हरियो प्याजमा हुन्छ क्यान्सर प्रतिरोधी गुण

शुक्रबार, ०७ मङि्सर २०७५

 

जाडो मौसममा न्यायो कपडा लगाएर वा हिटरको प्रयोग गरेर मात्रै होइन खानपानको माध्यमले पनि चिसो भगाउन सकिन्छ ।

 

चिसोबाट जोगिनको लागि खाइने खाद्यपदार्थहरुमा तातो सुप र झोलयुक्त तरकारीहरु हाम्रो रोजाईमा पर्छन् । तातो सुपहरुको सेवन गरेर हामीले आफ्नो शरीरलाई न्यानो राख्छौं ।

 

अझै जाडो महिनामा सुप, तरकारी वा मासुमा प्याजको हरियो पत्ता मिसाउँदा त झनै गज्जब हुन्छ । तरकारी, सुप, मासु लगायतका खानेकुरामा प्याजको पत्ता राखेर बनाउँदा यसले खानेकुराको स्वाद तिख्खर मात्रै बनाउँदैन यसमा भरपुर मात्रामा पाइने पौष्टिक तत्वले हाम्रो शरीरलाई फाइदा पनि गर्छ ।

यसमा क्यालोरी कम हुन्छ र सल्फरको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यको लागि धेरै लाभदायक छ । यसमा पाइने पेक्टिन नामक पदार्थ क्यान्सर जस्ता भयानक रोगबाट बचाउन उपोगी हुन्छ । हरियो प्याजको प्रयोग चीनमा प्राचिन समयमा औषधिहरुमा गरिँदै आएको पाइन्छ । यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी २, कपर, म्याग्नेसियम, पोटासियम, म्याग्निज आदी भरपुर मात्रामा हुन्छ ।

 

१. आँखा स्वास्थ्य

प्याजको पत्ताको सेवन आँखाको लागि धेरै लाभदायक छ । यसले आँखाको ज्योती बढाउन सहयोग गर्छ ।

 

२. स्वस्थ मुटु

एन्टी अक्सिडेन्टले भरपुर हरियो प्याजको पत्ताले डिएनएमा क्षति हुनबाट बचाउँछ । यस बाहेक यसमा पाइने भिटामिन सीले रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गरेर मुटुको रोगबाट बचाउँछ ।

 

३. मधुमेह नियन्त्रण

जुन मानिसलाई मधुमेहको रोग छ उनीहरुको लागि प्याजको पत्ता सेवन गर्नु धेरै फाइदाजनक हुन्छ । यसमा पर्याप्त मात्रामा सल्फर हुन्छ जसले इन्सुलिनको स्तरलाई सन्तुलित बनाइराख्छ ।

 

४. क्यान्सरको रोकथाम

प्याजको पत्ताले शरीरमा क्यान्सर सेल बढ्नबाट रोक्छ । यसको सेवन गर्नाले  क्यान्सर हुने खतरा कम हुन्छ ।

 

५. हड्डी बनाउँछ मजबुत

भिटामिन सी र के जस्ता तत्वले भरपुर प्याजको पत्ताले हड्डीहरुको कि्रयाशिलतालाई बढाइराख्ने काम पनि गर्छ । यसले हड्डीहरु मजबुत बनिरहन्छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

संघीय सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पार्ने धन्दामा

सत्तारुढ दलका सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पर्ने धन्दामा लागेको पाइएको छ। नौ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु...

के अब क्यान्सरको सहज उपचार हुनेछ ?

क्यान्सर, जो चिकित्सा विज्ञानको लागि सबैभन्दा कठिन समस्या हो । अहिलेसम्म जे-जति रोगहरु पैदा भए, ति सबैको उपचार विधि खोजिएको...

फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएकाे छ ? हाेसियार !

फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएकाे छ ? यदि हुनुहुन्छ भने विचार गर्नुहोस् फ्राइ गरिएको कुखुरा र माछाको मासुले...

फ्याटी लिभर कसरी क्यान्सरको कारण बन्नसक्छ ?

तपाईं मदिरा पिउनुहुन्छ । माछामासुको सौखिन हुनुहुन्छ । तारेको-भुटेको खानेकुरामा लोभ गर्नुहुन्छ । तर, निस्क्रिय बस्नुहुन्छ । त्यसो हो भने...

Loading...