पेट खराब त दिमाग खराब

मङ्गलबार, ३० भदौ २०७७

 

दिमागी स्वास्थ्यको पेटसँग खास सम्बन्ध हुन्छ । यो कुरा डिप्रेशनको उपचार गर्नेलाई भन्दा अरु कसलाई थाहा होला ?

ब्रिटेनका मनोचिकित्सक डाक्टर जर्ज पोर्टर फिलिप्सले पछिल्लो शताब्दीको सुरुवाततिर यस्तै अनुभव गरेका थिए ।


एक दिन डा. फिलिप्स लण्डनको बदनाम अस्पताल बेथलहम रोयल अस्पतालको अनुगमनमा गएका थिए । यो अस्पताल यसकारण बदनम थियो की यस अस्पतालमा मनोरोगी राख्ने गरिन्थ्यो । यसले गर्दा यो अस्पताल पागलखानाको नामले कुख्यात भएको थियो ।

अनुगमनका क्रममा डा. फिलिप्सले यो महसुस गरे कि दिमागी समस्याको शिकार उनका विरामीहरुमा प्रायः कब्जियत, पेट पोल्ने, अपच जस्ता समस्या रहेको थियो । त्यस्तै, उनीहरुको नङ लामो हुनुका साथै कपाल फुस्रो तथा अनुहार रुखो थियो ।

 

सामान्यतया, यस्ता विरामीलाई हेरेर यो अनुमान लगाइन्छ कि यस्ता मानिसको मन शान्त नभएका कारण यिनीहरुको मानसिक अवस्था पनि ठिक हुँदैन र हुलिया पनि ठिक हुँदैन । तर डा. फिलिप्सको दिमागमा भने अर्कै प्रश्न खेल्न थाल्यो । उनलाई लाग्यो, यिनीहरुलाई  डिपे्रसन हुनुमा कतै पेटको खराबी त मुख्य कारण हैन ? ‘पेटको उपचार गरेर के यिनीहरुको डिप्रेसनको समस्या कम गर्न सकिन्छ ?’, उनले सोच्न थाले ।

 

दिमागसँग पेटको सम्बन्ध

दिमागसँग पेटको सम्बन्धबारे पत्ता लगाउने उद्देश्यले डा. फिलिप्सले १८ जना विरामीमा एउटा प्रयोग गरे ।

उनले विरामीको खानामा माछालाई छोडेर सबै किसिमको मासु हटाइदिए । त्यसको सट्टा उनले ‘के’ नामक फर्मेन्टेड दूध दिए ।

यो दूधमा ल्याक्टो भेसिलस नामक किटाणु हुन्छ, जुन पेटको लागि फाइदाजनक मानिन्छ । भनिन्छ, ल्याक्टो भेसिलस व्याक्टेरियाले खाना पचाउन सहायता प्रदान गर्छ ।

डा. फिलिप्सको यो प्रयोग सफल भयो । जुन विरामीहरुमा उनले यो अनुसन्धान गरेका थिए, त्यसमध्ये एघार जना पूर्णतया निको भए । थप दुई विरामीको दिमागी हालतमा निकै सुधार देखियो ।

यो नै पेटको सम्बन्ध मस्तिष्कसँग हुन्छ भनेर पुष्टि गर्ने पहिलो अनुसन्धान थियो ।

हाम्रो आन्द्रामा भएका अर्वौ व्याक्टेरिया हाम्रो स्वास्थ्यसित गहिरो रुपमा जोडिएका हुन्छन् । यसको सम्बन्ध हाम्रो मानसिक स्वास्थ्यसित पनि हुन्छ । यो कुरा मान्नलाई मात्र विश्वले एक शताब्दी लगायो ।  डा. फिलिप्सको अनुसन्धानलाई पछिल्लो पुस्ताले स्वीकार गरेनन् ।

तर अहिले आन्द्राको व्याक्टेरियाबारे अनुसन्धान गरिरहेका सम्पूर्ण अनुसन्धानकर्ताले डा. फिलिप्सको अनुसन्धानलाई नै मान्यता दिन थालेका छन् । उनीहरुको विश्वास छ, पेटको व्याक्टेरियासित हाम्रो मानसिक स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध छ ।

 

के भन्छ, अनुसन्धान ?

क्यानाडाको म्याकमास्टर विश्वविद्यालयकी प्रोफेसर जेन एलिसन फोस्टर भन्छिन्, पेटको व्याक्टेरियाले दिमागमा गहिरो प्रभाव पार्छ भन्ने कुरामा कुनै विवाद छैन । अर्थात, पेटको व्याक्टेरियाको उपचार गरेर हामी दिमागको उपचार गर्न सक्छौं । यससित सम्बन्धित नयाँ औषधीको विकासबारे अपार सम्भावना देखिएको छ’ ।

जेन एलिसन भन्छिन्, विभिन्न कारणले दिमागमा तनाव उत्पन्न हुन्छ । पेटमा समस्या हुनु त्यसमध्यको एक कारण हुनसक्छ ।

जो व्यक्तिलाई पेट सम्बन्धि कुनै न कुनै समस्या हुन्छ,  त्यस्ता व्यक्तिको पेटको उपचार भएमा दिमागले पनि राहत महसुस गर्छ ।

यसै विषयसित सम्बन्धि चर्चित अनुसन्धान सन् २००४ मा जापानको क्यूशू विश्वविद्यालयमा भएको थियो ।

यसको लागि उक्त विश्वविद्यालयमा यस्तो मुसा पालिएको थियो, जसमा एउटा पनि व्याक्टेरिया थिएन । यी मुसाहरुमा कार्टिकोस्टेरोन तथा एसिटीएच नामको हर्मोनमा निकै उतारचढाव देखियो ।

यस्तो समस्या तब हुन्छ, जब तनाव हुन्छ । यसबाट के निष्कर्ष निकालिएको थियो भने अन्य मुसाको पेटमा रहेको व्याक्टेरियाले उनीहरुको मानसिक स्वास्थ्य तथा दिमागलाई सन्तुलित अवस्थामा राखेका थिए ।

यी मुसाको पेटबाट व्याक्टेरियालाई निकालेर उक्त व्याक्टेरियालाई किटाणु रहित मुसामा हाले । नतिजा यो आयो कि पहिले सबैभन्दा तनावमा देखिने किटाणु रहित मुसाहरुमा तनाव कम हुँदै गयो ।

यो अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने मुसाबाट मानिसमा वा मानिसबाट मुसामा व्याक्टेरिया प्रत्यारोपण गरिएमा पनि त्यसको असर मानसिक स्वास्थ्य तथा दिमागमा देखिने गर्छ ।

 

आन्द्रा र दिमागबीचको संवाद

किटाणुको केही प्रजातीले आन्द्राको पर्खाललाई सुरक्षा प्रदान गर्छन् । जसलmे गर्दा आन्द्रामा रहेका तत्व रगतमा मिसिन सक्दैनन् । अन्यथा, पेट खराब हुनु , पेटमा जलन हुनु तथा पेटको संक्रमण हुनसक्छ ।

यो पनि भनिन्छ, कि आन्द्राको पर्खाललाई सुरक्षा प्रदान गर्ने व्याक्टेरिया मुड खराब तथा शरीरमा आलस्यको कारक बन्न सक्छन् । लामो समयसम्म यो समस्या रहिरहेमा विरामी डिप्रेसनमा पुग्न सक्छ ।

आन्द्रामा पाइने व्याक्टेरियाले डोपामाइन तथा सेरोटोनिन जस्ता हर्मोन पचाउन पनि मद्दत गर्छन् ।

त्यसबाहेक, भेगस नामको तन्त्रिकामार्फत दिमागले आन्द्राको काजकाजलाई नियन्त्रित गर्छ । भेगस तन्त्रिका मार्फत  नै आन्द्रा र दिमागको संवाद हुन्छ ।

वैज्ञानिकहरुका अनुसान भेगसको माध्यमद्धारा यदी दिमागले आन्द्रासम्म कुनै सन्देश पु¥याउन सक्छ भने आन्द्राको असर भेगसकै माध्यमद्धारा दिमाग सम्म पनि पुग्छ ।

जेन एलिसनका अनुसार दिमाग र आन्द्राको व्याक्टेरियाको सम्बन्धका बारेमा वैज्ञानिकहरुले लगातार अनुसन्धान गरिरहेका छन् । उनीहरुको विश्वास छ, डिप्रेशनको समस्या कम गर्न आन्द्राको व्याक्टेरियाले अवश्य कुनै मार्गदर्शन गर्छ ।

 

मानव आन्द्रासित सम्बन्धि उपचार

हाल डिप्रेशन कम गर्न दिइने औषधी सबै मानिसहरुको लागि उपर्युक्त छैन ।  यो सबैका लागि प्रभावकारी नहुन पनि सक्छ । दश मध्ये दुई विरामीलाई मात्र यस्ता औषधी फाइदा गरेको पाइएको छ ।

त्यसैले, वैज्ञानिकहरुलाई लाग्छ कि दिमाग सित आन्द्राको व्याक्टेरियाको सम्बन्धबारे सुक्ष्म अध्ययन गरेर डिप्रशन जस्तो रोगको उपचार खोज्न सकिन्छ ।

तर डा. फिलिप्सले सन् १९१० मा गरेको अनुसन्धान होस् वा अहिलेका अनुसन्धान, यी सबै अनुसन्धान प्रारम्भिक चरणमा मात्र भएका छन् । त्यसैले, अहिले खानपानमा बदलाव गरेर डिप्रेसनको समस्या कम गर्नेबारे ठूलो  अनुसन्धान हुन जरुरी छ ।

जेन एलिसनकै भनाईलाई सापटी लिने हो भने पनि प्रत्येक मानिसको आन्द्रामा भिन्नाभिन्नै किसिमको व्याक्टेरिया हुन्छ । त्यसैले, व्याक्टेरियाको प्रकृति अनुसार रोगको उपचार पनि फरक हुन्छ ।

त्यसैले , ती व्याक्टेरियाहरुलाई केही विभिन्न वर्गमा विभाजित गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो । ताकी यस्ता विरामीका लागि एक किसिको उपचार पद्धतिको विकास गर्न सकियोस् ।

 

दिमागसँग आन्द्राको सम्बन्ध

अमेरिकी वैज्ञानिक जुलियो लिसिनियो पनि भन्छन् कि दिमागसित आन्द्राको सम्बन्धमा आधारित रहेर भविष्यमा विभिन्न अनुसन्धान गरिनेछ र डिप्रशनको उपचार खोज्ने कोशिश गरिनेछ ।

तर तत्कालका लागि भने चिकित्सकहरुको एउटै भनाई छ, खानपानको माध्यमबाट  दिमागलाई स्वस्थ राख्न सकिन्छ । यसको लागि भूमध्य सागरको आसपासको देशहरुमा खाइने खानपानलाई अपनाउन सल्लाह दिइने गरिन्छ । यस किसिमको खानपानमा फलफूल, सागसब्जी, बदाम, समुद्री खाना तथा वनस्पतिको तेलको मात्रा धेरै हुन्छ भने रातो मासु र चिनीको उपयोग कम गरिन्छ ।

अष्ट्रलियाको डिकिन विश्वविद्यालयका फेलिस जैका भन्छिन्, ‘ दिमाग र खानपान बीचको गहिरो सम्बन्धलाई पुष्टि गर्न थुप्रै आकंडाहरु  पाउन सकिन्छ । तथापी, हामीलाई चाहिने भनेको मनको शान्ती हो  । र, मनलाई शान्त राख्न खानपानमा सुधार गर्नैपर्छ’ ।


बिबिसीबाट भावनुवाद 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?

दम्पतीबीच नियमित शारीरिक सम्बन्ध भइरहेको अवस्थामा जब श्रीमतीको मासिक श्राव रोकिन्छ, यसलाई गर्भ रहेको सूचक मानिन्छ । सन्तानको योजना बनाइरहेका...

के हो ब्रोनकाइटिस ?

ब्रोनकाइटिसको जोखिममा विशेषगरी बालबालिका ताथ बुढाबुढीलाई हुने गर्छन् । त्यस्तै , धुमपान गर्नेहरुमा पनि ब्रोनकाइटिसको समस्या धेरै हुने गर्छ । ...

बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

योगका फाइदाहरू असंख्य हुन्छन् । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा...

दाम्पत्य सुख : केही त्यागौं, केही स्वीकारौं

भर्खरै मात्र कतिपय वैवाहिक जीवनमा बाँधिएका छन् । विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छन्, उत्तिनै द्विविधा र असमझदारी पनि ।...

विवादित ओम्नी कालोसूचीमा

सरकारले ओबिसिआई (ओम्नी ग्रुप) लाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राखको हो। कार्यालयले ओम्नीलाई...

विदेशबाट आएका नेपालीको ३० दिनसम्म कोरोना बिमा नहुने

विदेशबाट फर्केका नेपालीहरुले कोरोना बिमा गर्न चाहेमा ३० दिन पर्खनु पर्ने भएको छ। बिमा समितिले कोरोना बिमा मापदण्ड संसोधन गर्ने...

शान्ति मिसनका लागि लिबिया जान लागेका सेनामा काेराेना देखिएपछि उडान स्थगित

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित...

खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?

विश्व अहिले कोरोना खोपको प्रतीक्षमा छ । तर यसको खोप तयार नभएसम्म भाइरससँगै बाँच्नुपर्छ भन्ने आवाजहरू समेत आउने गरेको छ...

पेट खराब त दिमाग खराब

दिमागी स्वास्थ्यको पेटसँग खास सम्बन्ध हुन्छ । यो कुरा डिप्रेशनको उपचार गर्नेलाई भन्दा अरु कसलाई थाहा होला ? ब्रिटेनका...

कंगना : एडल्ट फिल्म छाडेर कसरी बनिन् बलिउड क्विन

फिल्मी करियरको पूवार्द्ध कति दुखदायी थियो भन्ने कुरा खुलाउँदै कंगना रनवतले एउटा किस्सा सुनाएकी छिन्, ‘सुरुवाती दिनमा मलाई एउटा फिल्ममा...

मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?

बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने...

लक्षण नभएकाको कोरोना परीक्षण नै नगर्ने निर्णय, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि नहुने

सरकारले लक्षण नभएकाहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउन गरिने आरटि पिसआर परीक्षण नगर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा...