स्तन क्यान्सरका लक्षण र कारणहरु

सोमबार, १३ फागुन २०७५

 

स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन

- स्तन वा पाखुरामुनि गिर्खा हुनु,

- गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।

- स्तन वा स्तनको मुन्टोको आकार-प्रकार परविर्तन हुनु । जस्तै( रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालाामा कत्ला निस्केको वा सुन्निएको ।)

- स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै( रातो, सफा वा पहेँलो, हरयिो अथवा पीपजस्तो आउनु ।)

- स्तनको मुन्टो दुख्नु ।

- स्तनमा निको नहुने घाउ हुनु ।

- गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।

- सबै गिर्खाहरू क्यान्सर होइनन् । दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् । स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे तापनि निम्नलिखित कारणहरूलाई जोखिम तत्त्व मानिएको छ :

-महिला, विशेष गरी प्रौढावस्था ।

-वंशाणुगत (आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा । जेनेटिक कारण ।

-१२ वर्षभन्दा पहिले महिनावारी भएका र ५५ वर्षपछि रजोनिवृत्ति भएका महिला । नियमित मदिरा सेवन गर्ने महिला ।

-गर्भ नतुहिने औषधी (डीईएस) सेवन गरेका महिला । -लामो समयसम्म परविार नियोजनका लागि हार्मोनल पिल्स वा सुई प्रयोग गरेका महिला । रजोनिवृत्तिका पाश्र्वप्रभाव घटाउन हार्मोन रप्िल्मेन्ट थेरापी लिएका महिला ।

-मोटोपना (मोटो महिलामा एस्ट्रोजन हार्मोन बढी उत्पादन हुन्छ । जुन स्तन क्यान्सरको कारक तत्त्व हुनसक्छ । )

-कहिल्यै गर्भवती नभएका वा ३० वर्षपछि बच्चा जन्माएका महिला । -विकिरण बच्चा वा युवावस्थामा छातीको क्यान्सर वा अन्य रोगका लागि विकिरण उपचार गरेका महिला ।

-स्तन कोषको असामान्य वृद्धि भएमा ।

-निष्त्रिय जीवनशैली तथा बढी चिल्लो खाने महिलामा ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको