यसकारण पुरुषमा निः सन्तान समस्या

आइतबार, ०६ जेठ २०७५

 

नेपाली समाजमा अहिले पनि निःसन्तानको दोष महिलामा मात्र देखाउने प्रचलन छ । निःसन्तानको समस्या भएकालाई घृणा गर्नसमेत पछि पर्दैन, मानिस । तर, निःसन्तान अर्थात् बाँझोपनाको कारण महिला मात्र नभई पुरुषमा पनि हुन्छ । अर्थात्, यस्तो समस्यामा पति–पत्नी नै जिम्मेवार हुन्छन् । निःसन्तान हुनुका विविध कारण छन् । कतिपयमा जन्मजात कारण हुन्छ भने कतिलाई पछि आएर समस्या निम्तिन्छ ।

 

यी हुन् पुरुषमा निःसन्तानका कारण :

 

-बढीभन्दा बढी महिलासँग सम्बन्ध राखेमा पुरुषमा निःसन्तानका समस्या निम्तिन सक्छ ।

-निःसन्तानको समस्या खानासँग पनि जोडिएको हुन्छ । अव्यवस्थित खाना, शरीरमा पौष्टिक तŒव र आरामको कमीले पनि यस्तो समस्या निम्तिन सक्छ ।

-सन्तान जन्माउनका लागि पुरुषको वीर्यमा शुक्रकीट हुन आवश्यक हुन्छ । यस्तो नहुँदा पनि बाँझोपनको समस्या निम्तिन सक्छ ।

-पुरुषमा यौन क्षमता र यौन चाहनाको कमी हुँदा पनि निःसन्तानको सामना गर्नुपर्ने हुन सक्छ ।

-कतिपयमा शारीरिक सम्बन्धका वेला स्खलन नहुने समस्या हुन्छ । जसका कारण पनि निःसन्तान हुने गर्छ ।

-हामीले काम गर्दा पनि ध्यान दिनुपर्ने हुन्छ । नियमित गह्र्रौँ काम गर्नेहरू पनि यस्तो समस्याको सिकार हुनुपर्छ ।

-कैयौँ प्रकारका यौन संक्रमणका कारण पनि निःसन्तानको समस्या हुन्छ । पुरुषमा हुने सेक्सुअल डिजिजले पनि यस्तो समस्या हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको