अाजको राशिफल

शुक्रबार, ०७ मङि्सर २०७५

 

वि.सं. २०७५ साल मंसिर ७  गते । शुक्रबार । इश्वी सन् २०१८ नोभेम्बर २३ तारिख। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ । कार्तिक शुक्लपक्ष पूर्णिमा  तिथि – बिहान -११:४८ बजेउप्रान्त प्रतिपदा  तिथि । कृत्तिका नक्षत्र –  साँझ ६: २० बजेउप्रान्त रोहिणी नक्षत्र । आनन्दादिमा छत्र  योग। (चन्द्रमा आज – वृष राशिमा  )  काठमाडौंमा सूर्योदय  बिहान – ६: ३२ बजे, सूर्यास्त– साँझ ५: ७ बजे ।

 कुनै पनि महत्वपुर्ण  काम काराेबार गर्दै हुनुहुन्छ भने शुभ समयमा गरिएका कामहरु सफल हुनेछ ।

शुभसमय :- अमृत बेला बिहान ९: ११ – देखि १०: ३० सम्म शुभ शुभ बेला बिहान ११: ५ ०- देखि दिउँसो १: ९ सम्म शुभ

 

अाजको राशिफल

 

मेष

सोचेबमोजिम काम नबन्न सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ ।

बृष

व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ ।

मिथुन

मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।

कर्कट

नियमित कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ।विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ ।

सिंह

राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

कन्या

आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ ।

तुला

बाटो काट्दा, हतियार प्रयोग गर्दा वा सवारी चलाउँदा सतर्कताको खाँचो हुनेछ । ढिलो गरी कार्यसम्पादन हुने समय छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ ।

बृश्चिक

विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ ।

धनु

शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । आवश्यक सहयोग मिल्नेछ ।

मकर

आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने समय छ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कुम्भ

प्रेमसम्बन्धमा सुधार आउने छ, प्रेमीप्रेमिकाका बीचमा सुमधुर र मिठासपूर्ण सम्बन्ध कायम हुनेछ, मनको झुकाव आनन्द र रमणीयतातर्फ उन्मुख हुने सङ्केत छ ।

मीन

घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ ।
 

ज्योतिष तथा वास्तु शास्त्री सुरेश चन्द्र रिजाल
सचिब :- दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल
 संपर्क नं . ९८५१०६११२४  https://www.facebook.com/suresh.rijal3

 

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको