प्यारालाइसिस तथा ओच्छ्यान परेका बिरामीलाई सताउने एउटा साझा समस्या

मङ्गलबार, १८ मङि्सर २०७५

 

काठमाडौं – मुगुका ३५ वर्षिय बिशाल बम गत बैशाख २६ गते घास काट्न जाँदा रुखबाट लडेड उनको ढाड मुनिको भागले काम गर्न छोड्यो। उनलाई तुरुन्तै नेपालगञ्ज अस्पताल भर्ना गरियो। 

स्पाइनल इन्जुरी भएकोले ‘यहाँ उपचार हुदैँन’ भनेर अस्पतालले काठमाडौँ रिफर गरिदियो। काठमाडौँ ल्याएर उनलाई काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा राखियो। गत बैशाखदेखि उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारार्थ छन्। निकै जटिल खालको स्पाइन इन्जुरी भएकाले तीन महिना आइसियूमा राखेर उनको उपचार भयो। 

आइसिमा बस्दा एकातर्फ मात्र फर्केर सुत्दा त्यो भागको मासु धेरै च्यापिएकाले सुरुमा छाला रातो भयो। पछि बिस्तारै बिस्तारै स–साना फोका आउन थाले। तर परिवारका सदस्यले सामान्य फोका त हो नी भनेर वास्ता गरेनन्। 

 

विस्तारै ति साना फोकाहरु फुटेर ठुलो घाउ बनेपछि त्यसको अप्रेसन नै गर्नुपर्‍यो।  बोल्न पनि नसक्ने बमले आफ्नो समस्याबारे चिकित्सकलाई भन्न नसक्दा घाउ ठुलो बन्न पुग्यो। जसले गर्दा उनलाई थप पीडा दिन थालेको छ घाउले। उनको शरीरका विभिन्न भागमा बेड सोर भएकाले पुरै निको हुन अझै समय लाग्ने अस्पतालले बताएको छ। 

कैलालीकी १७ वर्षीया सबिना रानाको बिस्तारै देब्रे खुट्टा दुख्न थाल्यो। एक दुइ दिन पछि आफै निको भएको जस्तो हुने भएकाले उनले उपचार गर्नेतर्फ ध्यान दिइनन्। तर त्यही खुट्टा बिस्तारै लुलो हुँदै गयो भने केही समयपछि त्यो समस्या अर्काे खुट्टामा पनि देखियो। जब हिँडडुल गर्न गाह्रो हुन थाल्यो त्यसपछि उनका अभिभावकले स्थानीय अस्पताल पुर्‍याए तर अस्पतालले यो समस्याको निदान त्यहाँ सम्भव नहुने र उपचारका काठमाडौँ लैजान सुझाए। उनी असार २५ गते राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भइन्।  

 

अस्पतालमा बस्दा उनलाई पिठ्यूको माथिलो भाग र तल्लो भागमा, कुरकुच्चामा  छाला रातो हुने चिलाउने दुख्ने समस्या  देखीयो हेर्दा हेदैँ उनको ससााना घाउा आए त्यसपछि डाक्टरको सल्लाह अनुसार उपचार पश्चात बिस्तारै निको हुदँै गयो बोल्न सक्ने भएकोले उनको पिडाको छिटै सम्बोधन भयो। ४ महिनाको अस्पातल बसाइमा उनको खुट्टा निको भैसकेको छ अब केहि दिनमानै डिस्चार्ज भएर  घर फर्कदैँ छन  उनी। 

यी दुई घटना त प्रतिनिधी मात्र हुन्। उनीहरु जस्तै  विभिन्न कारणले गर्दा बेड सोर भएर ट्रामा सेन्टर आउने बिरामी एक वर्षमा एक हजार जना  भन्दा बढी भएको अस्पतालले जनाएको छ।  यस्तो खालको समस्याको बारेमा चेतना नहुँदा बिरामीले धेरै दुख पाउने गरेको छन्। छिटो थाहा पाउनेको समस्या छिटो निको हुन्छ भने ढिला गरेर पहिचान भए ढिला निको हुने बर्न वार्डका विभागीय प्रमुख डा पियुष पौडेल बताउँछन्।

लामो समयसम्म  ओछ्यानमा बस्नु पर्ने, आफैँ ओल्टन, पल्टन नसक्ने अवस्थाका बिरामीलाई बेड सोर हुने र बेड सोर भइसकेपछि बिरामीको राम्रोसँग ख्याल राख्नुपर्ने डा पौडेलले बताउँछन्।  उनका अनुसार ‘बेड सोर हुनुको मुख्य कारण भनेको प्यारालाईसिस भएर  ओछ्यान परेका बिरामीहरु यता उता गर्न नसक्दा शरीरको मासु थिचिएर रक्तसंचारमा कमी हुनु हो।’

 

डा पौडेका अनुसार बेड सोर भैसकेपछि मुख्य गरेर एकै पाटोबाट सुतेर रक्तसंचारमा  नभएर  शरीरका विभिन्न भाग जस्तै  ढाड, गर्दन, पिठ्युको माथिल्लो भाग, तल्लो भाग, खुट्टाको कुरकुच्चामा घाउ आउने गर्दछन्।

‘बेड सोर भैसकेपछि  बिरामीको हेरचार राम्रोसँग गरिएन भने, ओछ्यान चिसो भयो भने, शरीरमानै दिसा पिसाब गरेको थाहा पाइएन भने, बिरामीलाई पोषण पुगेन भने,  दुब्लाउदैँ गयो भने यो समस्या झन् बढ्दैँ जान्छ’ उनले भने।

 

बेड सोरमा एकैपटक ठुलो घाउ नहुने हुँदा बेलैमा शरीरमा दाग वा लक्षण देखिने वित्तिकै बिरामीको स्याहार गर्दा निको  हुने चिकित्सक बताउँछन्। 

सुरुमा बेड सोर हुदा छाला रातो हुने, चिलाउने, दुख्ने गर्दछ। त्यसपछि दोस्रो चरणमा फोका आउने र तेस्रो चरणबाट घाउ भएर हड्डीसम्म पुग्ने चिकित्सक बताउँछन्। 

चेतनाको कमीले सामान्य घाउ हो भनेर हेलचेक्र्याँई‌ गरियो भने, पोषणयुक्त खानेकुराको कमी भयो भने संक्रमण बढ्दै गएर बिरामीको मृत्यु समेत हुने चिकित्सक बताउँछन।


Source: सिर्जना खत्री/स्वास्थ्य खबर


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको