आर्थिक अभावमा छट्पटाउदै दाङका वोनम्यारो पीडित चन्द्रप्रसाद

बुधबार, ०७ साउन २०७७

 

दाङ, घोराहि उपमहानगरपालिका वडा नं ८ दुन्द्रा निबासि बोनम्यारो पीडित चन्द्रप्रसाद वली रोजगारिको शिलशिलामा भारतको पंन्जाव स्थित लुदियानाको एक होटलमा कार्यरत उनि करिब २ वर्ष पहिलेदेखिनै बोनम्यारो पिडित थिए।

 

पीडित ‌ओलीको बहिनी सुनिताका अनुसार २ वर्ष पहिले भारतमै बिरामी भएपछि उपचारका क्रममा दयानन्द मेडिकल कलेजले बोनम्यारो भएको प्रमाणित गरेको थियो। परिवारको खुशी र सन्तानको शिक्षाको लागि धन कमाउन भारत गएका चन्द्र प्रसादलाई एकाएक यस्तो रोग देखियो। उनले लाखौँ रूपैया खर्च गरेर भारतमै उपचार गराइरहेका थिए र उनि कार्यरत होटलको सहयोगले उपचारमा सामान्य सुधार भएसंगै उनि घर फर्किएका थिय।  केहि समय पछि उनि पुनः भारतमै काम गर्न पुगेका उनलाई फेरी समस्या देखियो। एकातर्फ कोभिड-१९ को महामारी र अर्कोतर्फ उनलाई बल्झेको बोनम्यारोको समस्याले घरमा समेत सुख शान्ति हरायो।

 

चन्द्रप्रसाद वली


 उपचारका लागि पहिलेनै लाखौ रूपैया खर्च गरिसकेका चन्द्रप्रसादसँग अब कुनै सम्पत्ति वा पैसा बाँकी थिएन भएको सम्पत्तिको नाममा २/४ कठ्ठा जग्गा त्यो पनि ऋणमा छ। लकडाउनकै अवधिमा घर फर्किएका उनलाई गाउँकै एक स्कुलमा क्वारेन्टाइनमा राखियो। त्यहाँ झनै उनको अवस्था नाजुक बन्दै गएपछि सबैको सहमतिमा उनलाई घरमै सुरक्षित राख्ने गरी लगियो। त्यहाँ पनि उनको अवस्था नाजुक बन्दै गएपछि दाङकै बुद्ध हस्पिटल र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो। तर प्रतिष्ठानले उनको उपचारको लागि भारत वा काठमाडौँ लैजानुपर्ने जानकारी गराएसंगै काठमाडौँको सिभिल अस्पतालमा भर्ना भएका चन्द्रप्रसादको अगामि उपचारको लागि उनको परिवारले सहयोगको अपेक्षा राखेको छ ।

 

सहयोग गर्न ईच्छुक ब्यक्तिहरुले उनकी श्रीमती तुलसि कुमारी वलीको नाममा रहेको कुमारी बैंकको खाता नं. १०११७३९४००१२५० मार्फत सहयोग गर्न अपिल गरेका छन्।  


सम्पर्क नं. ९८२२९९६३७५ (तुलसि कुमारी वली)

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको