राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहिबार, ०६ मङि्सर २०७५

 

वैदिक पञ्चाङ्ग दर्शन

आज वि.सं. २०७५ साल मंसिर ६  गते । बिहीबार । इश्वी सन् २०१८ नोभेम्बर २२ तारिख। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ । कार्तिक शुक्लपक्ष, चतुर्दशी  तिथि – दिउँसो -१२: ३६ बजेउप्रान्त पूर्णिमा  तिथि । भरणी नक्षत्र –  साँझ ६: ३६ बजेउप्रान्त कृत्तिका नक्षत्र । आनन्दादिमा पद्म  योग। (चन्द्रमा आज मेष राशिमा  )  काठमाडौंमा सूर्योदय  बिहान – ६: ३१ बजे, सूर्यास्त– साँझ ५: ७ बजे ।

 कुनै पनि महत्वपुर्ण  काम काराेबार गर्दै हुनुहुन्छ भने शुभ समयमा गरिएका कामहरु सफल हुनेछ ।

शुभसमय :- शुभ बेला बिहान ६:३१ – देखि ७:५१ सम्म शुभ अमृत बेला दिउँसो १: ९ – देखि २: २९ सम्म शुभ

 

मेष

विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ ।आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ ।

बृष

घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ ।

मिथुन

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ ।

कर्कट

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

सिंह

व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।

कन्या

आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। महत्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला।

तुला

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।

बृश्चिक

स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला।

धनु

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

मकर

मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ

कुम्भ

सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला

मीन

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।

 


 ज्योतिष तथा वास्तु शास्त्री सुरेश चन्द्र रिजाल

सचिब :- दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको