नर्सविहीन हुम्ला अस्पताल, ३ कर्मचारीको भरमा अस्पताल

बुधबार, ०५ मङि्सर २०७५

 

हुम्ला,  जिल्ला अस्पताल हुम्ला नर्सविहीन भएको छ । एकजना नर्स पनि सरुवा भएर काठमाडौं गएपछि अस्पताल नर्सविहीन बनेको हो । दुईजना नर्सको दरबन्दी रहे पनि ज्योति हमालले मात्र काम गर्दै आएकी थिइन् । जिल्ला अस्पताल हुम्लाका डाक्टर टर्सी आङजोक लामाले दुईजनाको दरबन्दी भए पनि एकजना नर्स एक वर्षदेखि जिल्लामा नआएको जानकारी दिए । उनले दुई डाक्टर र एकजना अनमिले जिल्ला अस्पताल चलाउँदै आएको बताए । अन्य जिल्लाको तुलनामा हुम्लामा स्वास्थ्यकर्मीको संख्या कम भएसँगै काममा समस्या भएको लामाले बताए । जिल्ला अस्पताल हुम्लामा नवौँ र आठौँ तहका गरी दुई स्थायी डाक्टर र आवश्यकताअनुसार कर्मचारी हुनुपर्नेमा दुई डाक्टर र एक अनमिको भरमा अस्पताल चलेको छ ।

 

डाक्टरको काज फिर्ता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटाइएका डाक्टर डिल शाही रोका फिर्ता भएपछि जिल्लामा दुईजना स्थानीय डाक्टर नवीन रोकाया र डाक्टर टर्सी आङजोक लामा मात्रै कार्यरत छन् । जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जितकुमार यादवको सरुवा भएपछि जिल्ला अस्पताल हुम्लाको निमित्त प्रमुखका रूपमा डाक्टर लामा कार्यरत छन् ।

 

चीनले दियो उपकरण

अस्पतालका लागि चीन सरकारले ६० लाखबराबरको उपकरण सहयोग गरेको डाक्टर रोकायाले बताए । दुईवटा इसिजी मेसिन, दुईवटा मल्ट्रिफन्सन मनिटर, १५ वटा बिपी कप सहयोग आएको उनले बताए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको