आयल निगमको ट्यांकरमा गाँजा ओसारपसार

बुधबार, १७ असोज २०७५

काठमाडौं, इन्धन ढुवानी गर्ने ट्यांकरबाट प्रहरीले २ सय ९५ किलो अवैध गाँजा बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले चितवनबाट हेटैंडा जाँदै गरेको ना३४ख ३९४९ नम्बरको ट्यांकरभित्र लुकाइराखेको गाँजा बरामद गरेको हो ।

 

प्रहरीले गाडी चालक ३८ वर्षीय प्रल्हाद ठकुरीलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार २२ वटा गाँजाको प्याकेटलाई भारतीय बजारसम्म पुर्‍याउने तयारी भइरहेको थियो । बेच्न लगिएको गाँजाको अन्दाजी बजार मूल्य ४५ लाख रुपैयाँ छ ।

 

प्रहरीले गत वैशाखमा पनि ना४ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरबाट १ सय ६० केजी गाँजा बरामद गरेको थियो । त्यतिबेला प्रहरीले गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुर थाहा नगरपालिका–११ का सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का इमानसिंह स्याङबोलाई पक्राउ गरेको थियो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको