जिन्दगी ...!

बुधबार, ११ फागुन २०७३

 

जिन्दगी हाँसो खुसि आँसुमा बितरह्यो अहिले पनि क्रम त्यस्तै जारी छ । बालापनमा ठुलो मान्छे बन्न मन लाग्ने ठुलो भइसकेपछी फेरी खोइ किन बालापन नै राम्रो लाग्ने आँखिर यो मन नै कस्तो । के-के सोचिहाल्दो रहेछ । यो चञ्चले मनलाइ कहिल्यै शान्ति छैन । कहिले केहिको अभाब कहिले केहिको अभाब सायद अहिलेसम्म अभाबै अभाब छ जिन्दगीमा जस्तो लाग्छ ।

 

कहिले हुन्छ सबै मनले आटेको पुरा । सायद त्यो असम्भब भएर नी यो मनले यस्तै सोचेको हुनुपर्छ । कहिले चरी बनेर जंगलमा बेग हान्न, कहिले पानी भएर खोलाको किनारसंग खेल्न, कहिले छागाछहरा बन्न त कहिले जुन भएर गोलो पृथ्बीलाइ एकैसाथ हेर्न मन लाग्दो रहेछ । जो की सबै कुरा असम्भब ।

 

बालापनमा त सबैले माया नै गरेको पाए तर अहिले माया भन्दा क्रोध धेरै पाउदै छु । सायद अलि उमेर बढ्दै गएर नि होला । सानोमा आमाको काखमा लडीबुडी खेल्दा, बुवाको साथ, सबै जनाको माया पाउदाको संसार त अलगै हुदो रहेछ । जिन्दगी त बालापनको राम्रो हुने रहेछ आज आएर थाह पाउदै छु । जव दिनहरु समय संगै अघि बढ्यो तब दुखका दिन सुरु हुदै गए ।

 

आमाको न्यानो काख र बुवाको यति मिठोमाया म त्यतिखेर यो सबैकुरा छुट्याउन सक्ने थिएन । कसैले मलाइ माया गरेको हो की घृणा गरेको हो त्यो पनी मलाइ थाह थिएन । सानोमा यति धेरै खुसि संगालेर हिडेको म आजभोली आफै मायाको संसारबाट कती टाढा पुगेको छु आफैलाइ थाह छैन ।

 

 

जिन्दगी र समयले मान्छेलाइ कताबाट कता डो¥याउदो रहेछ कसैलाइ पत्तै हुदैन । त्यो बेलाको गाउँ, समाज, छरछिमेकी, साथीसंगी, आमाबुवा, भाइबहिनी सबैले भरीपुर्णको मेरो जिवन आजभोली एक्लो भएको छ । कसैलाइ नचिनेको सबैको बिरानो बनेको छ । आफु जन्मिएको मेरो घरमा जाँदा घरले पनि पाउना आएको जस्तो गर्दै छ । आफन्तले नि पराइ सोच्दै छन् ।

 

 

आज म प्रत्येक पल पलमा रोइरहेको हुन्छ । राम्रो काम गर्दा नराम्रो काम गर्दा दुख पर्दा, सुख हुदा सबैभन्दा पहिले आखाबाट आसु झर्छन कसले भन्छ तिमी किन रोएको । तिमी छैनौ कोहि छैन् यहाँ.....

 

हो जिन्दगी यसरी नै बितिरहेको छ केवल आसु आसुमा...! 

 

सबैले भन्छन् संघर्ष हो जिन्दगी संघर्ष गर्नु पर्छ । अहिले सम्म संघर्षको मैदानमा छ जिन्दगी भोली के हुन्छ भोली कसलाइ थाह छ र भोलीको दिन आउला नआउला । म त्यही भोलीका लागी पनी बाचीरहेको छु आप्नो काममा लागीरहेको छु ।

 

यस्तै हो सायद जिन्दगी मिलन, बिछोड, हाँसो. आँसु एकनासो कहाँ पो हुन्छ र अनी सबै मनले सोचेको पनि कहाँ हुदो रहेछ र आँसुमा पनि हाँस्न सिक्नु पर्दोरहेछ । क्रोधमा भएको ब्यक्तीलाइ फकाउन सक्नु पर्दोरहेछ । सके जती सबैको प्यारो बन्न सक्नु पर्दोरहेछ..... 


-सागर शर्मा


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

आत्म ~हत्या

भनिन्छ "संघर्ष नै जिवन हो" जिवन अनि संघर्ष यि दुबैलाई अपसमा पर्यायको रुपमा हेरीन्छ अर्थात संघर्षमय जिवन ठानिन्छ । यस संघर्षशिल...

मायाँ-प्रेम

जव भावनाको मेल आफै हुन जान्छ तव प्रेमले पुर्णता पाउछ , वास्तवमै त्यो नै साचो प्रेम हो ! ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको