राजा वीरेन्द्रको मृत्युका बारेमा भविष्यवाणी गरेका यि चर्चित ज्योतीले गरे राष्ट्रका बारेमा अर्को भविष्यवाणी

बिहिबार, ०३ चैत २०७३

 

काठमाडौं । बेलाबेलामा विभिन्न राष्ट्रियस्तरका भविष्यवाणी गरेर चर्चामा आउने ज्यो. दीपक सुवेदीले नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा फेरि अर्को भविष्यवाणी गरी आमसर्वसाधारणको ध्यानाकर्षण गरेका छन् ।

 

अल्लि अनौठो प्रकृतिको भविष्यवाणी गर्ने गरेका सुवेदीको धेरै भविष्यवाणीहरू पुग्ने गरेको पनि सञ्चारजगतलाई थाहा छ । उनले प्राय यस्ता भविष्यवाणीहरू सञ्चारमाध्यमबाटै गर्ने गरेका छन् । २०७३ को पहिलो दिन सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा प्रचण्डलाई पार्टीको नाम एकिकृत नेकपा माओवादी नफापेको सुवेदीले बताएका थिए । लगत्तै एक महिना पछि प्रचण्डले पार्टीको नाम फेरेका थिए र त्यसको केही समय पछि उनी प्रधानमन्त्री पनि भए ।

 

२०६२/६३ को आन्दोलन पछि भएको शान्तिसम्झौता गलत समयमा भएको र सो सम्झौतालाई आधारमानेर बनेको राजनीतिक संयन्त्रबाट निकास ननिस्कने तथा पहिलो संविधानसभाले संविधान नदिई अवसान हुने सुवेदीले ठोकुवा गरेका थिए ।

 

संविधानसभाले संविधान दिननसक्ने कुरामात्रै नभएर राजनीतिक संयन्त्रबाट निकास ननिस्कने भन्ने उनको भनाई अनौठो थियो । राजनीतिक क्षेत्रले निकास नदिए राजनैतिक निकास कसले दिन्छ ? वाईघात कुरो जस्तो पनि लाग्थ्यो । तर, भयो त्यस्तै । राजनीतिक क्षेत्र पाखा हटेर प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार बन्नपुग्यो ।

 

उनले राजा वीरेन्द्रको मृत्युको बारेमा २०५८ सालको वार्षिक भविष्यफल लेख्नेक्रममा दिव्यज्ञान पत्रिकामा लेखेका थिए । त्यो समयमा राजाको मृत्युको कुरा गर्नु ठूलो जोखिमको कुरा हुन्थ्यो । ज्यो. सुवेदीले सानै उमेरमा गरेको त्यो भविष्यवाणी मिलेपछि राम्रो प्रख्याति पनि कमाएका हुन् । त्यसो त संविधान घोषणा भएपछि पनि उनले गरेका भविष्यवाणीहरू सञ्चार क्षेत्र तथा न्यूज टिमलाई प्राप्त हुँदै आएका हुन् ।

 

नयाँवर्ष २०७४ आउँदै गरेको सन्दर्भमा उनको एउटा टिभि अन्तर्वार्ताको युट्युब लिंक प्राप्त भएको छ । जुन अन्तर्वार्तामा बडो गम्भीरताको साथमा देशको बारेमा उनले केही संकेत गरेका छन् । राजनैतिक रुपमा कतै झुकाव नदेखाउने उनले प्राय मध्यमार्गबाट आफ्नो अभिव्यक्ति दिने गर्छन् । यसपटक नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुति साझा भिजन तथा इण्डिजिनियस टिभिको लागि उनले अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताको क्रममा उनले नेपालको नयाँ संविधान निकै नराम्रो समयमा घोषणा भएको हुनाले सो संविधान कार्यान्वयन हुन नसक्ने कुरा घुमाउरो तरिकाबाट बताएका छन् । र सो संविधानलाई आधारमानेर गरिने कार्यहरू प्रभावित हुने उनको भनाई छ ।

 

स्थानीय निकार्यको निर्वाचन, राज्य पुनःसंरचना, प्रादेशिक साँधसीमा आदिको प्रकृया उठिरहेको र कतिको काम चलिरहेको यस परिपेक्षमा उनको भविष्यवाणीले तात्त्विक अर्थ राख्ने सर्वसाधारणको अनुमान पनि छ । सो अन्तर्वातामा स्थानीय निर्वाचनलगायत भविष्यको बारेमा सोधिएको प्रश्नको उत्तरमा उनले घुमाउरो पाराल निर्वाचन गर्न अथवा संविधानको कार्यान्वयन हुन असम्भव हुने अर्थात ज्योतिषीय दृष्टिमा त्यो निकै गाह्रो देखिएको बताएका छन् ।

 

आम व्यक्तिले गर्ने अनुमान जस्तो नभएर संविधान घोषणा हुँदाको ग्रहस्थितिको कारणले गर्दा नै स्थिति गम्भीर बन्नसक्ने उनको भनाई छ । राजसंस्था पुनः फर्कने भन्ने हल्लाको बारेमा सोधिएको प्रश्नको उत्तरमा समेत उनको तर्क स्वभाविक जस्तो रहेको छ । संविधानको ग्रह राम्रो छैन, भइसकेका कामहरू उल्टिन सक्नेछन् । त्यस्तै अन्य जटिलताहरू पनि आइपर्नसक्ने छ ।

 

हामी नेपाली संयमित र धैर्य रहनुपर्छ । पशुपतिनाथले विगतमा जस्तै शेभलेण्डिङ्ग गराउने छन् । सबैले आआफ्नो धर्मको, कर्तव्यको पालना गरौं । सकारात्मक भावना बढाऔं सुवेदीले भन्छन् । यहाँले ज्यो. दीपक सुवेदीको अन्तर्वार्ताको भिडियो जस्ताको तस्तै हेर्न सक्नु हुनेछ । युट्युबमा

 

-OSNepal बाट ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको