निर्मला हत्या प्रकरण:उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सोमबार, २२ असोज २०७५

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

 

समितिले विभिन्न कोणबाट सम्बन्धित घटनाबारे तथ्य, सूचना, जानकारी संकलन गर्नुका साथै सो सूचना सुक्ष्म ढंगले अध्ययन, मूल्यांकन एवम् विश्लेषण गरेर निश्कर्षमा पुगिएको आइवार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

 

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनमा पोस्टमार्टम रिपोर्टअनुसार निर्मलाको हत्या घाँटी थिचेर भएको भनिएको छ ।

 

महाकाली अञ्चल अस्पतालका डा. हरीकुरमा श्रेष्ठसहित ३ जनाको टोलीले निर्मलाको शवको पोस्टमार्टम गरेको प्रतिवेदनमा उल्लेख छ । पोस्टमार्टम रिपोर्ट अनुसार निर्मलाको हत्याको कारण (कस अफ डेथ) मा ‘थ्रोटिङ्क लिडिङ्ग टु इसफेक्सिया’ उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा निर्मलाको घाँटीको अगाडिपट्टीको किलकिले हड्डी भाँचिएको समेत उल्लेख गरिएको छ ।

 

निर्मलाको योनाङ्गको भेजिन स्वाब (यौनाङ्गमा भेटिएको पदार्थ) लिँदा उक्त स्वाबमा वीर्य नदेखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । छानबिन प्रतिवेदनमा प्रहरीको पर्याप्त कमजोरी औंल्याइँदै तत्कालिन एसपी (हाल निलम्बित) डिल्लीराज विष्टका छोरा किरणराज विष्टको बर्डथे पार्टीलाई शंकाको घेरामा राखिएको छ ।

 

प्रतिवेदनमा किरणले साउन १० गते होटल ओपेरामा आफ्नो जन्मदिन मनाउनुका साथै फोटो सुट समेत गरेको भनिएको छ र त्यहाँ सहभागी युवतीहरुको पनि प्रसंग उल्लेख गरिएको छ । यद्यपी ती युवतीहरु को थिए भन्नेबारे केही खुलाइएको छैन ।

 

प्रतिवेदन

 

 

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको