आजको राशिफल
बुधबार, ०५ मङि्सर २०७५
वैदिक पञ्चाङ्ग दर्शन
आज वि.सं. २०७५ साल मंसिर ५ गते । बुधबार । इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ कछलाथ्व । कार्तिक शुक्लपक्ष, त्रयोदशी तिथि – दिउँसो -१२:५५ बजेउप्रान्त चतुर्दशी तिथि । अश्विनी नक्षत्र– साँझ ६:२६ बजेउप्रान्त भरणी। आनन्दादिमा मृत्यु योग। (चन्द्रमा आज – मेष राशिमा ) काठमाडौंमा सूर्योदय बिहान – ६:३० बजे, सूर्यास्त– साँझ ५: ८ बजे ।
कुनै पनि महत्वपुर्ण काम काराेबार गर्दै हुनुहुन्छ भने शुभ समयमा गरिएका कामहरु सफल हुनेछ । शुभसमय :- लाभ बेला बिहान ६:३0 – देखि ७:५० सम्म ( शुभ) अमृत बेला बिहान ७:५० -देखि ९: १० सम्म ( शुभ)
आजको राशिफल
मेष
सुरुमा विद्या–बुद्धि र भाग्य को अनुकूलताले विद्यामा विशेष प्रगति हुनेछ । बौद्धिक प्रभावले नोकरी र लगनशीलताले धन लाभ हुने योग छ ।
बृष
व्यापार व्यवसायमा लाभ मिल्नेछ । लगानीको प्रतिफल प्रशस्त मिल्नेछ । सञ्चित रकम खर्च भए पनि आम्दानीको स्रोत सबल बन्ने देखिन्छ ।
मिथुन
स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ ।
कर्कट
आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । उद्योग–व्यवसायमा उन्नति हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ र न्यायोचित फल मिल्ने छ ।
सिंह
नयाँ रोजगारी वा पदोन्नतिको सम्भावना देखिन्छ । प्रशासनिक झमेलाहरूमा विजय प्राप्त हुनेछन्। एक पल्टको प्रयासमा कतिपय काम नबन्न सक्छन् ।
कन्या
एक्लोपनाको अनुभूति हुनेछ । जग्गाजमिनमा विवाद र पशुधनक्षय जस्ता केही समस्या समेत आउने योग छ । इष्टदेवको आराधना गर्नाले स्थितिमा सुधार आउनेछ ।
तुला
बौद्धिक पक्षमा लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक दायित्व निर्वाह गरिनेछ । वैदेशिक यात्रामा कठिनाइ बढाउने देखिन्छ ।
बृश्चिक
अनावश्यक खर्च, कर्जा र चोटपटकका कारक देखिन्छन् । उत्साहमा कमी ल्याउनेछ र विलम्बका साथ कार्य सम्पादन हुने देखिन्छ ।
धनु
पठनपाठनमा प्रगति र व्यापार–व्यवसायमा पनि राम्रो फाइदा हुनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध स्थापित वा प्रगाढ हुने समय छ । जीवनसाथीबाट पाइने साथ र उत्साहले काम सहजै सफल हुनेछन् ।
मकर
जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् ।, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । घरमा मांगलिक कार्य सम्पन्न हुनेछन् ।
कुम्भ
यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् ।
मीन
धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । रोकिएका काम सुरु हुनेछन् ।
ज्योतिष तथा वास्तु शास्त्री सुरेश चन्द्र रिजाल
सचिब :- दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्