कान्ति बाल अस्पतालमा चरम संकट

मङ्गलबार, २३ असोज २०७५

 

काठमाण्डौ, महाराजगञ्जमा अवस्थित कान्ति बाल अस्पताल चरम संकटमा परेको छ । पर्याप्त चिकित्सक नहुनेदेखि कर्मचारीले तलबसमेत खान नपाउने अवस्था छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कुनै चासो दिएको छैन ।

कान्ति बाल अस्पताल स्थापनाकालदेखि नै समस्या नै समस्याको भुमरीमा फसेको छ । अस्पतालको समस्याको बारेमा स्वास्थ मन्त्रालयलाई जानकारी गराउँदा पनि समाधानको उपाय खोजिएको छैन । बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्ने पुरानो र पहिलो केन्द्रिय सरकारी अस्पताल कान्ति बाल अस्पताल हो ।

 

यहाँ देशको कुना कुनाबाट बालबालिकाहरुको उपचारका लागि मानिसहरुको घुइँचो लाग्ने गर्दछ । कान्ति अस्पतालले सेवासुविधाहरु नागरिकलाई प्रदान गर्न थालेको समयदेखि नै विभिन्न खाले समस्याको चपेटामा अस्पताल पर्दै आएको छ । कान्ति बाल अस्पतालमा ३९ जना चिकित्सकको दरबन्दी छ । तर ५ जना चिकित्सक मात्रै कार्यरत छन् ।

 

अस्पतालका सूचना अधिकारी रमेशनरसिंह केसीले भने, ‘पछिल्लो ११ वर्षदेखि चिकित्सक अभाव हुँदै आएको छ । तर स्वास्थ्य मन्त्रालयले भने चिकित्सकको व्यवस्था गर्न सकेको छैन । उपचार धेरै प्रकारका रोगको गर्नुपर्ने हुन्छ । तर त्यसका लागि चिकित्सक नै छैनन् ।’  अस्पतालको समस्या चिकित्सक अभाव मात्रै होइन, अरु धेरै समस्या छन् । गम्भीर प्रकृतिका विरामीलाई उपचार गराउनु पर्दा आइसियुको सुविधा समेत पर्याप्त छैन । दैनिक १० जना विरामी आइसियुमा उपचार गराउनुपर्ने स्थिती भए पनि हाल तीन वटा मात्रै आइसियु छ ।  समस्या यतिमै सीमित छैन । नर्सहरुको समेत  अभाव छ । अझै जटिल समस्या त के छ भने अबको २ महिनापछि अस्पतालमा कार्यरत कर्मचारीले तलबसमेत नपाउने स्थिति छ । तर स्वास्थ्य मन्त्रालय भने बेखबर जस्तै छ ।

 

अस्पतालका निर्देशक डा. गणेश कुमार राईले अस्पतालका समस्याका बारेमा तत्काल बोल्न नमिल्ने बताए । उनले भने ‘मन्त्रीज्यूले २ महिनाभित्र समस्या समाधान गर्ने वचन दिनुभएको छ । समस्या त छ, दुई महिनाभित्र समाधान गर्ने आश्वासन पाएको छु । अहिले केही नबोलौं ।’ अस्पताल अस्तव्यस्त हुँदा त्यसो फाइदा नजिकका निजी अस्पतालले उठाएका छन् । कान्तिको व्यवस्थापन र उपचार सेवा कमजोर बन्दै गर्दा देशभरबाट रिफर भएर आएका गरिब विपन्न बिरामी महंगो पैसामा निजी अस्पतालमा जान बाध्य छन् ।   आमा कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले वि.सं २२ पुस ०१९ तदनुसार जनवरी ७ सन् १९६३ मा विधिवत् उद्घाटन गरेर तत्कालीन सोभियत संघ सरकारको सहयोगमा स्थापना भएको हो । कान्ति बाल अस्पताल काठमाडौंको महाराजगन्जमा करिब ९६ रोपनी क्षेत्रफलमा अवस्थित छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

नेताहरुको स्पर्धा र त्यसको अन्तर्य

प्रतिस्पर्धी दलका नेताहरुमा सत्ता वर्चश्व र राष्ट्रिय राजनीतिमा दलीय प्रभुत्वका लागि आ–आफ्नो दाउपेच त हुन्छ नै । तर एउटै दलभित्रको...

जाडोमा श्वासप्रश्वासको समस्याः लक्षण, कारण र उपचार

दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा...

छोरी वा छोरा ? यस्तो तरिका अपनाएर आफैले लिंग निर्धारण गर्न सकिन्छ

छोराछोरी बराबरी । वर्तमान समाजले आत्मसात गरेको कुरा हो यो । छोरा भएपनि, छोरी भएपनि अभिभावकले समान सन्तुष्ट प्राप्त गर्छ...

पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

तात्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)का पुत्र प्रकाश दहालको निधन भएको आज एक वर्ष पुग्यो । यसविच राष्ट्रिय...

यी हुन् गर्भावस्थामा आउने परिवर्तन र निम्तन सक्ने खतरा :

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ ।...

खाली पेटमा चिया पिउनु कति हानिकारक ?

बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि...

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आज वि.सं. २०७५ साल मंसिर ४ मंगलबार सन् २०१८ नाेभेम्बर २० तारिख। तिथि    द्वादशि :१५ घडी :३५ पला (दिउसाे...

बिष बन्दै एन्टिबायोटिक, ८० बर्ष पुरानो सुत्र

८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको...

आजको राशिफल

आज वि.सं. २०७५ साल मंसिर ५  गते । बुधबार । इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त...

वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिन

वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख...

नर्सविहीन हुम्ला अस्पताल, ३ कर्मचारीको भरमा अस्पताल

जिल्ला अस्पताल हुम्ला नर्सविहीन भएको छ । एकजना नर्स पनि सरुवा भएर काठमाडौं गएपछि अस्पताल नर्सविहीन बनेको हो । दुईजना नर्सको दरबन्दी...

शान्ति संझौता, दुईतिहाई र सपना

माओवादी क्रान्तिकारीका नेता सी.पी.गजुरेलको उक्त अभिव्यक्ति यथार्थ हो कि राजनीतिक तुष ? सी.पी.को आरोप वाहेक पनि विप्लवको भुसको आगो झै...

Loading...

सर्वाधिक पढिएको