तान्जानियामा अज्ञात रोगबाट आठ हात्तीकाे मृत्यु

मङ्गलबार, २५ मङि्सर २०७५

तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन् । स्थानीय अधिकारीहरुले अज्ञात रोगका कारण हात्तीहरु मरेको घटनाले आफूहरुलाई चिन्तित बनाएको आइतबार बताएका छन् । 

वन्य जीवजन्तु उप प्रमुख जोसेफ मेङ ओरोले यस घटनाको विषयमा थप विवरण आउन बाँकी नै रहेको जानकारी दिनुभयो । साथै यस अज्ञात रोगबाट थप हात्तीको हताहतको आशङ्का समेत उहाँले व्यक्त गर्नुभएको छ । तान्जानिया वन्यजन्तु अनुसन्धान निकायले यस अज्ञात रोगबाट स्तनधारी हात्तीको मृत्यु भएको पुष्टि गरेको छ । 

उहाँले घटनाका बारेमा प्रमाणहरु सङ्कलन गर्ने र कारण पत्ता लगाउने तथा थप फैलिन नदिनका लागि नियन्त्रण गर्ने प्रयास भइरहेको पनि जानकारी दिनुभयो । नाकबाट रक्तश्राव हुने, चक्कर आएजस्तो गर्ने, छटपटीनेलगायतका अस्वभाविक र अप्ठ्यारो भएजस्ता गतिविधि देखाउने गरेको समाचारमा जनाइएको छ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

डाक्टर र स्वास्थ्यकर्मीले भ्याटमा दर्ता हुनु नपर्ने

सरकारले डाक्टर र स्वास्थ्यकर्मीलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गर्न नपर्ने नियम लागू गर्ने भएको छ। आन्तरिक राजस्व विभागले परिपत्र...

Loading...

सर्वाधिक पढिएको