केही प्रेरक भनाई, जसले हाम्रो सोच्ने शैली वदल्छ

आइतबार, ०४ असोज २०७७

 

-फलाम तातो हुने प्रतिक्षा नगर, बरु आफ्नो तापक्रमद्वारा त्यसलाई तातो बनाउ अर्थात समयको प्रतिक्षा नगर बरु समयलाई आफ्नो अनकुल बनाउने प्रयास गर । विलियम बी स्प्रेग

 

-जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो–ठट्टा गरेनौं भने ।   स्टिफन हकिङ्ग

 

-विज्ञान केवल तर्कको अनुयायी होइन, रोमान्स र उत्साह पनि हो ।  स्टिफन हकिङ्ग

 

-हरेक जीवन एउटा संभावना हो । यदि तपाईं त्यो संभावनालाई खुला राख्न चाहनुहुन्छ भने कसैप्रति कहिल्यै कुनै किसिमको धारणा नबनाउनुहोस् ।  सद्गुरु

 

– जब तपाईं केही खानुहुन्छ, तब तपाईं धर्तीको एक अंशलाई आफुभित्र लिनुहुन्छ । अतः हामी धर्तीप्रति जस्तो व्यवहार गर्छौ, त्यस्तै व्यवहार हामी शरीरसँग गर्दछौ ।  सद्गुरु

 

–  तपाईंका स्वास्थ्य अनि तपाईंका रोगहरु, तपाईंको आनन्द अनि दुःख कष्टहरु, सबै तपाईंभित्रबाट आउँछन् । यदि तपाईं खुसियाली चाहनुहुन्छ भने समय भएको छ, आफुभित्र फर्कन ।  सद्गुरु

 

-आफ्नो वास्तविक स्वरुपको ज्ञान, उद्यम, दुःख सहने शक्ति र धर्ममा स्थिरता – यी गुणले मानिसलाई कुनै पनि पुरुषार्थ गर्नबाट रोक्न सक्दैन । तिनीहरु नै बुद्धिमान् भनेर चिनिन्छन् । विदुर नीति

 

-क्रोध, हर्ष, गर्व, लज्जा, उद्दण्डता तथा स्वयं को पूज्य मान्नु – यी भावनाले जुन व्यक्तिलाई पुरुषार्थ र सत्मार्गबाट भड्काउँदैन, त्यही व्यक्ति बुद्धिमान् वा पण्डित भनेर चिनिन्छन् । विदुर नीति

 

-ज्ञानी पुरुष सधैं श्रेष्ठ काममा रुचि राख्छन् र उन्नतिको कार्यको लागि प्रयासरत हुन्छन् । भलाइको काम गर्ने मानिसको अवगुण पनि निकाल्दैनन् । विदुर नीति

 

-परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ । यसैले सुख(दुःख, लाभ(हानि, जय(पराजय, मान(अपमान आदि भेदमा एक भावमा स्थित रहेर हामीले जीवनको आनन्द लिन सक्छौं । श्रीमद्भागवत गीता

 

-आफ्नो क्रोधमाथि नियन्त्रण गर । क्रोधले भ्रम पैदा गर्छ । भ्रमले बुद्धि विचलित हुन्छ । यसले स्मृति नष्ट गर्छ र यसप्रकार मानिसको पतन सुरु हुन्छ । क्रोध, कामवासना र भय यी हाम्रो शत्रु हुन् ।

 श्रीमद्भागवत गीता

-नाम, पद, प्रतिष्ठा, सम्प्रदाय, धर्म, स्त्री वा पुरुष हामी होइनौं न यो शरीर नै हामी हौं । यो शरीर अग्नी, जल, वायु, पृथ्वी, आकाशबाट बनेको हो र अन्ततः यसैमा विलय हुन्छ । तर, आत्मा स्थिर छ र हामी आत्मा हौं । आत्मा कहिल्यै मर्दैन । न यसको जन्म हुन्छ, न मृत्यु । आत्मभावमा रहनु नै मुक्ती हो । श्रीमद्भागवत गीता

 

-अर्काको धनको अपहरण, परस्त्रीसँग संसर्ग, सहृदयीप्रति अतिशंका यी तीन दोष विनाशकारी छ । महर्षि बाल्मीकि

 

-संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् । महर्षि बाल्मीकि

 

-यस संसारमा असंभव केहिपनि छैन, यदि उत्साहलाई नछाड्ने हो भने । महर्षि बाल्मीकि

 

-जुन धन असाध्यै कठिनतासथ प्राप्त हुन्छ, जसका लागि आफ्नो धर्म त्याग्नुपर्छ, जुन धन पाउनका लागि सत्रुको चाकडी गर्नुपर्छ, त्यस्तो धनमा मोह गर्नुहुँदैन । चाणक्य

 

-आत्माले कमजोर र चरित्रले दुर्बल व्यक्तिसँग कहिल्यै मित्रता गाँस्नु हुँदैन । किनभने उनले तपाईंमाथि त्यसबेला आक्रमण गर्न सक्छ, जतिबेला तपाईं कमजोर हुनुहुन्छ । चाणक्य

 

-मेहनत गर्नाले दरिद्रता रहँदैन । धर्म गर्नाले पाप रहँदैन । मौन रहनाले कलह हुँदैन । र, जागरुक रहँदा भय हुँदैन । चाणक्य

 

-पाँच बर्षसम्मको पुत्रलाई प्रेमले हुर्काउनुपर्छ । दश वर्षसम्म उनलाई कडा नियन्त्रणमा राखनुपर्छ । जब १६ बर्षको हुन्छ, तब मित्रको जस्तो व्यवहार गर्नुपर्छ । चाणक्य


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको