आमाको पेटभित्रै दुई शिशुको मेरुदण्डको सफल उपचार

बिहिबार, ०८ कार्तिक २०७५

काठमडौं । चिकित्सकहरुले जन्मदैं नजन्मिएका दुई शिशुको मेरुदण्डमा देखिएको समस्याको आमाको पेटमै सफल उपचार गरिदिएका छन् ।

यस्तो सर्जरी बेलायतको मेडिकल इतिहासमै पहिलोपटक भएको जनाइएको छ । लण्डनस्थित युनिभर्सिटी कलेज हस्पिटलमा ३० जना चिकित्सकको टिमले उक्त सर्जरी गरेका हुन् ।

 

ती दुई बच्चाहरुलाई स्पाइना बाइफिडाको समस्या थियो । यो समस्या भएका बच्चाहरुको स्पाइनल कर्ड अर्थात मेरुदण्ड राम्रोसँग विकास भएको हुँदैन र भित्र अन्तर धेरै हुन्छ ।

यस समस्याको उपचार धेरै जसो बच्चा जन्मपछि गरिने गरिन्छ । तर, जति छिटो यसको उपचार गर्न सकियो उनीहरुको स्वास्थ्य दीर्घकालिन र गतिशील हुने चिकित्सकहरु बताउँछन् ।

९० मिनेटको उक्त सर्जरीमा चिकित्सकहरुले पाठेघरमा सानो प्वाल बनाएर बच्चाको मेरुदण्डमा रहेको खाली ठाउँमा सिलाइदिएका थिए ।
यो प्रक्रिया धेरै जोखिमपूर्ण छ र यसले समयभन्दा पहिले नै बच्चा जन्मिने समस्या पनि निम्त्याउन सक्छ । तर, शोधकर्ताहरुले कम हानी हुने ‘किहोल’ विधि पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

बेलायतमा यस्तो सर्जरी सफल गराउन तीन वर्षदेखि काम गरिरहेकी युसिएलकी प्राध्यापक एन्नी डेभिडले भनिन्, ‘हामीले आमालाई केही औषधिहरु दिएर त्यसले उनलाई नदुख्ने बनाइदियौं तर अझै पनि यसमा धेरै जोखिम छ ।’

‘यो धेरै राम्रो छ’, उनले भनिन् ‘महिलाहरुलाई अब यस्तो सर्जरीको लागि अरु देशमा गइरहनुपर्ने बाध्यता छैन ।’

 

स्पाइना बाइफिडा के हो ?

जब बच्चाको ‘न्युरल ट्युव’ अर्थात बच्चाको मस्तिस्क र मेरुदण्डको सुरुवाती रुप राम्रोसँग विकास हुँदैन त्यतिखेर बच्चाको मेरुदण्डमा र मेरुदण्डको हड्डीमा अन्तर पैदा हुन्छ ।

धेरैजसो अवस्थामा मेरुदण्डको सर्जरी गरेर अन्तर मिलाउने गरिन्छ तर कहिलेकाहीँ अवस्था जटिल हुन्छ स्नायु प्रणाली बिग्रिसकेको हुन्छ । यस्तो अवस्थामा बच्चामा पक्षघात, असंयमताको समस्या देखिन सक्छ । यस्तै केहि बच्चाको शारीरिक विकासको साथै सिकाइमा असर पर्न सक्छ ।

गर्भावस्थाको क्रममै निम्तने यस समस्याको मुख्य कारण के हो भन्ने पत्ता लागेको छैन तर, फोलिक एसिडको कमीले यसको जोखिम बढाउन सक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको