आत्म ~हत्या

मङ्गलबार, ०३ फागुन २०७३

 

भनिन्छ "संघर्ष नै जिवन हो" जिवन अनि संघर्ष यि दुबैलाई अपसमा पर्यायको रुपमा हेरीन्छ अर्थात संघर्षमय जिवन ठानिन्छ । यस संघर्षशिल जिवनमा आत्मिक शान्ति र तनाब रहितको जिवनयापन गर्न सक्नुनै विवेकशिल प्राणि मानब जातिको श्रेष्ठतम विशेषता हो । 

 

मानब स्व–अस्तित्व रक्षार्थ अनेक द्वन्द संग विजय प्राप्तिको विन्दु सम्म पुग्ने संघर्ष गरेर प्रत्यक पथको लागि भिडेर विषम परिस्थिति नभागेर, प्रतिकुल लाई अनुकुल बनाउदै कपोल कान्पित र भ्रामिक जस्तो लाग्ने अकल्पनिय अवस्था श्रृजना गर्ने दृढ आत्मबल र सहास संग यावत अबस्थाहरुमा पैठेजोरी गर्दै, रतिभर पनि थकित र विचलित नभएरनै अनेक इच्छा र चाहना अपुर्ण रहदा रहदै यस पाञ्चभौतिक शरिरलाई त्याग गरेर जान विवश भएको कुरा पनि नकार्न सकिदैन ।

 

तैपनि, अनेक इच्छा आकांक्षा हरुले स्थाईत्व पाइरहेकै बेला आकाश चुम्ने रहरहरु, शिखर छुने आत्मबल हुदाहुदै पनि यि सबै सपनाका महलहरु थाति राखेर, आकाशजति फराकिलो र उदार मन र मष्तिस्क लाई संकोचित चित्तबृत्ति मा लगेर विविध अबस्था मा निरन्तर आईपर्ने साना ठुला बिपत्तिका अबस्थाहरुमा अल्झेर यसैलाई आन्तरिक द्वँद भनौ या मौनक्रान्तिका माध्यम बनाई संसारको विविधता र बिचित्रताको शुक्ष्म अध्ययन गर्न नसकि निरन्तर अथक रुपमा हितत्व र निच विचार हरुलाई आत्मसाथ गरेर संघर्ष संग जुध्न सक्ने आत्मवलको क्षिणताको कारण भाबि जिवन जिउनको औचित्य भ्रमठानी आत्म हत्या जस्तो निच र घृणित कार्यको बाटो अबलम्बन गरेर आत्मिक शान्त र आनन्दको रसस्वादन गर्छु भनि जाने हर मानव नामका कलंकको रुपमा विबेच्य हुन । 

 

 

 

यसरी मानवको कलंकका रुपमा नियतिको भुलले केहिदिनको लागि संसारको विचित्रता हेर्ने सौभाग्य पाएका तर मानव विशेषका, संसारमा जिउन नजान्नेहरु, समयको गति संग डराउनेहरु, मुहिमाग्ने तर ठेकी लुकाउने हरु, हतार गरि गल्ति गर्ने हरु, हास्न जान्ने तर रुन नजान्ने हरु, खोला तर्न खोज्ने तर पनि खुट्टा कमाउने हरु, हतार गरि निर्णय गर्ने हरु र फुर्सदमा पछुताउनेहरु पर्दछन् भने ।  

 

विषेश गरेर मानशिक रोगि हरु, गरिविले गाजियका हरु र प्रेममा धोका खानेहरु यस कार्यमा उन्मुख भएको पाइन्छ । साथै यस्ता कलंक हरुको संख्यात्मक रुपपनि विश्व जनसंख्याको १५% रहेको देखिन्छ । 

 

अन्तमा : 

जेहोस शहास र सामथ्र्य लाई आत्मसाथ गरेर जिवनको यात्रा संगै हजारै घुम्ति र मोड हरुमा समय परिस्थिति र वातावरणको परिवर्तन हरुमा, काडे बाटोहरुमा, खुकुरी र संगिन आदिका धारहरुमा र अन्य विभिन्न अवस्था हरुमा आउने दुःख एवं तनाव हरुमा विजय प्राप्ति गरेर, जुधेर, संघर्षशिल भएर, सोहि अनुरुप आफुलाई अनुकुलतामा ढाल्ने प्रयास गरेर गन्तव्य प्राप्तिको चाहना राख्नु मानव अस्तित्व लाई बचाई राख्नु र केहि गरेर देखाउने प्रयास बिफल भएपनि इच्छा राख्नु नै सिधा अर्थमा त्योनै सच्चा "मान्छे" हो ।


- सागर शर्मा

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको