के हो ब्रोनकाइटिस ?

सोमबार, २९ भदौ २०७७

 

ब्रोनकाइटिसको जोखिममा विशेषगरी बालबालिका ताथ बुढाबुढीलाई हुने गर्छन् । त्यस्तै , धुमपान गर्नेहरुमा पनि ब्रोनकाइटिसको समस्या धेरै हुने गर्छ ।

ब्रोनकाइटिस भएमा श्वासनली (ब्रानकियल ट्यूब) सुन्निने गर्छ । जसका कारण ब्रोनकाइटिसबाट ग्रसित व्यक्तिले फोक्सोको सहायताले पर्याप्त मात्रामा अक्सिजन वा हावा लिन सक्दैनन् ।


ब्रोनकाइटिसको समस्या विशेषगरी, भाइरस, व्याक्टेरिया, धुमपान वा रसायनिक पदार्थको सम्पर्कमा आउनाले हुने गर्छ ।  जब सास नलीकोको टिस्यू उत्तेजित हुन्छ,  तब त्यसमा रहेका रौले काम गर्न बन्द गर्छ । जसका कारण सास नलीमा बलगम (खकार) भरिएर थप उत्तेजित हुन्छ ।  परिणामस्वरुप , ब्रोनकाइटिसका समस्या भएका व्यक्तिमा गाढा रंगको खकारका साथमा अत्याधिक खोकीको समस्या हुने गर्छ ।

 

ब्रोनकाइटिसका प्रकार

ब्रोनकाइटिस दुई किसिमको हुन्छ, एक्यूट (तिव्र) बोनकाइटिस र क्रोनिक (दीर्घकालीन)ब्रोनकाइटिस ।

तीब्र बोनकाइटिसको समस्या अल्पकालीन हुन्छ, जुन व्याक्टेरियाको संक्रमण, प्रदुषण तथा रसायनिक पदार्थको कारण हुन्छ । यो समस्या  फ्लू वा रुघाखोकी पश्चात्त विकसित हुने गर्छ ।  यसको लक्षण खकारको साथ छातीमा समस्या हुने गर्छ । कहिलेकाही ज्वरो आउनुका साथै सास फेर्नमा समस्या हुने गर्छ । एक्यूट ब्रोनकाइटिस केही दिन देखि कैही हप्तासम्म रहने गर्छ । बच्चाहरुमा सानो स्वास नलीका कारण ब्रोनकाइटिसको समस्या धेरै हुने गर्छ । बृद्धवृद्धामा पनि यो समस्या आम मानिन्छ ।

 

क्रोनिक बोनकाइटिस भएमा विरामीलाई सास फेर्नमा समस्या हुने गर्छ । र, यो समस्या विस्तारै विस्तारै क्रोनिक हुँदै जान्छ । जसमा विरामीको स्वास्थ्य अवस्था समेत दिन प्रतिदिन विग्रदै जान्छ । र, विरामीलाई थकावट महसुस हुनुका साथै सास लिनमा कठिनाई भई कृतिम अक्सिजनको आवश्यकता पर्न सक्छ ।

 

ब्रोनकाइटिसको तीन चरण हुन्छ, पहिलो, दोश्रो र तेश्रो ।

पहिलो चरणको ब्रोनकाइटिसमा खोकी सामान्य तरीकाले लाग्छ । यसमा फोक्सोले ८० प्रतिशतसम्म काम गर्छ । दोश्रो चरणमा  एक्यूट ब्रोनकाइटिस गराउने भाइरस संक्रमण स्वास नली हुँदै फोक्सोको तल्लो भागमा फैलिएर खकारको उत्पादन गर्दछ । जसले गर्दा खोकी समेत बढ्ने गर्छ । यस चरणमा फोक्सोले ५० देखि ७० प्रतिशत काम गर्छ ।

जबकी तेश्रो चरणमा विरामीहरुमा भाइरल संक्रमण केही दिनमा ठिक हुने गर्छ । तथापी, ब्रोनकाइटिसको अन्तिम चरणमा पोस्ट ब्रोनकाइटिस सिंन्ड्रोम देखा पर्ने गर्छ । जसमा विरामीलाई कयौ दिनसम्म खोकी लाग्न समस्या र स्वास नलीको समस्या ठिक हुन लामो समय लाग्छ । यो चरणमा फोक्सोले ३० देखि ५० प्रतिशत मात्र काम गर्न सक्छ ।

 

किन हुन्छ, ब्रोनकाइटिस ?

तिव्र बोनकाइटिस विषाणुका कारण हुन्छ, जुन रुघाखोकी वा फ्लू पछि विकसित हुन्छ । भने दीघकालीन ब्रोनकाइटिस धुमपानका कारण विकसित हुने गर्छ । यद्यपी, दीर्घकालीन ब्रोनकाइटिस तिव्र बोनकाइटिसको लगातारको हमलाका कारण पनि हुनसक्छ ।

यसबाहेक, वायु प्रदुषण, धुलोधुवाँ, विषालु ग्यास, तथा रसायनिक पदाथ सम्पर्कमा आएमा पनि ब्रोनकाइटिस हुने गर्छ ।

 

ब्रोनकाइटिस भएमा देखिने लक्षण

ब्रोन्काईमा जलन पैदा हुनु , सुन्निनु , खोकी लाग्नु , सेतो, हरिया वा खैरो रङ्गको खकार  जम्मा हुनु, घाँटी खासखास हुनु, थकान महसुस हुनु, ज्वरो आउनु, रुघाखोकी, छाती दुख्नु वा नाकबाट सिगान बग्नु ब्रोनकाइटिसको लक्षण हो ।

धुमपान गर्ने, कमजोर प्रतिरक्षा प्रणाली, बालबालिका तथा वृद्धवृद्धा यो रोगको जोखिममा बढी रहने गर्छ ।

ब्रोनकाइटिस भएमा यसलाई आयुर्वेदिक उपचार पद्धति द्धारा पनि निको पार्न सकिन्छ, जुन यस प्रकार छ ः

 

ब्रोनकाइटिसको आयुर्वेदिक उपचार

–ब्रोनकाइटिसको समस्या अहिले तिव्र रुपमा बढी रहेको छ । बालबालिका र बुढाबुढी यसको उच्च जोखिममा पर्छन् । दूधमा चिनीको अलावा एक वा दुई चम्चा महको मिसाएर पिउनाmे ब्रोनकाइटिसबाट निकै हदसम्म राहत मिल्छ । यदी दूधमा मह मिसाएर नियमित पिलाए खोकी तुरुन्तै कम हराउँछ । बल्झिदैन ।

 

–एक गिलास दूधमा एक चिम्टी बेसार हालेर उमालेर एक चम्चा देशी घ्यूको साथमा खाली पेटमा दुई तीन पटक खाएमा ब्रोनकाइटिसको समस्या कम हुन्छ । अझ यो उपायलाई नियमित अपनाएर ब्रोनकाइटिसको समस्या क्रमश कम हुँदै जान्छ ।

 

–सौठ र दालचिनीलाई बराबर पिसेर त्यसको धुलो बनाउने । र, एक चम्चा यसको धुलोलाई आधा गिलास पानीमा हालेर उमाल्ने ।र, यसलाई तातो तातो सेवन गर्ने  । यसले ब्रोनकाइटिसको समस्याबाट तुरुन्तै राहत दिलाउँछ ।

 

–सौठ र हर्रोेलाई राम्ररी मिसाएर चूर्ण बनाउनु पर्छ । र, आधा चम्चा यो चूर्णलाई दुई चम्चा महमा मिसाएर सेवन गर्नाले ब्रोनकाइटिसको समस्याबाट राहत महसुस हुन्छ । १५ ग्राम गुडमा पाँच ग्राम सौठ मिलाएर एक महिना नियमित सेवन गरेमा पनि ब्रोनकाइटिसको समस्याबाट राहत मिल्छ ।

 

–दुई चम्चा अदुवाको रसलाई दुई चम्चा महका साथ सेवन गर्नाले पनि ब्रोनकाइसटिसबाट राहत मिल्छ । नियमित रुपमा एउटा स्याउको सेवन वा एक–दुई चम्चा अमलाको रसको सेवनले पनि ब्रोनकाइटिसको समस्याबाट निकै राहत दिलाउँछ ।

 

–तीन कल्ली लसुनलाई काटेर दूधसित उमालेर राती सुत्नु अघि सेवन गर्नाले पनि ब्रोनकाइटिसबट राहत मिल्छ । सामान्यतया, लसुनमा एन्टीबायोटिक गुणका साथै एन्टी भाइरल तत्व हुन्छ । त्यसैले, ब्रोनकाइटिसका विरामीले यसको सेवन जति गर्न सक्यो उत्ति नै फाइदाजनक हुन्छ ।

 

–त्यसबाहेक, ब्रोनक्राइटिसको हुनुमा धुमपान मुख्य कारक भएकोले यो समस्या भएकाले धुमपानबाट टाढा रहनुका साथै कैफिन तथा अल्कोहलको सेवन गर्नबाट बच्नु पर्छ । त्यस्तै, रुघाखोकी लागेका व्यक्तिबाट टाढा रहनु पर्छ । प्रत्येक वर्ष फ्लू तथा निमोनिया विरुद्धको  खोप लगाउनु पर्छ । हात राम्ररी सफा गर्नुपर्छ । साथै,  चिसो तथा प्रदुषणबाट बच्नुका साथै न्यानो कपडाको प्रयोग गरी तातो भई बस्नु पर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको