हार्मोन असन्तुलनको कारण पुरुषलाई हुन सक्छन् यस्ता समस्या

बिहिबार, ०८ कार्तिक २०७५

 

मानव शरीरको उचित वृद्धि र विकासमा हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । हार्मोनले महिला र पुरुष दुवैको शरीरको वृद्धि विकासलाई मात्रै प्रभावित गर्दैन, यसले शरीरको सबै प्रणालीहरुको गतिविधिहरुलाई पनि नियन्त्रित गर्छ ।

तर, जब यी हार्मोनहरु असन्तुलित हुन्छन् शरीरको कार्यप्रणालीमा गडबडी आउँछ । समस्या त्यहीबाट सुरु हुन्छ । पुरुषहरुमा हार्मोन असन्तुलत के हो र यसको कसरी रोक्न सकिन्छ ?

 

के हो हार्मोन ?

वास्तवमा हार्मोन भनेको कुनै कोष वा ग्रन्थीद्वारा उत्पादन हुने रसायन हो जसले शरीरको अरु भागमा रहेका कोषहरुलाई प्रभावित गर्छ । शरीरको मेटाबोलिज्म र रोग प्रतिरोधी प्रणालीमा हार्मोनको सिधा प्रभाव हुन्छ ।

हाम्रो शरीरमा कुल २३० किसिमका हार्मोन हुन्छन् जसले शरीरका फरक फरक क्रियाहरुलाई नियन्त्रित गर्छन् । कुनै पनि हार्मोनमा हुने थोरै परिवर्तन पनि मेटाबोलिज्मलाई प्रभावित गर्न काफी हुन्छ । यसले एक केमिकल मेसेन्जरले जस्तै एक कोषबाट अर्को कोषसम्म संकेत पुर्‍याउँछ ।

 

हार्मोन असन्तुलनको कारण र प्रभाव

हार्मोन असन्तुलनको कैयौं कारणहरु हुन सक्छन्, जस्तैः अस्वस्थ जीवनशैली, पोषणको कमी, व्यायाम नगर्ने, गलत खानपान, अत्यधिक तनाव वा उमेर आदि । गलत खानपार र नियमित व्यायाम नगर्नाले हार्मोन असन्तुलन हुन्छ । महिला र पुरुष दुवैमा हार्मोन असन्तुलनको फरक फरक प्रभावहरु हुन्छन् ।

जब जीवनशैली र खानपानमा गडबडीको कारण हार्मोनको उत्पादनमा असन्तुलन आउँछ । त्यतिखेर विभिन्न किसिमका बिरामीहरुले घेर्न थाल्छन् । हार्मोन असन्तुलनले केवल महिलाहरुलाई मात्रै प्रभावित गर्दैन यसले पुरुषहरुलाई पनि प्रभावित गर्छ ।

पुरुषको शरीरमा पनि एस्ट्रोजेन, प्रोजेस्टेरोन र प्रोलेक्टिन हार्मोन उत्पादित हुन्छ । यी मध्ये टेस्टोस्टेरोन पुरुषको शरीरमा भएको सबैभन्दा महत्वपूर्ण हार्मोन मध्ये एक हो ।

शरीरको समुचित कार्यलाई ठिक राख्ने क्रममा टेस्टोस्टेरोनको स्तर बनाइराख्न आवश्यक छ ।

हार्मोन असन्तुलनको कारण स्वास्थ्य सम्बन्धी समस्याहरु जस्तैः अनुहारमा दागहरु बस्ने, शरीरमा धेरै रौंहरु पलाउने, उमेर धेरै भएको लक्षण नजर आउने र सेक्सप्रति अनिच्छा जस्ता समस्याहरुको सामना गर्नुपर्छ ।

विशेषगरि जब पुरुषमा हार्मोन असन्तुलन हुन्छ त्यतिखेर उनीहरुमा चिडचिडाहट, विर्य कम उत्पादन हुन्छ र यौनइच्छा कम हुन्छ तर हार्मोनलाई सन्तुलित गर्न कैयौं तरिकाहरु अपनाउन सकिन्छ, जस्तैः औषधिहरु, योग, व्यायाम र पौष्टिक आहारको सेवन गर्ने आदि ।

 

जीवनशैलीमा परिवर्तन

जीवनशैलीमा सामान्य परिवर्तन गरेर एक पुरुषले आफ्नो शरीरमा हुने हार्मोन असन्तुलनलाई नियन्त्रित गर्न सक्छन् । जस्तै ताजा सब्जीहरु र फलफूल को नियमित सेवन र क्याफिनयुक्त पेयमा कटौती आदी ।

 

सोयाबिनयुक्त खानेकुराको सेवन कम गर्ने

सोयाबिन र सोयामा आधारित उत्पादनको सेवन कम गर्नुहोस् । किनभने पुरुषहरुलाई अतिरिक्त एस्ट्रोजनको मात्राको आवश्यकता हुँदैन ।

सोयाबीन फाइटो स्ट्रेजिन्सको राम्रो स्रोतमध्ये एक हो । एस्ट्रोजन र फाइटोस्ट्रोजिन्सको सेलुलर संरचना समान हुन्छ । यसैले पुरुषहरुलाई अतिरिक्त मात्रामा यो प्रोटिन लिन हुँदैन । बरु, यसको सट्टा तपाईं अण्डाको सफा भाग र कम बोसोयुक्त डेरी उत्पादनमा जोड दिन सक्नुहुन्छ ।

 

पर्याप्त निन्द्रा लिनुहोस्

रातमा पर्याप्त निन्द्रा शरीरको समग्र स्वास्थ्यको लागि आवश्यक हुन्छ । दैनिक पर्याप्त निन्द्रा लिनाले मस्तिस्क र एडि्रनल ग्रन्थीको माध्यमले हार्मोन सन्तुलित हुन्छ । हार्मोन असन्तुलनको कारण देखिने विभिन्न स्वास्थ्य समस्याहरुलाई कम गर्नको लागि प्रतिदिन आठघन्टा सुत्ने लक्ष्य बनाउनुहोस् ।

 

व्यायाम गर्नुहोस्

शरीरमा अतिरिक्त मांसपेसीहरु पलाउने र शारीरिक उच्च शक्तिको सम्बन्ध शरीरमा टेस्टोस्टेरोनको हार्मोनको उच्च स्तरको कारणले हुन्छ । यसैले तपाईं मांसपेसीहरु दुखाई वा शरीरलाई कमजोर महसुस गरिरहनुभएको छ भने व्यायाम गरेर यो समस्याबाट मुक्त हुन सकिन्छ । यसैले हप्तामा कम्तीमा पनि चार दिन जमेर व्यायाम गर्नुहोस् ।

 

कस्ता र के आहार लिने ?

-नरिवलको तेल खानुहोस् । यसको प्रयोगले शरीरमा हार्मोन ब्यालेन्स हुन्छ ।

-पानी पिउनुहोस् यसले शरीर हाइड्रेट हुन्छ र त्यसको स्ट्रेस लेभल पनि कम हुन्छ ।

-ड्राइ फ्रुट्समा धेरै प्रोटिन हुन्छ । प्रोटिन डाइट हार्मोनको गडबडीले ग्रस्त पुरुष र महिला दुवैको लागि राम्रो हुन्छ ।

-साथै हरिया सागसब्जी र गेडागुडी र लसुन खानुहोस् । यीनीहरुमा धेरै कार्बोहाइड्रेट र फाइबर हुन्छ जसले हार्मोन असन्तुलनलाई ठिक गर्छ ।

-मांसाहारी हुनुहुन्छ भने माछा खानुहोस् । आफ्नो आहारमा सिफुड पनि समावेश गर्नुहोस् । टुना फिसमा धेरै ओमेगा ३ फ्याटी एसिड हुन्छ जसले शरीरमा हार्मोनलाई सन्तुलित गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको