पेटको दुखाई निको गर्ने ४ घरेलु तरिका

सोमबार, १३ फागुन २०७५

 

अस्तव्यस्त लाइफस्टाइल तथा दूषित खानपान, तनाव र भागदौडले भरिएको जीवनका कारण तपाईंलाई अनेक प्रकारका स्वास्थ्य समस्याहरुले सताउने गर्छ । यी समस्या मध्ये पेट दुखाई एक हो । पेट दुख्ने समस्या अहिलेको समयमा सामान्य बनि सकेको छ । उसो त पेट दुखेमा बजारमा विभिन्न प्रकारका औषधिहरु पाइनछन् । तर, बजारमा पाइने औषधिको प्रयोग भन्दापनि पेट दुखेमा सकेसम्म घरेलु उपाय नै अपनाउनु पर्छ । किनकी कतिपय यस्ता औषधि पनि छन् जसको प्रयोगले तपाईंको पेटको समस्या निको हुनुको साटो झन बढाउन सक्छ । त्यसैले सकेसम्म घरेलु उपाय र औषधि कै प्रयोग गर्नु उत्तम मानिन्छ । आयुर्वेदमा यस्ता अनेक घरेलु वस्तुहरुकोे बारेमा व्याख्या गरिएको छ जसको प्रयोगले तपाईं घरमै बसेर आफ्नो पेट दुख्ने समस्याबाट छुट्कारा पाउन सक्नु हुन्छ ।

 

जानौँ केही घरेलु औषधिको बारेमा जसले हुन्छ तपाईंको पेट दुखाई निको गर्दछः

 

तुलसी

तुलसी एक यस्तो विरुवाहो जसलाई धर्तीमा अमृत भन्ने गरिन्छ । तुलसीको सेवनले शरीरमा भएका अनेक रोगहरु निको हुने गर्छ । पेट दुखाईको लागि पनि तुलसी निकै नै लाभकारी मानिन्छ । मात्र १ चम्चा तुलसीको रस पिउनाले पेट दुखाई निको हुने र पेट बटारेको पनि निको हुन्छ । तुलसीको पातलाई काढा बनाएर पिउनाले झाडापखाला र कब्जियत जस्ता समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । तुलसीको ४ वटा पातलाई नियमित सेवन गर्नाले विभिन्न प्रकारका समस्याबाट राहत पाउन सकिन्छ । त्रिफला अनियमित खानपान बढ्दो फास्ट फूड खाने चलनका कारण मानिसमा कब्जियतको समस्या निकै नै बढि देखिन थालेको छ ।

त्रिफला

आयुर्वेदको अनमोल उपहार हो । त्रिफलाले कब्जियतको समस्यामा निकै नै फाइदा पुर्याउँछ । त्रिफला तीन जडिबुटिको मिश्रणले बन्छ । जसमा आमलकी अर्थात् एमबलिकाअफीसीनालिस, हरीतकी अर्थात् टरमिनालिया छेबुबा विभीतकी अर्थात् टरमिनालिया बेलीरिका मिसिएको हुन्छ । त्रिफलाको एक सय ग्राम चूर्ण र ६० ग्राम चीनी मिसाएर दिनमा दुई पटक सेवन गर्नाले पेटको सबै समस्याबाट राहत पाउन सकिन्छ ।

 

बेथे

अहिले जाडो मौसम चलिरहेको छ र यो मौसममा बेथेको साग सजिलै बजारमा पाउन सकिन्छ । बेथेको साग पनि पेटको समस्यामा रामवाण मानिन्छ । यसले आमाशयमा शक्ति प्रदान गर्छ र कब्जियतको समस्यमा राहत दिलाउँछ । बेथेको सागले पेट सँग सम्बन्धीत समस्याबाट छुट्कारा दिलाउनुका साथै शरीरलाई शक्ति पनि प्रदान गर्ने काम गर्छ र शरीरमा फुर्ति पनि रहिरहन्छ । बेथेको रस, उमालेको सागको पानी पिउनाले पनि पेट सँग सम्बन्धित सबै प्रकारका रोग, ग्यास्ट्रिक, दुखाई, कब्जियत, निको हुन्छ ।

 

सौंफ

सौंफको प्रयोग प्रायःजसो खाना खाइसकेपछि गर्ने गरिन्छ । खानाखाइसकेपछि मुख गन्हाउने समस्याबाट राहत पाउनका लागि सौंफ खाने गरिन्छ । तर, सौंफको फाइदाबारे जानेर तपाईं आश्चर्यमा पर्न सक्नु हुन्छ । सौंफको सेवनले पेटको समस्यामा राहत दिलाउनुुका साथै यसले हाम्रो शरीरमा अन्य फाइदा पनि पुर्याउँछ । सौंफलाई मसालाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा उमालेर सेलाएर पानी पिउनु बढि फाइदाजनक हुन्छ । दिनमा तिन पटक उक्त मिश्रण पिउनाले अपच र कफको समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यति मात्र नभई पेट दुखेको अवस्थामा सौंफलाई भुटेर चपाएर खानाले पेट दुखाई निको हुन्छ ।

 

(एजेन्सीको सहयोगमा)

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको