नेताहरुको स्पर्धा र त्यसको अन्तर्य

सोमबार, ०३ मङि्सर २०७५

 

- टिप्पणीकार

 

प्रतिस्पर्धी दलका नेताहरुमा सत्ता वर्चश्व र राष्ट्रिय राजनीतिमा दलीय प्रभुत्वका लागि आ–आफ्नो दाउपेच त हुन्छ नै । तर एउटै दलभित्रको फरकधारको नेतृत्व गरिरहेका नेताहरुवीच गजवको स्पर्धा र अन्तर्यहरु हुनेरहेछ ।

 

नेपाली राजनीतिमा देखिएका ठूला दलका नेताहरुको अन्तरसंघर्ष र जूँगाको लडाईका भित्री र वाहिरी रहश्यका पर्दाहरु विस्तारै खुल्दैछन् । जनतालाई ढाँट्न र कार्यकर्ता लाई विभाजित गर्न नेताहरुको वाहिरी अभिव्यक्तिको अन्तर्यसँग भित्री रहस्यको कुनै तालमेल हुँदैन । बाहिरवाट कार्यकर्ताहरुलाई आफ्नै पेिरफेरीमा गोलबद्ध गरिरहने चर्का अभिव्यक्ति हुन्छन् भने भित्रीतहमा प्रतिष्पर्धी नेतासँग भिन्नै प्रकारको अन्तरसम्बन्ध रहको हुन्छ ।

 

नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रणी र ऐतिहासिक पार्टी नेपाली कांग्रेसभित्रको आन्तरिक गुटवन्दीको इतिहास हेर्दा मातृकाप्रसाद कोइराला र वीपी कोइराला वीचको अन्तरविरोध र त्यसको अन्तरवस्तु देखी शुरु हुन्छ । उनीहरु वीचको अन्तरविरोध राजदरवारसँग शक्ति सन्तुलन का लागि पनि केन्द्रित थियो भन्न सकिन्छ । कतिपय राजनीतिका ज्ञाताहरु वी.पी र मातृका वीचको अन्तरविरोध बाहिर जसरी देखियो वास्तवमा आन्तरिकरुपमा थिएन भन्ने गर्छन । गिरिजाप्रसाद कोइराला पार्टी शक्तिमा आउनुको मुख्य कडी पनि यही हो । श्रीभद्र शर्मा र वखानसिंह गुरुङ जस्ता वी.पी. पछिका करिव उत्तराधिकारिको हैसियत राख्नेलाई उछिनेर गिरिजा शक्तिमा आउनु उनिहरुको पञ्चायत प्रवेश मात्र कारण होइन ! वी.पी.को गोप्य मन्त्रणाबाट पञ्चायतलाई पनि उपयोग गर्दै जाने रणनीतिक योजना मुताविक पञ्चायत प्रवेश गरेका श्रीभद्र र वखानको स्थानमा गिरिजा आउनु एउटै ठूलै प्रपन्च थियो । कतिपय जानकारहरु भन्छन् । कृष्णप्रसाद भट्टराईजस्ता सन्त र महत्वाकांक्षप्रति खासै अभि रुचि नराख्नेलाई पछि पार्न अत्यन्त महत्वाकांक्षी र राजनीतिक डिजाइनर गिरिजा कोइरालालाई खासै कठिन पक्ष थिएन ।

 

नेपाली कांग्रेसको यति लामो इतिहासको कालखण्डका अनेकन विषय र घटनाक्रम लाई छाडेर वर्तमान अवस्थामानै केन्द्रित हुने हो भने पनि करिव यस्तै परिदृश्य देखिन सक्छ । अहिले देउवा, पौडेल र कोइराला परिवारवीचको अन्तरविरोधलाई मिहिन पाराले केलाउने हो भने पनि बाहिरदेखिए जस्तो भित्रीतहमा नहुन सक्छ । रामचन्द्र पौडेल र देउवा वीच जतिसुकै प्रतिस्पर्धाको प्रपोगण्डा भएपनि आन्तरिकरुपमा पौडेलको महत्वाकांक्ष देउवाको व्यक्तित्व अगाडि निरोहित नै देखिन्छ । देउवाकै सहयोगमा चुनावमा उत्रनु र उनकै स्पर्धी हुनु एउटा मञ्चन सिवाय अरु के होला र ? राजनीतिक दलको नेतृत्वमा वर्चश्व कायम गर्न कतिपय सवालमा निर्णय र स्पष्ट पनि हुनुपर्छ । तर रामचन्द्र पौडेलको सवालमा धेरै कुराहरु अस्पष्ट नै रहे । आफ्नै पारिवारिक स्वार्थको घेराभित्र मात्र रमाउने,छोरा, ज्वाई लगायतलाई महत्वपूर्ण स्थानमा राख्न दवाव दिनेलगायत थुप्रै व्यक्तिवादि चरित्रका कारण पनि रामचन्द्रको राजनीति उध्र्वगमन हुन सकिरहेको छैन । यस्तै प्रकारले कोइराला परिवारमा जतिसुकै एकता र नेतृत्व प्राप्त गर्ने आन्तरिक मनसाय भएपनि त्यो देउवाको सदासयता कसरत विना संभव हुने देखिदैन ।

 

नेपाली राजनीतिमा अहिले हाविको रुपमा आइरहेको कम्युनिष्टहरुको गुटवन्दी, एकता, अन्तरविरोध र विभाजनका कथाहरु झन भयानक र रहश्यमय छन् । जस्लाई समयले उत्खनन् र पर्दाफास गर्दै जानेछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको