कसरी स्वस्थ्य रहने ? बिना औषधी, बिना उपचार

मङ्गलबार, २५ मङि्सर २०७५

 

सबै चाहन्छन्, स्वास्थ्य जीवन विताउन पाइयोस् । भनिन्छ नि, रोगी शरीर लिएर बाँच्नु भनेको कुनै यतनापूर्ण जीवन बाँच्नु भन्दा कम होइन । यसलाई यतनाकै एक स्थितीको रुपमा पनि लिइन्छ । त्यसैले जति आयु बाँचिन्छ, रोगमुक्त बाँच्नुपर्छ । निरोगी, तन्दुरुस्त, खुसी जीवन बाँच्नुपर्छ ।

जो कोही चाहन्छन्, निरोगी भएर बाँच्न पाइयोस् । जीवनभर कुनै रोग नलागोस् । तर, यसका लागि धेरैजसो चिकित्सक, औषधी र अस्पतालमा निर्भर रहन्छन् । के यो पनि तरिका हो ?

 

यसै सन्दर्भमा आध्यात्मिक गुरु जग्गी वासुदेवसँग (जसलाई सद्गुरु भनेर चिनिन्छ) गरिएको संक्षिप्त कुराकानी यहाँ पेश गरिएको छ । यो उनै सद्गुरुको आधिकारिक वेबसाइटबाट लिइएको हो ।

शेखर कपूर- हरेक व्यक्ति स्वस्थ्य र लामो उमेरको कुरा गर्छन् । तर, यस सम्बन्धमा हरेको विचार फरक हुन्छ । म दुई कुरा सोध्न चाहन्छु । पहिलो प्रश्न, एक खास उमेरपछि बाँच्नुको के महत्व हुन्छ ? र, अर्को प्रश्न यो जान्न चाहन्छु कि जीवन बाँचिरहँदा हामीभित्र त्यस्ता कुनै मूलभूत चिज हुन्छ, जसले हामीलाई स्वस्थ्य राख्छ ? वा त बाँच्नका लागि सधै चिकित्सक र अस्पतालको साहारा लिनुपर्छ ? यदि हामी भित्र कुनै मूलभूत चिज हुन्छ भने, सायद म मान्नेछु कि प्रकृतिले हामीलाई जीवित राख्न चाहन्छ ।

सद्गुरु- यदि प्रकृतिको इच्छा तपाईंलाई जीवित राख्ने नहुँदो हो त, तपाई मरिसक्नुभएको हुन्थ्यो । अहिले पनि औषधीको कारण, हेल्थ चेकअपको कारण, अस्पतालको कारण तपाईं बाँचिरहनुभएको छैन । यद्यपी तपाईं बाँचिरहनुभएको छ । कसरी ? किनभने प्रकृतिले तपाईलाई जीवित राख्न चाहन्छ ।

तपाईं औषधीको कारण होइन, जीवनको प्रक्रियाको कारण जीवित हुनुहुन्छ । औषधीले थोर-बहुत खेल्न सक्छ, तर जीवनको रचना गर्न सक्दैन ।

तपाईंको शरीर पनि भित्रबाट बनेको छ । बाहिर त आवरणमा कच्चा माल दिएको छ । सिर्जनाको प्रक्रिया भित्रबाट घटित हुन्छ । यसको अर्थ के हो भने, सृजनाको स्रोत वा शरीरको निर्माता तपाईंको भित्र नै छ । बाहिरबाट शरीरलाई ठिक गर्ने जुन कोशिस हुन्छ, त्यो निकै मेहनत गर्नुपर्ने प्रक्रिया हो । यदि तपाईं आफ्नो अन्र्तमनसम्म पुग्न सक्नुहुनछ भने, एक राम्रो स्वास्थ्य प्राकृतिक चिज हुन्छ । यसलाई बाहिरबाट सम्हाल्न सक्छु भन्नु एक गलत धारणा हो ।

सद्गुरु


शेखर कपूर-आध्यात्मिकताको उदेश्य आफ्नो अन्र्तमनसँग सम्पर्कमा रहनु र पुरा अस्तित्वका साथ आफ्नो सम्बन्ध प्राकृतिक हिसाबले स्वास्थ्यलाई राम्रो बनाउनु हो । तपाईंलाई यसको चिन्ता गर्नुपर्ने आवश्यक छैन । के यो साँचो हो ?

सद्गुरु- अहिले सबैलाई यो कुरा थाहा छ कि, शरीरको हर कोशिका प्राकृतिक रुपमा यस हिसाबले बनाइएको हुन्छ कि, तपाईंलाई स्वस्थ्य राख्न सकियोस् । यदि त्यसको काम प्राकृतिक रुपले स्वास्थ्य कायम गर्नु हो भने, तपाई त्यसको विरुद्ध किन जानुहुन्छ ?

हामीले संक्रमण वा स्थायी रोगको अन्तरबारे जान्नु जरुरी छ । संक्रमण कुनै बाहिरी जिवाणुले हाम्रो शरीरमा आक्रमण गर्छ । यो एक युद्ध जस्तै स्थिती हो । त्यसलाई मार्नका लागि वा पराजित गर्नका लागि हामीले रासायनिक लडाई लड्नुपर्छ ।

तर धर्तीमा ७० प्रतिशतभन्दा बढी बिमारी स्थायी छ, जो तपाईंको शरीर भित्रबाट पैदा भएको छ । यसको अर्थ के हो भने, तपाईंको आफ्नो शरीर, तपाईंको आफ्नो प्रणाली त्यो रोग पैदा गरिरहेको छ । जुन प्रणालीमा आफ्नो अस्तित्व बनाइराख्ने र जीवित रहनेको तिब्र इच्छा हुन्छ । त्यसले हामी बिरुद्ध कुनै रोग किन पैदा गर्छ ?

यसको अर्थ के हो भने कहीं न कहीं केही मूल तत्व बिक्रिएको छ । यदि तपाईं आफ्नो अन्र्तमनको सम्पर्कमा हुनुहुन्छ, जो सृष्टिको स्रोत र यस शरीरका निर्माता हुन्, तपाईलाई आफ्नो स्वास्थ्यको बारेमा कुरा गर्नु वा उसको इच्छा गर्नु कुनै जरुरत छैन । तपाईंले यो प्रणालीलाई विशेष ढंगले कायम राख्नुहुन्छ भने स्वस्थ्य प्राकृतिक रुपले कायम रहन्छ ।

शेखर कपूर- के तपाईं यसलाई ध्यानको तरिका भन्नुहुन्छ ?

सद्गुरु- म यसै भन्छु । तर, म ‘ध्यान’ शब्दबाट बच्न चाहन्छु  । किनभने यस शब्दको अर्थ एकदमै गलत ढंगले प्रयोग गर्न थालिएको छ । यस शब्दलाई पूर्ण रुपमा बिगारिउको छ । ध्यान शब्दलाई हरेकले आ-आफ्नै ढंगले अथ्र्याउने गरेका छन् ।

यदि तपाई केवल यहाँ पूर्ण रुपले स्थिर भएर बस्नुको अर्थ जान्नुहुन्छ, यदि दिनमा दुई मिनेटका लागि तपाईंको भित्र सबैकुरा स्थिर हुनसक्छ । तब तपाईं पूर्ण रुपले स्वस्थ्य रहनुहुन्छ । केवल दुई मिनेट । मानिस रोगी यसकारण हुन्छन् कि, उनीहरु स्थिर भएर बस्न जान्दैनन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

डाक्टर र स्वास्थ्यकर्मीले भ्याटमा दर्ता हुनु नपर्ने

सरकारले डाक्टर र स्वास्थ्यकर्मीलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गर्न नपर्ने नियम लागू गर्ने भएको छ। आन्तरिक राजस्व विभागले परिपत्र...

Loading...

सर्वाधिक पढिएको