विदेशिएका श्रीमानको शुक्रकीट स्टोर गरेर पनि वच्चा जन्माइदिन सक्छौं

शुक्रबार, ०६ फागुन २०७३

 

डा.उमा श्रीवास्तव
निसन्तान केन्द्र बानेश्वरकी प्रमुख डा. उमा श्रीवास्तव २५ वर्ष देखि प्रजनन् तथा स्त्री रोग विशेषज्ञका रुपमा काम गर्दै आएकी छिन् । चार हजार भन्दा बढी निसन्तान दम्पतीलाई कृतिम विधिबाट सन्तान जन्माउन सहयोग गरेकी श्रीवास्तवसँग निसन्तानको समस्याका बारेमा डा.उमा श्रीवास्तव संग गरियको कुराकानीः

 


कहिल्यै पनि बच्चा नहुने हुन्छ कि हुँदैन ? 
यो एकदमै कममा मात्र हुन्छ । एक पाठेघरमा दीर्घ रोग लागेमा र अर्को कुनै पनि महिला महिलाको स्वरुप मात्र हुने तर उसको बृद्धि विकास पुरुषको भएको अवस्थामा मात्र बच्चा नहुने हुन्छ । नभए अरु कुनै पनि अवस्थामा महिलाको बन्चा नहुने भन्ने हुदैन । 


जो जो धेरै बर्ष देखि बच्चा भएन भनेर बस्नु भएको छ उहाँहरु भ्रममा हुनुहुन्छ । कतिको सेक्स पार्टनरको शुक्रकीटले काम नगरेको कारण बच्चा नभएको हुन्छ । यो कुरा चाहिँ हामीले भुल्नु हुँदैन । एकदुई बर्ष बच्चा भएन भने हामीकहाँ श्रीमानलाई भन्दा बढी श्रीमतीलाई जाँच गर्ने चलन छ  । बच्चा पाउने बारेमा सल्लाह गर्न आउँदै हुनुहुन्छ भने पहिले श्रीमानले शुक्रकीटको जाँच गराउनुस् अनि मात्र श्रीमतीको उपचार  सुरु हुन्छ । त्यसले उपचार छोटिन्छ । 


बच्चा नहुनुमा श्रीमतीको दोष देख्ने कुरा गल्ती हो । श्रीमान अथवा सेक्स पार्टनरको शुक्रकीटले काम नगरेको अवस्थाले बच्चा नभएको हो भने शुक्रकीट बरो गरेर अथवा कसैको शुक्रकीट प्रयोग गरेर बच्चा बनाउन सकिन्छ । आमाकै पाठेघरको कमजोरीले हो भने केमा कमी छ त्यो हेर्नु पर्छ । पहिलो शुक्रकीट जाने नली थुनिएको छ कि वा सोे नली सानो छ कि जाँच गराउनु पर्छ । बच्चा आएर पनि पाठेघरमा बस्न नसक्ने अवस्था छ कि, यस्तै अन्य समस्या पनि हुन सक्छन् । समस्या पत्ता लागेपछि हामी त्यही अनुरुप काम गर्छौं । 

 


शुक्रकीट बरो भन्नु भयो यो कसरी गरिन्छ प्रक्रिया बताइदिनोस् न ? 
 बच्चा चाहने दम्पतीको श्रीमानको शुक्रकीटले काम नगरेको र श्रीमतीको पाठेघर बच्चा राख्न तयारी रहेको अवश्थामा हामी यो प्रकृया अपनाउछौ । श्रीमान श्रीमतीको सहमतिमा उहाँहरुले चाहेको मान्छे या हस्पिटलमा नै स्टोरमा रहेको शुक्रकीट प्रयोग गर्ने गरेका छौं । उहाँहरुले नै भनेको मानिसको शुक्रकीट राख्नको लागि पनि पहिला त्यो मानिसमा केही रोग छ कि छैन परीक्षण गर्छौं । उ स्वस्थ्य भएको खण्डमा उसको शुक्रकीट लिएर सफा गर्छौं र शक्तिशाली तीन चार वटा तयार गरेर वा शुक्रकीट बैंकमा राखिएको शुक्रकीटलाई सुईको माध्यमबाट पाठेघरसम्म पुर्याउँछौ ।

 


नेपालमा निसन्तान कति प्रतिशत छन् ? र यसको कारण के के हुन् ? 
सरकारी तथ्याङ्कमा जनसंख्याको १५ प्रतिशतमा निशन्तान भन्ने देखिएको छ । तर त्यति धेरै हुनुमा सचेतना र स्वास्थ्य संस्थाको पहुँच नभएरर  धेरैले उपचारमा नआएर यस्तो भएको हो । यो कुनै स साना कारणले हुन्छ समयमा चासो देखाए बच्चा हुन्न नै भन्ने हुँदैन । तर उपचार गर्न चाहिँ आउनु पर्छ । 

 


बाहिरी वातावरणले बच्चा हुने कुरामा कतिको असर गर्छ ?
पुरुषहरुको हकमा कामको लोड, विषादियुक्त खाना, तातोमा काम गुर्न पर्ने आदि कारणले शुक्रकीट उत्पादन कम हुने र उत्पादन भएका शुक्रकीट पनि काम गर्न नसक्ने हुन्छन् । महिलाको हकमा पनि माथिका सबै कुराले असर गर्ने त हुन्छ नै त्यसमा पनि पहिलो बच्चा पाठेघरमा तयार हँुदा फाल्ने गर्दा त्यसमा दोस्रो पटक बच्चा नबस्ने सम्भावना धेरै हुन्छ । त्यसैले पहिलो बच्चा कुनै पनि हालतमा जन्म दिनु पर्छ । बच्चा जन्माउँदा आमा मात्र हैन श्रीमान देखि घरका अन्य सबै सदस्य तयारी अवश्थामा रहनु पर्छ । फेमेली प्लालिङ गरेर मात्र बच्चा जन्माउने गर्नुपर्छ । र पहिलो कोखमा आएको बच्चा कहिल्यै फाल्नु हुँदैन । 

 


पहिलो बच्चा जन्माउनु पर्छ भन्नुहुन्छ बिवाह गर्ने बितिक्कै बच्चा नबसोस् भनेर कति साधन अपनाउँछन् र बच्चा बसे पनि अहिल्यै नपाउने भनेर पहिलो बच्चा फाल्ने गर्छन् नि  ? 
हेर्नुस, घरमा बच्चा नहुँदा एउटा परिवारले कति मानसिक पीडा भोगिरहेको छ बच्चा भएको परिवारले कल्पना मात्र गर्न सक्छ । म त भन्छु विबाहपछि कहिले बच्चा पाउने भनेर फेमेली प्लान बनाउनुस् र सोही अनुसार बच्चा जन्माउनुस् यो त धेरै राम्रो कुरा हो । बच्चा नराख्नलाई बिभिन्न औषधी प्रयोग गर्नाले भोलि बच्चा नबस्न सक्छ, त्यता ध्यान दिनुस् र यही बीचमा बच्चा आए पहिलो बच्चा कुनै हालतमा जन्म दिनोस् । किनकी पहिलो बच्चा नै फाल्नुभयो भने दोस्रो बच्चाका लागि पाठेघर तयार नहुन सक्छ । डिम्म बनाउन तयार हुनुपर्ने जुन हर्मोन्स् हो त्यो सक्रिय हुनुपर्छ । एक पटक बच्चा फ्याँकेपछि डिम्ब बनाउन तयार नै नहुने हुन्छ ।

 


बच्चा नहुने समस्या पुरुषहरुमा बढी छ कि महिलामा ? 
पहिला पहिला चाहिँ महिला धेरै आउनु हुन्थ्यो र हामी महिलामा बच्चा नहुने कुरा धेरै हो कि भन्ने ठान्थ्यौं । तर पछिल्लो समयमा महिला पुरुष दुबै आउन थालेपछि थाहा हुँदैछ कि यो समस्या महिला पुरुषमा बराबरी छ । के थाहा पछि पुरुषहरु खुलेरै आउनु थाल्नुभयो भने यसको संख्या पुरुषमा बढी हुने पो हो कि । 

 


बिदेशमा त शुक्रकीट बैंकमा शुक्रकीट बेचेर गुजारा चलाएका समाचारहरु आउँछन् नेपालमा कसरी सञ्चालनमा छ शुक्रकीट बैंक ? 
नेपालमा पनि अन्य देशमा जस्तो पैसा तिरेर शुक्रकीट किन्नु पर्ने अवस्था छैन । चाहिएको बेला प्रयोग गर्नलाई हामीकहाँ स्टोर हुन्छ । त्यो पनि डक्टर, डक्टरका आफन्त र नजिककाहरुबाट लिएर राखेका हुन्छौं । र कसैले त्यहि कास्टको लिइदिनोस् भनेर माग गर्नुभयो भने त्यसै अनुसार तयार गरिदिन्छौं । श्रीमान बिदेसिनु पर्ने अवस्थामा श्रीमतीले चाहेको खण्डमा प्रयोग गर्ने गरी पनि हामीले श्रीमानको शुक्रकीट स्टोर गर्ने गरेका छांै । सञ्चालनमा रहेका हरेक निसन्तान केन्द्रको आ आफ्नै शुक्रकीट बैंक छन् । यो तयार नगरी  नगरी काम गर्नै सकिंदैन । 

 


फेमेली प्लानिङ् भन्नुहुन्छ अहिले त बच्चा पाउने अघिल्लो दिनसम्म काममा जाने कामकाजी महिलाहरुको बाध्यता कम्ता पीडादायी छ त ? 
कामको जटिलता छ भनेर फेमेली प्लानिङ नगरी कामकै बीचमा बच्चा जन्माउने गर्नु हुँदैन । त्यो परिवारले बुझ्नु पर्छ । यो यस्तो जटिल अवस्था हो कि जुन बेला जे पनि हुन सक्छ । महिला बेला जस्तो नर्मल हुँदै हुँदैनन् यो बेला । एउटा सुन्दर महिला कुरुप नै बनेकी हुन्छिन् । उनको शरिरमा पुरै परिर्वतन भएको हुन्छ । खाना नरुच्ने, प्रेसर बढ्ने, जिउ सुन्निने, भोमिट हुने, पेट बढ्ने, फेसको चमक हराउँछ, अनेक परिवर्तन आउँछ । अरु त अरु, स्वास पनि नर्मल तरिकाले गर्न नसक्ने अवस्था हुन्छ । अनि त्यो बेला काम पनि गर्छु बच्चा पनि पाउँछु, कलेज पनि सक्छु भनेर कहिल्यै नसोच्नुस् । एउटै बच्चा पनि दूध खुवाउँदै खाना बनाएर खानु एकदमै गाह्रो कुरा हो । यो बेला खर्चको पनि आवश्यक पर्छ र दुबैको सामान्जस्यता पनि आवश्यक हुन्छ । सानो कुरा पनि चित्त दुख्ने हुन्छ किनकी शरिर एकदमै कमजोर भएको हुन्छ ।

 

हाम्रो नेपाली समाजको पो बिडम्बना नै छ कि बुहारी प्रेग्नेन्सी हँुदा सहयोग नै नगर्ने । बाहिरको समुदायमा, यहीँ नजिकै भारतमा पनि पेटमा बच्चा आए देखि नै खुसियाली मनाउने चलन छ । एक जना बच्चा जन्माउने हुदा बस्न , उठ्न समेत हात दिन्छन् र पो बच्चा पाउन सजिलो  हुन्छ । मेरो यही सजेसन छ कि पहिलो पेटमा आएको बच्चा पनि नफाल्नुस् साथै फेमेली प्लान नगरी पनि बच्चा नपाउनुस् ।

 


खानपानले निसन्तानमा कत्तिको असर गर्छ ?
खुवाउन सक्ने परिवारका केटीहरुले नखाइदिएर मालन्युट्रेसन बढेको छ । जसको असर आउने बच्चालाई पर्दैछ भने खान नपुग्ने परिवारमा खान नपाएर छोरीहरुमा मालन्युट्रेसन भएको छ र त्यसको असर पनि आउने पुस्ताले खप्दैछ । एउटा पुरुष स्वस्थ्य हुनु भनेको उसको लागि मात्र हो भने एउटी महिला स्वस्थ्य हुनु भनेको उसले पुस्तौ पुस्तालाई स्वस्थ्य राख्नु हो । किनभने यदि उ स्वस्थ्य भई भने मात्र उसले जन्माउने बच्चा स्वस्थ्य हुन्छ र तिनबाट जन्मने बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यसैले एउटी महिलाको स्वास्थ्यले एउटा परिवारको मात्र हैन पुस्तौं पुस्ताको स्वास्थ्य निर्धारण गर्छ । धुम्रपान मध्यपानले पनि शरिरमा असर गरेको छ । कामको बोझले बढेको स्ट्रेसले पनि प्रेग्नेन्सीमा धेरै ठूलो अशर गर्छ । 

 


बच्चा पाउन शरिर कतिको योग्य छ भनेर जान्ने कुरामा केही सचेतना चाहिँ बढेको हो ? 
हो । पछिल्लो पाँच बर्षमा त महिला मात्र हैन पुरुषहरु पनि आफ्नो शुक्रकीटले कत्तिको काम गर्न भनेर जचाउन आउने गरेकाछन् । ममा कमी छ कि भनेर प्राय विदेश गएर काम गर्ने भाइहरु बिर्य जाँच गराउन आउने गरेका छन् । अनिन्द्रा, कामको प्रेसर, धेरै तातोमा काम गर्नेहरु बिर्यको क्षमता घट्छ । बिर्यले बढी जाडोमा, रातको समयमा र शान्त वातावरण सशक्त हुन्छ र बिर्यले बढी काम गर्छ । 

 


आइभीएफ प्रविधि भनेको केहो ? यो कस्तो बेलामा कसरी प्रयोग गरिन्छ ? 
पहिलो महिलाको पाठेघरमा के समस्या छ भनेर हेरिन्छ । पहिलो एक समुहका महिलाहरुको डिम्ब विकास नभएर बच्चा नभएको हुन्छ । डिम्ब बिकास नभएर बच्चा नभएकाहरुको लागि डिम्ब बिकास गर्ने औषधी दिन्छौं र बच्चा हुन्छ । अर्को ग्रुप महिलाको चाहिँ डिम्ब बिकास गर्न सक्ने भए पनि डिम्ब बाहिनी नली नै बन्द भएको हुन्छ । त्यो कुनै सानो इन्फेक्सन या मासु बढेर हुन सक्छ । त्यो खुलाउने बितिक्कै बच्चा हुन्छ । खुलाउने बिभिन्न प्रविधिहरु छन् । जसको डिम्ब बाहिनी नली दुबै बन्द छ । डिम्ब र शुक्रकीट भेट हुन सक्ने अवस्था छैन र कुनैपनि प्रविधिले खुल्न सकेन या सुन्निएर काम गरेको छैन भने यो आइभीएफ अथवा टेष्टटुयुब बेबीमा जानु पर्छ । 

 


यस्तो अवस्थामा डिम्बहरुलाई बाहिर निकालेर श्रीमानको शुक्रकीटलाई भेटाइदिने काम अव कृतिम तरिकाले गर्ने काम हामी गर्छौ । यसमा पहिला महिलाको शरिरमा हार्मोनको मात्रा पुर्याएर राम्रो क्षमतावान डिम्ब उत्पादन गर्न सक्ने बनाउँछौं । अब ती डिम्बहरुले काम गर्न सक्छन् भन्ने भएपछि अल्ट्रासाउण्डद्वरा डिम्बहरु निकाल्छांै । निकालिएका डिम्बहरु सफा गरेर ट्युवमा राख्छांै । अनि त्यहि ट्युवमा शुक्रकीट राखेर दुबैको त्यहाँ भेट गराउँछौं र २४ घण्टा राख्छौं । भोलिपल्ट आएर हेछौ, हेर्दा बाबु र आमाको मिलेको फटिलाइज भएको रहेछ दुई वा तीन वटा भ्रुण निकालेर सुरक्षित तरिकाले आमालाई बोलाएर पाठेघरमा लगेर राखिदिन्छौं र घर पठाउँछौं । घर गएर चाहिँ हामी आराम गर्न भन्छांै । यदि मिलेन भने फेरि अर्को पटक गर्नु पर्ने हुन्छ ।  यसरी बाहिर ट्युवमा फटिलाइजेसन गर्ने भएकोले टेष्टट्युव बेबी भनिएको हो  । यो निसन्तान केन्द्र संन्चालन गरेको २४ बर्ष भयो, अहिलेसम्म हामीले चार हजारको आमालाई बच्चा थमाएर पठाएका छौं । 

 

साभार : चक्रपथ अनलाइन बाट


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको