निद्रा नपुग्दा उत्पन्न हुने समस्या

सोमबार, २२ असोज २०७५

 

निद्रा हाम्रो जीवनको महत्वपूर्ण पाटो हो । शरीरलाई आवश्यक मात्रामा निद्रा पुगेन भने अनेक रोगले सताउँछ । निद्रा राम्ररी पूरा नहुनु वा राम्ररी सुत्न नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ ।

 

निद्रा नपर्ने कारण यस्ता छन् :

 

मधुमेह
अनिद्राको कारणले कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । जुन हर्माेनले शरीरमा चिनीको मात्रा वृद्धि गराउँछ र निरन्तर यसो हँुदै गएमा मधुमेहको जोखिम बढाउँछ ।

 

मुटुरोग
अनिद्राका कारणले उच्च रक्तचापको समस्या देखिने गर्छ । जुन समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको जोखिम बढ्छ ।

 

पाचन प्रणालीसम्बन्धी समस्या
पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्दछ । अनिद्रा कारणले मानसिक तनाव भई पाचन प्रक्रियामा ढिला हुनुका साथै पाचन पूर्ण नहुने गर्दछ र पाचन प्रणालीसम्बन्धी समस्या निम्त्याउँछ ।

 

मानसिक समस्या
अनिद्राका कारणले सम्झने शक्तिमा कमी हुनुका साथै मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्या हुन्छन् ।

 

दिनचर्यामा परिवर्तन
अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने, मध्यदिनमा निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको