नेपालको आधा जनसंख्या रेविजको उच्च जोखिममा

शुक्रबार, १२ असोज २०७५

 

काठमाडौं, आज सेप्टेम्बर २८ तारिख अर्थात् विश्व रेबिज दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  ‘रेबिजबारे जनचेतना फैलाऔं, अमूल्य जीवन बचाऔं’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदैछ । रेबिजले मानिसमा पार्ने प्रभावबारे आवश्यक वकालत गर्दै रेबिजविरुद्धको संघर्षको रुपमा यो दिवस मनाइने गरिन्छ ।

 

विश्वव्यापी रुपमा हरेक वर्ष ५९ हजार व्यक्तिको ज्यान रेबिजका कारण हुने गरेको छ । जसमा आधाजति संख्या १५ वर्ष मुनिका बालबालिकाहरु रहेका छन् । विश्वभरिमा हुने रेबिजको ९५ प्रतिशत समस्या एसिया र अफ्रिकामा मात्रै हुने गरेको छ । नेपालमा विशेषतः तराई र पहाडमा यसको समस्या देखिने गरेको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  नेपालको आधा जनसंख्या रेबिज रोगको उच्च जोखिममा रहेको र एक चौथाई मध्यम जोखिममा रहेको पनि शाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार गत वर्ष मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो भने २२ हजार २ लाई कुकुरबाहेकका जनावरले टोकेको थियो । यसरी जम्मा २८ हजार ५ सय १४ जनालाई रेबिज लाग्न सक्ने सम्भावित जनावरहरुले टोक्दा २ लाख ८१ हजार ७ सय १८ भायल रेबिज विरुद्धको खोप खपत भएको थियो ।

 

रेबिजबाट हुने मानव मृत्युलाई शुन्य बनाउने र रेबिज रोगलाई सन् २०३० सम्म निवारण गर्ने विश्वव्यापी लक्ष्यप्राप्तीका लागि यस रोगको खोप र उपचारको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य सेवा विभाग केन्द्रित छ । लक्ष्यप्राप्ति सरोकारवाला बहुनिकायहरु विश्व स्वास्थ्य संगठन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकराी एवं गैर सरकारी निकायहरु, सामाजीक संघ संस्था, पत्रकारहरुको एकिकृत प्रयासले मात्रै सम्भव हुने महाशाखाको बुझाई छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको