क्यान्सरको उपचारमा नयाँ आशा

बुधबार, १७ असोज २०७५

क्यान्सर जसले विश्व-मानवलाई थर्कमान बनाएको छ । प्रविधि-विकासको यो चरणसम्म पनि क्यान्सरको पूर्ण उपचार संभव छैन । अर्थात क्यान्सरको विरुद्धमा अहिलेका चिकित्सा विज्ञान असफल हुँदै आएको छ ।

हुन त क्यान्सरको विभिन्न चरण हुन्छ । केही चरणमा क्यान्सरको उपचार संभव नभएको होइन । तर जब अन्तिम चरणमा पुग्छ, त्यसबेला क्यान्सरको उपचार असंभव हुन्छ । जतिसुकै उपचार गराएपनि, जतिसुकै खर्च गरेपनि क्यान्सरबाट उन्मुक्ति पाउन सकिदैन ।

 

अर्कोतिर क्यान्सर रोगीको संख्या विश्वमा बढ्दो छ । थरीथरीका क्यान्सरले लाखौं, करोडौंलाई थिलथिलो बनाइरहेको छ ।

क्यान्सर यस्तो प्रकृतिको रोग हो, जो धेरैजसो अन्तिम चरणमा पुगेपछि मात्र त्यसको संकेत थाहा पाउन सकिन्छ । वैज्ञानिकहरु यस रोगको उपचारको खोजीमा लागिरहेका छन् ।

 

अब क्यान्सर उपचार संभव होला ?

क्यान्सरको उपचारबारे निरन्तर खोजी भइरहेको छ । क्यान्सरको प्रभावकारी उपचार जसलाई ‘चेक प्वाइन्ट थेरापी’ भनिन्छ, त्यसका लागि अमेरिकाका प्रोफेसर जेम्स पी एलिसन र जापानका प्रोफेसर तासुकू हान्जोलाई यसपाली चिकित्सा विधमा नोबेल पुरस्कार समेत मिलेको छ ।

अतः यसको उपचारका लागि ठोस नतिजा हासिल गर्ने गरी बेलायतमा एक यन्त्रको प्रयोग गरिएको छ, जो यसअघि गरिएको थिएन । यस यन्त्रको मद्दतले चिकित्सकले रेडियोथेरापीका क्रममा ट्युमरको परीक्षण पनि गर्न सक्नेछन् । यसबाट के अपेक्षा गरिएको छ भने, क्यान्सरको यस्तो उपचार संभव हुनेछ, जसको साइड इफेक्ट कम हुनेछ ।

एलिसन र होन्जोले एक यस्तो प्रोटिनको अध्ययन गरेका छन् कि जसले ट्युमर कोशिकाको आक्रमणबाट शरीर र त्यसको प्रतिरक्षा प्रणालीको रक्षा प्रभावकारी रुपले गर्छ । यस प्रतिरक्षा प्रणालीलाई कोशिकाको टि कोशिका पनि भनिन्छ ।

एलिसन टेक्सास विश्वविद्यालयका के एम डि एन्डरसन क्यान्सर केन्द्रका प्रोफेसर हुन् । उनले एक यस्ता प्रोटिनको अध्ययन गरे, जसले प्रतिरक्षा प्रणालीको कोशिकाका लागि ब्रेकको कार्य गर्छ । उनले अध्ययनमा के पाए भने, यस ब्रेकलाई हटाइयो भने प्रतिरक्षा प्रणालीको क्यान्सर ट्युमर कोशिकालाई राम्रो ढंगले बचाउ गर्न सक्छ ।

क्योटो विश्वविद्यालयमा सन् १९८४ देखि कार्यरत होन्जोले स्वतन्त्र रुपले एक यस्तो प्रोटिनको खोज गरे, जो प्रतिरक्षा प्रणालीको कोशिकाका लागि ब्रेकको कार्य गर्छ । तर, यसको कार्यविधी एलिसनद्वारा खोजेका प्रोटिनभन्दा भिन्न छ ।

यी दुईको खोज क्यान्सरको उपचारमा कोशेढुंगा सावित हुनसक्छ । उनीहरुको अनुसार हाम्रो शरीरको प्रतिरक्षा प्रणाली नै क्यान्सरसँग लड्न सक्छ । यसले क्यान्सरको उपचारको नयाँ ढोका खुला गरिदिएको छ । अहिलेसम्म क्यान्सरको उपचार शल्य चिकित्सा, विकिरण र कीमोथेरीसम्म सीमित थियो । अब यो उपचारलाई चौथो चरण मानिनेछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको