन्छ अर्थात रोगतिर दौडिरहन्छ । मेरो मनमा कतै समस्या छ, मेरो चेतनामा कमी छ, म सफलता र असफलताको कुरा गरिरहेको छु, मैले के गर्ने ? कहाँ जाने ? भन्नेबारे मलाई थाहा छैन । यस्तो अवस्थामा आफूमा स्थिर रहन नसकेको बुझ्नुपर्छ ।
मेरो हृदयको भावनामा समस्या छ, जीवनमा प्रेम छैन, प्रेम व्यक्त गर्न र प्राप्त गर्न पनि सकिरहेको छैन, मैले प्रेमको आदान प्रदान गर्न सकिरहेको छैन भने मेरो जीवन चेतना बिग्रेको भावनाहरुमा जान्छ । मेरो जीवनमा के गर्ने र के गरेँ भने वास्तवमा मलाई आनन्द आउँछ, के गरेँ भने जीवनभर दुःख पाउँछु, यस्ता विषयहरुमा मलाई ज्ञान छैन भने मैले जे पनि गर्छु । त्यसले मलाई असन्तुष्टी दिन्छ ।

‘‘त्यसकारण शारीरिक, मानसिक, भावनात्मक र आत्मिक विश्वास लिएर हुने पूर्णता स्वास्थ्य हो ।’’

अध्यात्म पूर्ण इलाज हो । हाम्रा ऋषिमुनिहरुले रोग लाग्यो भने व्यक्तिको प्रवृत्ति, स्वास्थ्यको प्रकृति, पारिवारीक पृष्ठभूमि, व्यक्तिको खानपान कस्तो छ ? के काम गर्छ ? कति बजे सुत्छ र कतिबजे उठ्छ ? कस्तो कुरा बोल्छ ? के कुरा मन पराउँछ ? के मन पराउँदैन ? जस्ता कुरामा ख्याल गर्दथे । यी सबै कुराले व्यक्तिको आत्मिक, भावनात्मक, मानसिक र स्वास्थ्यको अवस्था बताउँछ । यसरी गरिने समग्र उपचारलाई आरोग्य भनिन्छ ।
अस्पतालका डाक्टरहरुले शरीरको कुनै एउटा भागमा उपचार केन्द्रित गरेका हुन्छन् । उनीहरुले बिरामीको चौतर्फी समस्या ख्याल गर्दैनन् । ऋषिमुनीहरुले गरेको स्वास्थ्यको परिकल्पना भिन्न प्रकारको छ । दशौं हजार वर्षसम्म पृथ्वीको पूर्वीय भू—भागमा त्यो परिकल्पनालाई लाखौं लाख व्यक्तिले प्रयोग गरे । फलस्वरुप अब व्यक्तिको जीवनमा आरोग्य उभियो, स्वास्थ्य उभियो अर्थात स्वास्थ्यको एउटा महायुग चलिरह्यो । परिवार, शिक्षालगायतका कुरामा सन्तुलन ल्याउन स्वास्थ्यको प्रभाव धेरै छ ।

 

जीवनशैली 
स्वास्थ्य विज्ञानलाई शरीरको अंग केन्द्रित नगरेर जीवनशैलीसँग दाज्न जरुरी छ । म पर्याप्त निद्रा लिन्छु कि लिन्नँ ?, पर्याप्त व्यायाम गर्छु कि गर्दिन ?, पोषणयुक्त भोजन गर्छु कि गर्दिनँ ?, दैनिक कति पानी पिउँछु ?, म मा सकारात्मक सोच आउँछन् कि आउँदैन ? भविष्यतिर ध्यान दिँदा आघात जन्मिन्छ कि डर ? जस्ता कुरामा ख्याल गर्न जरुरी हुन्छ । जीवनशैलीबाट जीवनको आनन्द लिन सक्नुपर्छ । यद्यपी जीवन न स्वास्थ्य हो, न रोग, जीवन त आनन्द र खुशीयाली हो । म खुशीसँग बाँच्न सक्छु भने त्यो परम स्वास्थ्य हो ।

‘‘खुशी भन्दा ठूलो स्वास्थ्य छैन । आफूभित्रको आनन्द भन्दा ठूलो औषधि होइन । खुशीयालीबाट शरीरमा चाहिने सबै सकारात्मक रस र हर्मोन तत्वहरु जन्मिन्छन् । त्यसैले सकारात्मक हर्मोन जन्माउने उपाय खोज्नुपर्छ । रिसाउँदा शरीरमा नकारात्मक रसहरुको जन्म हुन्छ र बिस्तारै रोगको जन्म हुनथाल्छ । आज म रिसाइरहेको छु भने भोलि म रोगी हुनसक्छु ।’’

म मा रोग कहाँबाट आयो ? आफूभित्रको आत्म गुफामा क्रोधको अनुभूतिले मन र शरीरमा रोगको ठूलो समस्या जन्माउँछ ।
अध्यात्मको प्रारुप नै व्यक्तिलाई रोगी हुनबाट बचाउन भएको हो । त्यसैले आजदेखि मैले सकारात्मक जीवनशैली अपनाउन थालेँ, सकारात्मक बन्न थालेँ, सकारात्मक रसहरु जन्माउन थालेँ भने म भित्र जन्मिन थालेका रोगहरु पनि बिस्तारै निको हुन थाल्छन् । त्यसैले यसप्रति निकै ख्याल गर्नुपर्छ ।
सबैसँग राम्रो सम्बन्ध बनाउनुपर्छ । आफ्नो तर्फबाट सम्बन्धमा प्रेमको लगानी गर । अरुले के गर्छन् भन्ने ख्याल नगर । मैले कसैलाई पनि सम्झिदा प्रेम, सकारात्मक सोच र मैत्रीपूर्ण भावले सम्झिन सक्ने बनुँ । सम्बन्धलाई ठीक ठाउँमा राख्ने बित्तिकै आधाभन्दा बढी रोग जीवनमा लाग्न नसक्ने अवस्था बन्छ । जब सम्बन्ध ठीक हुन्छ, सम्बन्धसँग सम्बन्धित सबै रसहरु ठीक हुन थाल्छन् । सम्बन्धले भावना ठीक ठाउँमा आउँछ र जीवनमा उल्लास र उमंग ल्याउँछ ।
साधारण व्यक्तिले १० वर्षमा जे काम गर्न सक्छ, उत्तम सम्बन्ध भएको व्यक्तिले एकै वर्षमा त्यो काम गर्नसक्छ । सम्बन्ध ठीक भएमा व्यक्तिको उत्पादनशीलता ठीक हुन्छ । सम्बन्ध ठीक भएमा व्यक्तिको जीवनशैली अत्यन्तै सकारात्मक हुन्छ ।

भोजन 
आरोग्य अथवा स्वास्थ्यको महत्वपूर्ण आयाम भोजन हो । अध्यात्मले भोजनलाई २ भागमा वर्गिकरण गरेको छ । एउटा प्रेमले जन्मिएको भोजन र अर्को डर क्रोध र हिंसाले जन्मिएको भोजन । अध्यात्मको प्रस्ताव नै के छ भने प्रेमले जन्मिएको भोजन चाहे थोरै किन नहोस् त्यसले अपार आनन्द दिन्छ । अर्कोतिर हिंसा, डर र क्रोध छ भने व्यक्तिलाई त्यसले कहिल्यै पनि सकारात्मक परिणाम दिँदैन । त्यसकारण अध्यात्म भन्छ—‘तिम्रो थालमा प्रेमले बनेको भोजन छ कि हत्या, हिंसा र क्रोधले बनेको भोजन छ हेर ।’

‘‘अध्यात्म भन्छ—‘चौकोमा हेर भोजन कसरी पाकिरहेको छ ? ’ त्यसमा आगो कस्तो प्रकारले बलेको छ ? भोजनमा कस्ता कुरा मिसाइएको छ ? यद्यपी सबैभन्दा महत्वपूर्ण कुरा हो चौकामा कस्तो व्यक्तिले भोजन बनाइरहेको छ । प्रेमले भरिएर बनेको भोजन बडो पोषिलो हुन्छ ।’’

तिमीले आहार, बिहार र विचारलाई ध्यान देऊ भन्ने अध्यात्मको सन्देश हो । तिमी स्वस्थ्य रहनु छ भने तिम्रो मनमा नकारात्मक विचार आइरहेका छन् कि त्यसलाई त्याग । निरन्तर तिमी जे सोच्दछौं त्यतातिर ध्यान देऊ । तिमीसँग भएको नकारात्मक वृत्तिले समाजलाई पनि खान्छ । त्यसकारण जीवनको समग्रता, उठबस, क्रियाकलाप हेर्नुपर्छ । मनमा पवित्र भावनाहरु आउन् भन्ने कल्पना गर्नुपर्छ । सबै कुराको अन्तिम परिणाम शरीर नभई व्यक्तिको मन हो । पश्चिमेली चिकित्सा विज्ञानले सबै कुराको अन्तिम परिणाम स्वस्थ्य शरीर मान्दछ भने अध्यात्मले यी सबै प्रयासहरुको अन्तिम परिणाम स्वस्थ्य मनलाई मान्दछ ।
मनमा हृदय र आत्मा पनि आउँछ । अध्यात्मका लागि शरीर मात्र नभएर नदेखिने कुरा महत्वपूर्ण हुन्छ । अध्यात्मका लागि । स्वास्थ्यका लागि नदेखिने कुरा महत्वपूर्ण हुन्छ ।

त्यसकारण आयुर्वेद एवं पूर्वी चिकित्सा शास्त्रहरुमा हृदय र आत्मा जोडिएको मन पाइन्छ । शरीर केन्द्रित त न्यून छन् ।
हामीलाई लाग्ने ९० प्रतिशत भन्दा बढी रोग मनमा पहिला बन्दछन् अनि त्यहाँबाट सर्छन् । यो कुरा विज्ञानले पनि स्वीकार गरेको छ । त्यसैले मनमा सुन्दर विचार र भावनाहरु रोपौं । मन प्रेमले भरिएको होस् । मनको देखिने रुप शरीर हो । मन शरीरको नदेखिने रुप हो । मनमा सुन्दर भावना जन्मिएमा शरीर सुन्दर बन्न समय लाग्दैन । शरीर निरोगी बन्छ । शरीरले मनको अनुगमन गर्छ । मनलाई पछ्याउँछ । मनले कहिल्यै पनि शरीरको अनुगमन गर्दैन । यसरी अध्यात्मले समग्र स्वास्थ्यको विज्ञान दिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

नेताहरुको स्पर्धा र त्यसको अन्तर्य

प्रतिस्पर्धी दलका नेताहरुमा सत्ता वर्चश्व र राष्ट्रिय राजनीतिमा दलीय प्रभुत्वका लागि आ–आफ्नो दाउपेच त हुन्छ नै । तर एउटै दलभित्रको...

जाडोमा श्वासप्रश्वासको समस्याः लक्षण, कारण र उपचार

दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा...

छोरी वा छोरा ? यस्तो तरिका अपनाएर आफैले लिंग निर्धारण गर्न सकिन्छ

छोराछोरी बराबरी । वर्तमान समाजले आत्मसात गरेको कुरा हो यो । छोरा भएपनि, छोरी भएपनि अभिभावकले समान सन्तुष्ट प्राप्त गर्छ...

पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

तात्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)का पुत्र प्रकाश दहालको निधन भएको आज एक वर्ष पुग्यो । यसविच राष्ट्रिय...

यी हुन् गर्भावस्थामा आउने परिवर्तन र निम्तन सक्ने खतरा :

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ ।...

खाली पेटमा चिया पिउनु कति हानिकारक ?

बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि...

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आज वि.सं. २०७५ साल मंसिर ४ मंगलबार सन् २०१८ नाेभेम्बर २० तारिख। तिथि    द्वादशि :१५ घडी :३५ पला (दिउसाे...

बिष बन्दै एन्टिबायोटिक, ८० बर्ष पुरानो सुत्र

८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको...

आजको राशिफल

आज वि.सं. २०७५ साल मंसिर ५  गते । बुधबार । इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त...

वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिन

वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख...

नर्सविहीन हुम्ला अस्पताल, ३ कर्मचारीको भरमा अस्पताल

जिल्ला अस्पताल हुम्ला नर्सविहीन भएको छ । एकजना नर्स पनि सरुवा भएर काठमाडौं गएपछि अस्पताल नर्सविहीन बनेको हो । दुईजना नर्सको दरबन्दी...

शान्ति संझौता, दुईतिहाई र सपना

माओवादी क्रान्तिकारीका नेता सी.पी.गजुरेलको उक्त अभिव्यक्ति यथार्थ हो कि राजनीतिक तुष ? सी.पी.को आरोप वाहेक पनि विप्लवको भुसको आगो झै...

Loading...

सर्वाधिक पढिएको